निर्णय नं. ७३१७ - मोही लगत कट्टा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३१७ - मोही लगत कट्टा भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/१२/१३ ४९०० निर्णय नं. ७३१७ ने.का.प.२०६१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री शुशिला सिंह सिलु सम्वत् २०५८ सालको दे.पु.नं. ...६९८६ फैसला मितिः २०६०।१२।१३।६ मुद्दाः मोही लगत कट्टा । पुनरावेदक वादीः जि.सुन्सरी धरान नगरपालिका वार्ड नं. १६ वस्ने दुर्गाप्रसाद उपाध्याय विरुद्ध प्रत्यार्थी प्रतिवादीः जि.सुन्सरी भा.सि.गा.वि.स.वडा नं. ४ वस्ने मानिकचन्द चौधरी § मोहीले भूमिसुधार कार्यालयमा गै आफुले जग्गा कमाउन नसक्ने व्यहोराको लिखित सूचना दिनुपर्नेमा त्यस्तो सूचना भूमिसुधार कार्यालयलाई दिएको भन्ने वादीको कथन नभई अधिकार नभएको निकाय गा.प. कार्यालयमा दिएको निवेदनवाट ऐनको कार्यविधिको पालन भएको मान्न नमिल्ने । § कसैलाई कुनै हकवाट वन्चित गर्ने कानूनी व्यवस्थाको पालन गर्नुपर्नेमा भूमिसुधार कार्यालयलाई लिखित भूमि सम्वन्धी सूचना नै नदिएकोले सो कार्यालयवाट छानविन गर्नुपर्ने ऐनको कानूनी व्यवस्था पनि पालना नभएको र सम्वन्धित मोहीलाई दर्ता किताव सच्याएको सूचना पनि मौकैमा दिन नसकेकोमा जग्गा कमाउन सक्तिन भनी लिखित सूचना दिने मोहीको हकमा उक्त दफा २६(१) (क) वाहेक अरु कुनै कानूनी व्यवस्था रहेको नदेखिंदा तत्सम्वन्धमा २७ वर्ष पछि मोही लगत कट्टा गरी पाउनको लागि निवेदन दिंदा सम्वन्धित जग्गाधनीले कानूनी श्रोत खुलाउनु पर्नेमा निजले सो खुलाउन सकेको समेत नदेखिने । § ऐनले निर्दिष्ट गरेको प्रक्रिया बमोजिमको मोही छोडपत्र हुनु पर्नेमा सो विपरीत भएको छोडपत्रलाई प्रमाण ऐन, २०३१ को दफा ५४ प्रतिकूल प्रमाणमा लिई भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ (१) (ग) बमोजिमको अवस्था देखाई वादीले लगतकट्टाको माग गरेको नदेखिएको अवस्थामा सो दफा प्रयोग गरी मोही लगत कट्टा गर्ने गरेको भूमिसुधार कार्यालय सुनसरीले गरेको निर्णय मिलेको नदेखिंदा सो निर्णय उल्टी हुने ठहराई वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १२ र १३) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री रमेश प्रसाद धिताल विपक्षी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत विराटनगरको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) अनुसार वादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य र निर्णय यसप्रकार छ :- २. मेरो नाम दर्ताको जि.सु.भा.सी.गा.वि.स.वडा नं. ४ (घ) किनं. ११० को ज.वि. ०–५–११ को श्रेस्तावाल मोही विल्टु चौधरी थिए । २०२६ साल माघ १९ गते निज मोहीले तत्कालीन गा.पं. कार्यालयमा मोही हक छोडपत्र गरी पाउँ भनी निवेदन दिई सोको जनाउ समेत मैले उक्त जग्गा जोत कोड गर्न छाडी दिए पछि कुतमा दावी समेत नगर्नुहोला भन्ने व्यहोराको जानकारी पछि ०२७ साल देखि उक्त जग्गा म आफुले जोत कोड गर्दै आएको छु । मोही लगत कट्टा नभएकोले भू.सं. ऐन, २०११ बमोजिम निजको नामको मोही लगत कट्टा गरी पाउँ भन्ने समेतको निवेदन । ३. वादी दावीको जग्गाको मेरो पिता हक प्राप्त मोही भै जोतकोड गरी वाली समेत बुझाई आएको अवस्थामा वावुको ०४१ सालमा मृत्यु भयो पिताको मृत्यु पछि मैले उक्त जग्गा ज.ध.ले मोहीमा पत्याएको हुँदा मैले जोतकोड गर्दै आएको र वाली वुझाएको भरपाइ लिने दिने प्रचलन थिएन । वादीले मिति ०२६।१०।१९ मा छोडपत्र गरेको भनेको व्यहोरा झुठा हो भन्ने समेत प्र. स्व. विल्टु चौधरीको छोरा मानिकचन्द चौधरीको प्रतिउत्तरपत्र ।