निर्णय नं. ३७५० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७५० - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०८/०९ १९६५ निर्णय नं. ३७५० ने.का.प. २०४६ अङ्क ३ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रि.पु.ई.नं. ७४ आदेश भएको मिति : २०४६।२।१९।५ मा डि.बे.को आदेश मिति : २०४२।८।९।१ निवेदक/प्रत्यर्थी : जिल्ला झापा शनिश्चरे गा.पं. वार्ड नं. ६ बस्ने मानबहादुर खड्का विरुद्ध विपक्षी/रिट निवेदक : जि.झापा चन्द्रगढी गा.पं. वार्ड नं. १ बस्ने रामलोचन यादव विषय : उत्प्रेषण (१) जुन जग्गाको बाली जग्गाधनीका भाइ समेतले लुटपिट गरेको भन्ने ठहर भएको स्थितिमा सोही जग्गाको बाली नबुझाएको भनी मोही निष्काशन गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं. १०) भू.सु.का. झापाको तर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विपक्षी/रिटनिवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको मिति २०४२।८।९।१ को निर्णय पुनः फुलबेञ्चबाट दोहोर्‍याई हेरी दिनु भन्ने सर्वोच्च अदालतका नाउँमा हु.प्र.बक्स पाउँ भनी निवेदक मानबहादुर खड्काले चढाएको बिन्तिपत्रमा मिसिल झिकी पूर्ण इजलासबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र. बक्स भई पेश हुन आएको रहेछ । २. जिल्ला झापा चन्द्रगढी वडा नं. १ को कि.नं. २४६ मध्ये ज.वि. ३–०–० को मोही म निवेदक रामलोचन यादव हुँ । ०३९ सालको कुत नदिएको कार्यवाही हुँदैछ । ०४० सालको कुत समेत नबुझाई धरौट पनि नराखेकोले धान मन ३४।२० को रु. ९२।– को दरले हुने रु. ३१७४।– दिलाई मोहीबाट निष्काशन गरिपाउँ भनी ज.ध. मानबहादुर खड्काको निवेदन भू.सु.का. झापामा पर्‍यो । ०३९ सालको कुत धरौट राख्न तैयार पारेको नगद धनमाल विपक्षीले आफ्नो भाइ लुट्न लगाएकोले झापा जिल्ला अदालतमा लुटपिट मुद्दा दायर गरेको छु । २०४० सालमा १ बिगहा जग्गामा वादीले म माथि जग्गा खिचोला मुद्दा दिई जग्गा आवाद गर्न दिनु भएको छैन जग्गा खिचोला मुद्दा पू.क्षे.अ.मा चल्दैछ । बाँकी ३ बिगहा जग्गाको बाली विपक्षी समेत मिली लुटपिट गर्नुभएकोमा मैले लुटपिट मुद्दा झापा जिल्ला अदालतमा दायर गरेको छु । मुद्दा चल्दैछ । सोको निर्णय नहुन्जेलसम्म अ.बं. १२ नं. ले यो मुद्दा मुलतवी हुनुपर्ने हो । २०२९ सालदेखि नै विपक्षीले म उपर लगातार अनेकौं मुद्दा दिनु भएको छ । बंजर चाहार जग्गा भएकोले ६ मन प्रति विघाको शर्तमा मैले जग्गा आवाद गरी साल सालैको कुत आफ्नो पञ्चायत कार्यालयमा बुझाएको छु । विपक्षीले पनि हरेक साल कुत बुझ्दै जानु भएको छ । वादी दावीको कुत प्रतिवादीबाट भू.सु. ऐनको दफा २९(३) बमोजिम भराई दिनु र मोहीबाट निष्काशन समेत गरी दिने ठहर्छ भनी ०४१।३।१८ गते भूमिसुधार अधिकारीबाट निर्णय गर्नुभएकोमा अ.बं. १८४(क) १८५, १८९ को पूर्ण विपरीत निर्णय भएको छ । ०४० सालको बाली विपक्षीको भाइ समेत मिली लुटपिट गरी लगेकोमा निज उपर लुटपिट मुद्दा झापा जिल्ला अदालतमा दायर गरेको छ । लुटपिट मुद्दाकै अन्तिम निर्णय नहुन्जेलसम्म अ.बं. १२ नं. बमोजिम मुलतवीमा हुनुपर्ने हो । ३. मिति ०४०।३।१८ गते भूमिसुधार अधिकारीले गर्ने गरेको निर्णयबाट कानुनी हक हनन् भएको हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर गरिपाउँ भनी उल्लेख गरी रिट निवेदकले जिकिर लिएको रहेछ । ४. मि