निर्णय नं. ७३१८ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३१८ - उत्प्रेषण समेत भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/१०/१३ ३१८० निर्णय नं. ७३१८ ने.का.प.२०६१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु सम्वत् २०५८ सालको रिट.नं. २९९२ आदेश मितिः २०६०।१०।१३।३ विषयः– उत्प्रेषण । निवेदकः ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १३ घर भै हाल ऐ वडा नं. ३ पुल्चोक डेरा गरी वस्ने प्रकाशचन्द ठकुरी समेत विरुद्ध विपक्षीः पुनरावेदन अदालत पाटन समेत § जिल्ला अदालतवाट घर जग्गा रोक्का राख्ने गरी मिति २०५८।३।७ मा आदेश भएको नभई मिति २०५८।१।२८ मा भएको देखिन्छ । घर जग्गा रोक्का गर्ने गरी भएको जिल्ला अदालतको आदेश वदर गर्ने भनेपछि ललितपुर जिल्ला अदालतवाट मिति २०५८।१।२८ मा घर जग्गा रोक्का राख्ने गरी आदेश भएकोले पुनरावेदन अदालतको मिति २०५८।४।३२ को आदेशमा जिल्ला अदालतको मिति २०५८।१।२८ को आदेश समावेश हुने गरी मिति २०५८।५।२० मा भएको आदेश पूर्व मिति २०५८।४।३२ को आदेशको भावना विपरीत हुनु गएको मान्न नमिल्ने । § विवादित घर जग्गा अंश मुद्दाको तायदाती फाटवारीमा पेश भए पनि सो सम्पत्ति वण्डा हुने नहुने भन्ने सम्वन्धमा चलिरहेको अंश मुद्दावाटै निरोपण हुने हुँदा अदालतमा चलिरहेको मुद्दालाई असर पर्ने गरी सो सम्पत्तिमा यी रिट निवेदकहरुको अंश हक रहे नरहेको सम्वन्धमा रिट क्षेत्रवाट विचार गरी वोल्न नमिल्ने । § विपक्षी रिट निवेदकहरु अंशियार नभएको भन्ने कुरा रिट निवेदकहरु स्वयंले आफ्नो रिट निवेदनमा स्वीकार गरेको अवस्थामा अंश मुद्दामा अंशियार नै नभएको व्यक्तिको नामको सम्पत्ति रोक्का राखेको जिल्ला अदालतको आदेशलाई वदर गरेको पुनरावेदन अदालत पाटनको आदेशले निवेदकहरुको कुन कानूनले प्रदान गरेको के कस्तो हक हनन भएको भन्ने कुरा रिट निवेदकहरुले देखाउन सकेको नपाइदा रिट निवेदन माग वमोजिमको आदेश जारी गर्नुपर्ने अवस्था नहुँदा रिट निवेदन खारेज हुने । (प्र.नं. १४) निवेदक तर्फवाटःविद्वान अधिवक्ता श्री श्यामनारायण श्रेष्ठ विपक्षी तर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की र विद्वान अधिवक्ता श्री राजु आचार्य अवलम्वित नजिरः आदेश न्या.केदारप्रसाद गिरीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ तथा ८८(२) वमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. विपक्षी मध्येकी पुष्पलता ठाकुर हामी मध्ये म रेणुकाको नन्द र हामी प्रकाश र नारायणको फुपु नाताकी हुनुहुन्छ । हाम्रो पति तथा पिता कृष्ण चन्दको परलोक भएपछि हामीलाई घरमा वस्न नदिई निकाला गरेकोले डेरामा वसी आएकोमा पति पिता कृष्णचन्दको जेठी तर्फका छोराहरु मानु चन्द र भानु चन्दले सम्पूर्ण सम्पत्तिमा कव्जा जमाई हामीलाई अंश दिन अस्विकार गरेकोले निजहरुको विरुद्धमा ललितपुर जिल्ला अदालतमा अंशमा नालिस दिएकोमा तायदाती माग भै प्रतिवादीहरुले तारेख छाडी वसेकोले निजहरुको जिम्मा समेतको तायदाती फाँटवारी हामीले पेश गरी विचाराधीन अवस्थामा छ । पैतृक सम्पत्ति मध्ये ललितपुर जिल्ला जाउलाखेलमा एउटा आठ आना क्षेत्रफलमा टहरा घर र पर्सा विरगन्जमा पक्की दुईवटा घर भएकोले तायदातीमा सोही वमोजिम उल्लेख गरेका थियौ । तायदातीमा उल्लेखित सम्पति मध्ये पर्सा श्रीपुर १ कि.नं. ६ को क्षेत्रफल ०–१–१९ जग्गा र त्यसमा वनेको दुइवटा पक्की वंगला घर विपक्षी मध्येकी पुष्पलताको नाउँमा खरिद गरिए पनि परिवारको संयुक्त कमाई प्रयासवाट जग्गा खरिद गरिएको र घ