निर्णय नं. ३७५१ - करार बमोजिम रुपैयाँ दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७५१ - करार बमोजिम रुपैयाँ दिलाई पाउँ भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०२/१७ २७९८ निर्णय नं. ३७५१ ने.का.प. २०४६ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको दे.पु.ई.नं. १०४ फैसला भएको मिति: २०४६।२।१७।३ मा पुनरावेदक/वादी : हिमालय आयरन एण्ड स्टिल (प्रा.) लि. ज्योति भवन कान्तिपथ काठमाडौंका तर्फबाट सो कम्पनीको सञ्चालक समितिका अध्यक्ष मणीहर्ष ज्योति विरुद्ध विपक्षी/प्रतिवादी : श्री ५ को सरकार शिक्षा मन्त्रालय, केशर महल काठमाडौंसमेत मुद्दा : करार बमोजिम रुपैयाँ दिलाई पाउँ (१) करारले ठेक्का सम्बन्धी विषयमा कुनै उजूर बाजुर नगर्ने भनी इंगित गरेकोले ठेक्का समाप्त भइसकेपछि यसले ठेक्का सम्बन्धित हकमा बाधा विरोध गरेको भनी मान्न मिलेन, ठेक्का नै समाप्त भइसकेको अवस्थामा ठेक्का सम्बन्धी हकमा बाधा विरोध भयो भनी अञ्चल अदालतमा नालिश गर्नु पर्ने भन्ने प्रतिवादी जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १६) (२) लिखत आफैंमा स्वतन्त्र एवं छुट्टै करार भएकोले करार ऐन, २०२३ बमोजिमको दावी लिई जिल्ला अदालतले शुरु कारवाही र किनारा गरेको कारवाहीलाई अधिकार क्षेत्र विहिन मान्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।८।२३ को इन्साफ उपर पुनरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ यस सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ यस पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. बुढानिलकण्ठ स्थित व्बाइज सेकेण्डरी बोर्डिङ स्कूल भवन निर्माणार्थ प्रतिवादीसंग मिति २०२७।११।१४ मा करारनामा गरी वादीले लिएको थियो । पर्न आउने बाधा र परिस्थितिकासाथ वादीले प्राप्त म्यादभित्रै निर्माण कार्य पूरा गरी सम्बन्धित अधिकारी वर्गलाई भवन जिम्मा लगाइयो र वादीले प्रतिवादीबाट करार बमोजिम पाउनु पर्ने ठेक्का रकमको भुक्तानी बारे माग गर्दा नपाएकोले करारनामा अन्तर्गत प्रतिवादीले मुकरर गरेका कन्सल्ट्यान्टस् मेसर्स नर्मन एण्ड डार्वन आर्किटेक्ट्स सर्भेयर्स समक्ष वादीले विवादको निपटारालाई २०३४।१।७ मा पत्र लेखेको र कन्सल्ट्यान्ट्सले २०३४।२।३१ को पत्रद्वारा निर्णय दियो सो कुरा पेरिस स्थित आई.सि.सि. को कोर्ट अफ आर्विट्रेशनको सेक्रेटरियटबाट वादीले सूचना पाउँदा थाहा भयो । प्रतिवादीले अन्तर्राष्ट्रिय मध्यस्थ निर्णयका लागि उजूर गरी कारवाही चलाएकोले वादीले पनि प्राप्त सूचनाको म्याद भित्र लिखितजवाफ दिन बाध्य भयो । पछि मिति २०३५।१।१५ का दिन प्रतिवादीका प्रतिनिधि का.मु. लेखा नियन्त्रक तथा प्रशासकीय अधिकृत र वादी ठेकेदारका प्रतिनिधि म्यानेजिड्ड डाइरेक्टर मणिहर्ष ज्योतिका बीच सम्झौता वार्ता हुँदा ठेकेदारको रनिङ बिलहरुबाट धरौटी बापत कट्टी गरिएको रु. १,७३,१२५।– नियमानुसार दिने र कन्सल्टेन्टले भुक्तानी निमित्त सिफारिश गरेको मध्ये विवाद उठी रोक्का भएको रु. ७,९५,८६९।५८ को ५० प्रतिशतले हुने रु. ३,९७,९३४।७९ समेत जम्मा रु. ५,७१,०५९।७९ मा २१२ प्रतिशत ठेक्का कर कटाई ब