निर्णय नं. ३७५२ - अंश नाता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७५२ - अंश नाता कायम भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०३/०६ २४५५ निर्णय नं. ३७५२ ने.का.प. २०४६ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.पूर्ण इजलास नं. ७१ फैसला भएको मिति : २०४६।३।६।३ डि.बे.बाट फैसला भएको मिति : २०४१।१०।१४ (ने.का.प. भाग २६, २०४१, अड्ढ १०, नि.नं. २१४२, पृष्ठ ८८४ मा प्रकाशित) निवेदक/वादी : जि.मोरङ विराटनगर नगरपञ्चायत वडा नं. ३२ बस्ने सबीर मियाँसमेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.वा.नं. २१ बस्ने मकबूल मियाँसमेत मुद्दा : अंश नाता कायम (१) मतदाता नामावली र पारिवारिक लगत विवरण समेतबाट लोग्ने स्वास्नी देखिनुको साथै सो कुरालाई साक्षीहरुको बकपत्र समेतबाट पुष्ट्याई भइरहेको अवस्थामा अन्य भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) राजीनामाको लिखतमा ३ पुस्ते सम्म खुलाउने कानुनी व्यवस्था भएको, पति वा पत्नीको नाम खुलाउनु पर्ने बाध्यात्मक व्यवस्था नभएकोमा निजहरु बीच भएको लिखतमा पतिको नाम नखुलाएकै कारणबाट निजहरु लोग्ने स्वास्नी होइन भनी ठहर गर्न न्यायोचित नदेखिने । (प्रकरण नं. १४) निवेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री उपेन्द्र केशरी न्यौपाने फैसला न्या.बब्बरप्रसाद सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।१०।१४ गतेको निर्णय दोहोराई पाउँ भनी निवेदक वादी तर्फबाट न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारमा चढाई पठाएको निवेदनपत्र जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोराई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आएअनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. कारी मियाँको श्रीमती मध्ये स्वर्गीय जेठी पत्नीबाट जन्मेको विपक्षी मध्येका मकबूल स्व.साँहिली पत्नीबाट जन्मेको विपक्षी मध्येका याही मियाँ हुन् । कान्छी पत्नी म तर्फबाट २ छोरा ३ छोरी भएकोमा मेरो तर्फको छोरा छोरी सबै नाबालकै छन् । पति कारी मियाँ मिति २०३७।७।९ गते परलोक हुनुभयो । २०२२ साल फाल्गुण १५ गते देखि विपक्षीहरु र म तथा पति कारी मियाँ अलग बसेका पति कारी मियाँ परलोक भएपछि विपक्षी छोराहरुले सबै जग्गा जमीन कब्जा गरी नाबालक छोरा छोरीलाई हेला समेत गरेको र अंश माग्दा समेत नदिई आलटाल गरेकोले फिराद गर्न आएको छु अंशबण्डाको २०, २२, २३ नं. अनुसार विपक्षीहरुबाट तायदाती लिई ५ भागको ३ भागको अंश छुट्याई पाउँ भन्ने फिरादपत्र । ३. वादीहरु हाम्रा अंशियार होइनन् । हामीहरु भारत विहार प्रान्त अन्तर्गत जिल्ला पूर्णीया वस्ती नरपतगंज बस्ने एनामूल मियाँको पत्नी वादी सकिना खातुन हुन् निजबाट नै वादी सकिना खातुनलाई ३ छोरा २ छोरी भएको छ वादी फिरोज मियाँ र सबीर मियाँ एनामूल मियाँको छोरा भएकोले हामीहरुको अंशियार नहुँदा हामीले अंश दिनु पर्ने होइन । पिता कारी मियाँको ३ पत्नी मध्ये जेठी जमिरा खातुनबाट जन्मेका मकबूल मियाँ माहिली असर्फ खातुनबाट जन्मेको म महमद याही मियाँ कान्छी स्व.सकिना खातुनबाट एकमात्र छोरी आसना खातुन भएकी स्व.सकिना खातुन पिता कारी मियाँ स्वर्गबास हुनुभन्दा ५ वर्ष अघि नै मृत्यु भएको कारणबाट निज सकिना खातुनको नाम मिलेकोले वादीले हामीहरु उपर झुठ्ठा उजूर मात्र गरेको हो पिता कारी वादीको पति भए २०३० साल ज्येष्ठ १ गते का