निर्णय नं. ७३१९ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३१९ - उत्प्रेषणयुक्त परमादेश भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/११/१२ ३२१७ निर्णय नं. ७३१९ ने.का.प.२०६१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत् २०५७ सालको रिट नं. २८६८ आदेश मितिः २०६०।११।१२।३ बिषयः–उत्प्रेषण, परमादेश । निवेदकः महोत्तरी जिल्ला मनही गा.वि.स. वडा नं. ७ थरुआही वस्ने सूर्य नारायण लाल कर्ण बिरुद्ध विपक्षीः शिक्षा तथा संस्कृति मन्त्रालय सामान्य तथा कर्मचारी प्रशासन शाखा केशरमहल काठमाडौं. समेत § निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० को हालसम्म भएको संशोधन समेतले जेष्ठता र निवृत्तिभरण प्रयोजनको लागि छुट्टाछुट्टै नोकरी जोड्ने प्रावधान राखी रहेको र साधारण तर्फ अस्थाई सेवा अवधि निवृत्तभरण प्रयोजनको लागी गणना गरीने व्यवस्था गरेको नदेखिएकोले निजामती कितावखानाले जेष्टता प्रयोजनको लागी जोडी सकेको भन्ने आधारमा निवृत्तभरण प्रयोजनको लागी जोड्न नमिल्ने भनि गरेको निर्णय कानूनसम्मत नै देखिने। § स्थाई सेवामा जोडीएको सेवा अवधि गणना गर्ने सम्वन्धमा छुट्टाछुट्टै व्यवस्था गरी निजामती सेवा नियमावली, २०५० को नियम १२३(१)(क) ले जेष्ठता प्रयोजनको लागी गणना हुने व्यवस्था गरी सो कुरा खण्ड(ख) मा समावेश नगरेको अवस्थामा निवेदकको अस्थाई नोकरी अवधि निवृत्तभरण प्रयोजनको निमित्त पनि गणना हुने भनि सम्झन मिल्ने नदेखिने । § निवेदकको नोकरी जोडीदाकै अवस्थामा जेष्टता प्रयोजनको लागि गणना हुने गरी निर्णय भएको र त्यस उपर तत्काल कुनै कारवाही नचलाई चुपलागी वसेको अवस्थामा एकपटक जेष्टता प्रयोजनको लागि गणना गरी सकिएको नोकरी अवधि निवृत्तभरण प्रयोजनको लागी जोडन नमिल्ने भनि निजामती कितावखानाले गरेको निर्णय र सो को आधारमा भएका अन्य काम कारवाही समेत संविधान एवं कानून विपरीत भन्न नमिल्ने हुँदा निवेदकको माग वमोजिमको आदेश जारी हुन नसक्ने । (प्र.नं. १० देखि १२) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री कमल नारायण दास र श्री सतिसकुमार झा विपक्षी तर्फवाटः उपन्यायाधिवक्ता श्री सुरेन्द्रवहादुर थापा अवलम्वित नजिरः आदेश न्या. केदारप्रसाद गिरीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३,८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. निवेदक श्री ५ को सरकार शिक्षा मन्त्रालयको मिति २०३२।८।१५ को पत्रद्वारा २०३२।८।४ देखी अस्थाई माध्यमिक विद्यालय निरीक्षक (मा.वि.नी) (रा.प.तृ.प्रा.) पदमा नियुक्ति पाई अटुट रुपमा कार्यरत रही मिति २०४२।१०।१७ को पत्रद्वारा सोही पदमा स्थाई नियुक्ति पाई रा.प.द्वि श्रेणी उपसचिव स्तरमा वढुवा पाई मिति २०५६।११।२९ सम्म नोकरिमा रही ५८ बर्षको उमेरको हदवाट अवकास प्राप्त भयो । मेरो २०३२।८।४ देखी २०४२ साल सम्मको अस्थाई नोकरी स्थाई नोकरी संग जोडिएको विपक्षी नंं. २ को पत्रवाट प्रमाणित छंदाछंदै अवकास प्राप्त गरेपछि निवृत्तिभरणको लागि पनि उल्लेखीत सेवा अवधि जोडिनुपर्नेमा वढुवा प्रयोजना जोडिसकेकोले निवृत्तिभरण प्रयोजनको लागि अस्थाई सेवा जोड्न नमिल्ने भन्ने निर्णयको जानकारी मिति २०५७।४।५ गराएकोले रिट निवेदन गर्न आएको छु । एउटै कुरा सेवा संग सम्वन्धित एक कामको लागि मान्य हुने अर्कोमा मान्य नहुने भन्न मिल्दैन । १० बर्षको सेवा अवाधि निवृत्तिभरण प्रयोजनको लागी जोडी पाउँ भनि चलाएको कारवाहीमा सो अवधि जेष्ठता वापत जोडिसकेकोले जोड्न नमिल्ने भनि गरेको निर्णयमा कुनै ऐन कानून न