निर्णय नं. ३७५३ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७५३ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०१/११ २४२६ निर्णय नं. ३७५३ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २०२० आदेश भएको मिति : २०४६।१।११।१ मा रिट निवेदक : जि.सुर्खेत वीरेन्द्रनगर न.पं.वा.नं. ६ बस्ने बुलबुले साप्ताहिक समाचार पत्रिकाको सम्पादक प्रकाशक तथा बुलबुले छापाखानाको प्रो.टंकप्रसाद भट्टराई विरुद्ध विपक्ष : जिल्ला कार्यालय सुर्खेतसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) ऐन नियमले दिएको अधिकार मात्र प्रयोग गरी पत्रिकाको प्रकाशन रोक्नु पर्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामजी विष्ट प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म निवेदकले छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०३९ को दफा ६ ले निर्दिष्ट गरे अनुसार छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावली बमोजिम जिल्ला कार्यालय सुर्खेतबाट द.नं. १।२०३९।०४० मा निवेदक सम्पादक प्रकाशक रही बुलबुले साप्ताहिक पत्रिका प्रकाशित गर्ने अनुमति पाई ऐन नियमको शर्त बन्देजमा रही २०४३ साल कार्तिक ३ गते सोमबार सम्म पत्रिका प्रकाशन गर्दै आइरहेको थिएँ । यसै बीच विपक्षी प्रमुख जिल्ला अधिकारीले आफ्नो अनुकूलका समाचार प्रकाशन गरिदिएन भन्ने पूर्वाग्रह राखी २०४३।७।६।५ मा मेरो उक्त पत्रिका बन्द गर्ने अन्तरिम आदेश दिनु भयो । त्यस्तै गरी मैले विपक्षी कार्यालयबाट इजाजत लिई आफ्नो अचल सम्पत्ति धितो बन्धक राखी उद्योग विभागबाट २०४२।३।१३ मा फर्म रजिष्ट्रेशन गराई २०४३।४।५ देखि बुलबुले छापाखाना चलाई राखेको अवस्थामा बुलबुले छापाखाना समेतलाई छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावली, २०४० को नियम १४ बमोजिम नवीकरण गराउनु पर्नेमा हालसम्म पनि नवीकरण नगराउनु भएकोले उक्त नियमको उपनियम ५ बमोजिम प्रमाणपत्र स्वतः खारेज हुने व्यवस्था भएकोले प्रेस बन्द किन नगर्ने भनी पक्राउ गरी लिखित र मौखिक बयान लिई पत्रिका प्रकाशन भएको छैन पत्रिका प्रकाशन गर्न अनुमति पाउँ भन्ने व्यहोराको जबरजस्ती कागज गराउनु भयो । ३. विपक्षी प्र.जि.अ.ले पत्रिका बन्द गर्न दिएको आदेशमा छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०३९ को दफा ५, ६, ११ र ऐ. नियमावली, २०४० को नियम ५, ७, ११ र नियम ४(६) मा उल्लेखित प्रावधान पूरा गर्नु पर्नेमा म निवेदकले पूरा नगरेको भन्ने आरोप लगाइएको छ । उक्त कारवाही गैरकानुनी तथा अधिकार विहीन छ । ऐन नियम बमोजिम मैले पत्रिका प्रकाशन गरी सूचना विभाग तथा प्रेस काउन्सिलबाट मूल्याड्ढन हुँदै आइरहेको अवस्थामा काम छाडेको सूचना दिनु पर्ने कुनै कारण छैन । मेरो स्वामित्वमा रहेको बुलबुले छापाखानालाई बन्द गर्न विपक्षी प्र.जि.अ.ले छापाखाना र प्रकाशन सम्बन्धी नियमावली, २०४० को नियम १४ को उपनियम (५) बमोजिम स्वतः खारेज हुने व्यवस्था भए अनुरुप प्रेश बन्द किन नगर्ने भनी लिएको कानुनी आधारलाई हेरिएमा उक्त व्यवस्था मेरो छापाखानाको लागि उपयुक्त हुने नभई समाचारदाता वा प्रेश प्रतिनिधिहरुको लागि प्रयोग हुने व्यवस्था हो । यस्त