निर्णय नं. ३७५४ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७५४ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४५/११/०८ २०९३ निर्णय नं. ३७५४ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. ८८२ आदेश भएको मिति : २०४५।११।८।१ मा निवेदक : का.न.पं. वडा नं. १२ ब्रम्हटोल बस्ने आशाकाजी बज्राचार्यसमेत विरुद्ध विपक्षी : का.न.पं. वडा नं. १२ ब्रम्हटोल बस्ने नारायणदेवी श्रेष्ठसमेत विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) विकेन्द्रीकरण ऐन, २०३९ को दफा २९ को उपदफा (४) बमोजिम नगरपञ्चायतका प्रधानपञ्चले आफूमा भएको अधिकार सम्बन्धित पञ्चायतको सदस्य वा सचिवलाई सुम्पन सक्ने कानुनी व्यवस्था भएको पाइन्छ सो व्यवस्था अनुसार नगरपञ्चायतका कार्यवाहक प्रधानपञ्चले सम्बन्धित नगरपञ्चायतका सदस्यहरु भएको समितिलाई नक्शा पास गर्ने अधिकार प्रत्यायोजन गरेको कार्यलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. १०) (२) कार्यवाहक प्रधानपञ्चले अधिकार प्रत्यायोजन गरी गठित मुद्दा समितिले कानुन बमोजिम कारवाही गरी नक्शा पास गर्ने ठहर्याएको निर्णयलाई त्रुटिपूर्ण भन्न नसकिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थीहरुतर्फबाट : विद्वान अधिवक्ता श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. का.जि.का.न.पं. वडा नं. १२ ब्रम्हटोलको कि.नं. ६६२ को घर महेशमान श्रेष्ठको, कि.नं. ६६३ को घर चुनुदेवी श्रेष्ठको कि.नं. ६६४ को घर मनिन्द्र चुडामणी बज्राचार्यको र कि.नं. ६६५ आशाकाजीको नाउँमा सर्भे भएको छ । उक्त ४ घरहरुको बीचमा पर्ने कि.नं. ६६६ को चोक हामीहरु ४ घरसंग सम्बद्ध राखी सर्भे नापी गरिएको र म आशाकाजीको घर मुनिबाट चोकमा जाने आउने बाटो रहेको छ । यसरी आफ्नो कुनै हक पनि नभएको, भागमा नरहेको तथा निकास बाटो समेत यस कि.नं. ६६६ को चोकमा नभई दक्षिण साँधमा पर्ने मूल सडकमा निकास हुने प्रत्यर्थी नारायणदेवी श्रेष्ठले आफ्नो ऐ. कि.नं. ६६७ को धराप भएको घरलाई भत्काई नयाँ घर बनाउन नक्शा पासको लागि का.न.पं. मा दर्खास्त दिंदा पश्चिम साँधमा म आशाकाजीलाई संधियार देखाउँदै निजको हक भोग निकास नै नभएको कि.नं. ६६६ को चोकलाई निजको समेत साझा चोक भनी नामाकरण गर्दै साँध देखाएको र दक्षिणतर्फको मूल सडकको साथै कि.नं. ६६६ को चोक तर्फ ढोका राखी निकास तथा खुल्ला झ्याल समेत राखी घर बनाउन नक्सा प्रस्तुत गरेको हुनाले म आशाकाजीका नाउँमा का.न.पं. बाट १५ दिने म्याद टाँस भयो । त्यसमा म आशाकाजीले म्यादभित्रै का.न.पं. वडा नं. १२ समिति मार्फत त्यस चोकमा विपक्षीको हक नभएको र ढोका निकास र खुल्ला झ्याल राख्ने गरी घर बनाउन दिन मन्जूर छैन भनी उजूर गरेको थिएँ र म चुनु श्रेष्ठ, महेशमान श्रेष्ठ समेतले जानकारी पाई चोकभित्र ढोका राखी घर बनाउन दिन मन्जूर छैन भनी उजूरी दिएका थियौं । का.न.पं.बाट सरजमीन गराउँदा म आशाकाजीले उजूरी बमोजिम कारवाही होस भनी लेख्न लगाएको थिएँ । का.न.पं. बाट खटिई आएका ओभरसियरले पनि उजूरी बमोजिम कारवाही हुनु पर्ने भनी प्रतिवेदन दिएका थिए । विपक्षी मुद्दा समितिले सबै उजूरीको व्यहोरालाई उल्लेख गर्दै कि.नं. ६६६ को चोकमा निकास ढोका राख्न