निर्णय नं. ७३२० - जिउ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३२० - जिउ मास्ने बेच्ने भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/१२/२७ ३१४२ निर्णय नं. ७३२० ने.का.प.२०६१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री मिनवहादुर रायमाझी सम्बत् २०५९ सालको फौ.पु.नं.३२३५ फैसला मितिः २०६०।१२।२७ मुद्दा : जिउ मास्ने बेच्ने । पुनरावेदक प्रतिवादीः जिल्ला नवरपरासी पिठौली गा.वि.स.वडा नं.२ घर भै हाल कारागार शाखा सदरखोर– डिल्लीबजारम थुनामा रहेको खजुर भन्ने भिमसेन परियार बिरुद्ध प्रत्यर्थी विपक्षीः जितवहादुर परियारको जाहेरीले श्री ५ को सरकार § तहकिकात अनुसन्धानको सिलसिलामा भए गरेका काम कारवाहीलाई अदालतमा आई समर्थन गरेको अबस्थामा सो कुरालाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम बकपत्रलाई प्रमाण लिन मिल्ने व्यवस्था गरेको देखिने प्रहरी समक्ष गरेको प्रतिवादीको साविती बयानलाई पीडित समेतको बयान बकपत्रबाट समर्थित भई रहेको देखिनुका साथै अदालत समक्षको प्रतिवादीको बयान समेतबाट निजैले फकाई पीडितहरुलाई बम्बै पुर्याएको भन्ने देखिन आई पीडितलाई प्रतिवादीले ललाई फकाई भारतको बम्बैमा पुर्याई बिक्री गरेको पुष्टि भइरहेको अबस्थामा जानी–जानी पीडित केटीहरुलाई बिक्री गर्न भनी फकाई भारत लगेको होइन भन्ने समेत कुराको पुनरावेदन जिकिरले कानूनले निषेध गरिएको आपराधिक कार्य गर्ने प्रतिवादीले आफूले गरेको अपराधबाट उन्मुक्ति पाउने भनी भन्न नसकिने । (प्र.नं. १५) निवेदक तर्फवाट विपक्षी तर्फवाटः अवलम्वित नजिरः आदेश न्या.चन्द्रप्रसाद पराजुलीः विशेष अदालत काठमाडौंको मिति २०५९।१०।१५ को फैसला उपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम प्रतिवादीको पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. मेरो बहिनी भुमा परियार र गाउँकै ऐ.वडा नं.१ बस्ने अमृता नेपालीलाई विरगञ्जमा सुइटर बुन्ने समेतको राम्रा काम लगाई दिन्छु भनी विभिन्न किसिमको बहाना समेत देखाई लोभलालच समेतमा पारी प्रतिवादी भिमसेन परियारले मिति २०५०।९।२८ गते घरबाट भगाई लगी भारतको बम्बई स्थित वेश्यालयमा भा.रु.८०,०००।– मा बिक्री गरी जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, विपरीत कसूर अपराध गरेको हुँदा निज प्रतिवादी भिमसेन परियार र निजका सहयोगी मतियार अन्य दुई रवि राई भन्ने र गोपाल राई समेतलाई पक्राउ गरी कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जितवहादुर परियारको किटानी जाहेरी । ३. मेरी बहिनी भुमा परियार गाउँकै अमृता नेपाली मिति २०५०।९।२८ गतेदेखि हराएको हुँदा खोजतलास गरी पाउँ भन्ने समेत व्यहोराको जितवहादुर परियारले दिएको हुलिया निवेदन । ४. प्रतिवादी भिमसेन परियारले म तथा भुमा परियारलाई विरगञ्जमा लगि राम्रो सुईटर बुन्ने समेतको काम लगाई दिन्छु, धेरै पैसा कमाईन्छ, यस्तो दुःख गरी बस्नु पर्दैन भनी विभिन्न किसिमको लोभ लालच समेत देखाई मिति २०५०।९।२८ गते नारायणगढ हुँदै नेपालको सिमाना कांकडभिट्टाबाट बोर्डर कटाई भारतको बम्बै स्थित वेश्यालयमा लगि भा.रु.८०,०००।– म बिक्री गरेको र अं.४ वर्ष म उक्त वेश्यालयमा वेश्याको काम गरी जण्डिस समेतको रोग मलाई लागि सो वेश्यालयबाट मलाई फिर्ता गरेको हुँदा निज प्रतिवादी आएका अबस्था उजुर गर्ने गरी बसेकी थिएँ। निज प्रतिवादीले रवि राई र गोपाल राई नाम बताउने अन्य दुई जना सहयोगी मतियार समेत लिई गएको थियो भन्ने समेत व्यहोराको पीडित अमृता नेपालीको बयान । ५. मैले २०४८ सालदेखि काठमाडौं स्थित पुरानो बानेश्वरमा रहेको गार्मेन्टमा कप