निर्णय नं. ३७५५ - कुटपिट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७५५ - कुटपिट भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४५/१२/१४ २५३६ निर्णय नं. ३७५५ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ५२५, ६१५ फैसला भएको मिति : २०४५।१२।१४।२ मा पुनरावेदक/प्रतिवादी : महोत्तरी जिल्ला, सहोडवा गा.पं. वडा नं. ८ बस्ने जुगेश्वर मण्डल धानुकसमेत विरुद्ध विपक्षी/वादी : ऐ. वडा नं. ७ कमलाकान्त झासमेत मुद्दा : कुटपिट (१) साक्षीको भनाई तथा अस्पतालको घा जाँच रिपोर्ट र एक्स–रे रिपोर्टबाट समेत कुटपिट वारदात भएको भन्ने कुरा पुष्ट्याई भइरहेको देखिँदा कुटपिटको वारदात नै भएको हैन भन्ने प्रतिवादीहरुका साक्षीहरुको बकपत्र विश्वासलायक नदेखिने । (प्रकरण नं. १३) (२) प्रतिवादीले बचन दिएको भन्ने फिराद दावी रहेको र बचन दिएको कुरालाई वादीका साक्षीहरुबाट समेत पुष्ट्याई भइरहेकोबाट बचन दिएको होइन भन्न सकिने देखिएन । (प्रकरण नं. १३) (३) बचन दिई कुटपिट गरेको होइन भन्ने सबूद प्रमाण दिई पुष्टि गर्न सकेको छैन, मिसिलको अध्ययनबाट प्रतिवादीहरुको हुल भई कुटपिटको वारदात भएको भनी कायम गरिएको अदालतको फैसला उपर प्रतिवादीहरुले पुनरावेदन नगरेकाबाट हुल भई वारदात गरेको कुरामा विवाद नरहने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।१०।२८।४ को फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ (संशोधन सहित) को दफा १३(५)(ख) अन्तर्गत पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. मिति २०३६।१२।८।६ का दिन अपरान्ह अं. ४–५ बजेको समयमा गाउँदेखि करिब १ बिगहा पूर्व जि.म.पिप्रा आदर्श गा.पं. वार्ड नं. ४ बस्ने खगेश्वर झाको नाममा दर्ता रहेको ऐ. वा.नं. ८ तथा ९ को कि.नं. १८९, ५८८ को जग्गा बिगहा ०–१०–१७ जग्गा निज जग्गाधनीले आफ्नै दशकर्म गरी लगाएको गहुँ बाली करीब १५–२० जना ज्यामीहरु लगाएर कटाई रहेको अवस्थामा विपक्षीहरु करीब ५०–६० जना नाम नजानेका हुलहसेरीका साथ हात हातमा लाठी बाँसको धारिलो फराठी गडासा समेतका साथ आई यो जग्गाको बाली काट्न दिन्नौं भनी विपक्षीहरुले भनेकोले फिरादी मध्ये म भोलानाथले सम्झाउँदा बुझाउँदा समेत नमानेको र यो होहल्लाबाट गाउँका अन्य फिरादीहरु समेत आएकोले देखी विपक्षी मध्येको जुगेश्वर मण्डल धानुकले लौ प्रशासनले पनि हामीलाई मद्दत गर्दछ यिनीहरुलाई कुटपिट गरौं भन्ने बचन दिएकोले सो कुरा मानी सबै विपक्षीहरुको हुल भई विपक्षी गुदरी मण्डलले म भोलानाथ झालाई फराठीले बायाँ पट्टि निधारमा प्रहार गरी काटी दिएको विपक्षी सिरिफलालले म विश्वनाथ झालाई गडासाले टाउकोको बायाँपट्टि अगाडि भागमा काटी दिएको विपक्षी जयकरणले म जगन्नाथ झालाई धारिलो बाँसको फराठीले कपाल पछाडि बायाँपट्टि टुप्पीभन्दा दायाँ भागमा काटी दिएको र अन्य विपक्षीहरुले समेत हामी फिरादीहरुको आङ जिउमा जत्रतत्र कुटपिट गरेको कारणले म कमलाकान्तलाई अत्यधिक चोटपटक लागेकोले जनकपुर अञ्चल अस्पतालमा उपचार समेत गराएको छु । हामी फिरादीहरु सबैलाई हुलहसेरीले कुटपिट गरेको हुँदा विपक्षी गुदेरी मण्डल र सिरिफलाललाई कुटपिटको ८, १०, १८ नं. बमोजिम र बचन दिई कुटपिट गर्ने जुगेश्वर मण्डललाई कुटपिटको ७, ८, ९, १