निर्णय नं. ३७५६ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७५६ - ज्यान भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४५/११/२९ २०४० निर्णय नं. ३७५६ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको फौ.पु.नं. ५४६ फैसला भएको मिति : २०४५।११।२९।१ मा पुनरावेदक/वादी : शुक्रबहादुर लामाको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : का.प.जि.पुलचोक गा.पं. वडा नं. ६ घर भई हाल का.जि. चुच्चेपाटी बस्ने चिनिमाया तामाङनी मुद्दा : ज्यान (१) जन्मिएको बच्चाको नाल काटी बाँध्नु पर्नेमा नबाँधेको कारणबाट रक्तश्राव भई बच्चाको मृत्यु हुन गएको भन्ने देखिँदा मार्ने नियतबाट त्यस प्रकारको क्रिया गरेको भन्ने मिसिल प्रमाणबाट नदेखिने, केवल होस नपुर्याई नाल बाँधी नदिएको कारणबाट जातक बच्चीको मृत्यु हुन गएको भन्ने देखिन आएको स्थितिमा श्री ५ को सरकारको पुनरावेदन जिकिर बमोजिम ज्यान सम्बन्धीको १३(३) अन्तर्गतको अपराध गरेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १७) पुनरावेदक तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३)(ग) अनुसार पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. मिति २०४१।१।१७ गते दिउँसो १७.०० बजेको समयमा रमन घुम्न जाँदा बौद्ध महांकाल पानी ट्यांकीको पश्चिमतर्फ बारीको डिलमा जन्मी मारेको बच्ची फालेकोले लाश फेला परेकाले कानुन बमोजिम होस् भन्ने प्र.ह.शुक्रबहादुर लामाको प्रतिवेदन । ३. निदारमाथि टाउको किचिएको गैरो डामहरु देखिएको नाकको दुबै प्वालबाट केही तरल पदार्थ निस्केको गर्धन भाँचिए जस्तो लाशको नाल चुडिएको अं. १।। फिट लम्बाई र अं. तौल ५ पौण्डको समेत देखेको ठीक हो भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ४. मेरो गलैचा कारखानामा काम गर्ने चिनिमाया तामाङनीले पेट बोकेको थियो र निजले बच्ची जन्माई मारी फालेको हुनुपर्छ भन्ने समेत व्यहोराको अयुलामाले प्रहरीमा गरेको कागज । ५. चिनिमायाले बच्ची जन्माई फालेको हुनुपर्छ भन्ने समेत फुलमाया तामाङनीले प्रहरीमा गरेको कागज । ६. चिनिमाया तामाङगलाई पक्राउ गरी दाखिल गरेको छु भन्ने समेत व्यहोराको प्र.जि.शान्ति गुरुड्डसेनीको प्रतिवेदन । ७. मेरो लोग्नेले अर्को स्वास्नी राखी मलाई हेर्न छोडेकोले काइला क्षेत्री आई म तिमीलाई पाल्छु भनी पटक पटक करणी गरेको थियो । सोही करणीबाट पेट बोकेको २०४१।६।१६ गते पेट दुखी मैले बच्ची जन्माई व्यहोस् भएँ, होसमा आउनासाथ हेर्दा बच्चाको नाइटो चुडाली दिई पुनः व्यहोस् भएँ, होस खुली हेर्दा बच्चा मरिसकेछ सो बच्चाको मृत लाश फालिदिएको हुँ भन्ने समेत व्यहोराको चिनिमाया तामाड्डनीले प्रहरीमा गरेको कागज । ८. मिति २०४१।१।१६ गतेको दिन बच्चाको लाश फेला पारेको र चिनीमाया भागेको हुँदा निज चिनीमायाले नै बच्ची जन्माई फालेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ९. काइला क्षेत्रीसंग अनुचित करणी लिनु दिनु गरी महीना पुगी जन्मेकी बच्ची निज चिनीमाया तामाड्डनीले कर्तव्य गरी मारेको प्रष्ट हुन आयो । ज्यान सम्बन्धी महलको १ नं. को कसूर गरेको देखिन्छ । निज चिनीमायालाई ज्यान सम्बन्धी महलको १३(३) अनुसार कारवाही र सजायँ हुन सम्बन्धित मिसिल निज चिनीमायालाई यसैसाथ प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । १०. मेरो लोग्नेले अ