निर्णय नं. ९१२७ - अंश बन्डा लगाई अंश छुट्यातई शेषपछिको बकसपत्रबमोजिम गरी पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१२७ - अंश बन्डा लगाई अंश छुट्यातई शेषपछिको बकसपत्रबमोजिम गरी पाऊँ । भाग: ५६ साल: २०७१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७०/०५/२५ ७३०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की फैसला मिति : २०७०।५।२५।३ ०६३-CI-१०६१ मुद्दा : अंश बन्डा लगाई अंश छुट्याई शेषपछिको बकसपत्रबमोजिम गरी पाऊँ । पुनरावेदक/प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.१८ गावहाल, चल्खुमठ बस्ने रमेश पुरी विरूद्ध विपक्षी/वादी : भक्तपुर जिल्ला, बालकोट घर भै ऐ.ऐ. बस्ने श्रीमती गीता पुरी सिलवालसमेत गुठी चलाउने हक र शेष जगेडा खान पाउने हकलाई समान अर्थमा हेर्न मिल्दैन । त्यसमा पनि एकाले गरेको कसूरको सजाय अर्काले पाउने स्थिति हुँदैन । वादीहरूका पिताले महन्त्याइँ पाउँ भन्ने दावी गरेकोमा सो वादी दावी नपुग्नुबाट वादीहरूका पिताको गुठीमा रहेको हकलाई प्रतिकूल असर पर्न नसक्ने । (प्रकरण नं.११) बकसपत्रबाट आफ्नो हक शेषपछि खानु भनी दाताले सम्पत्ति किटानी नगरी सम्पूर्ण सम्पत्ति लेखिदिएको अवस्थामा निजको जे जस्तो साम्पत्तिक हक छ ती सबै बकस पाउने व्यक्तिमा सर्ने । साम्पतिक हक भनेको देखिने मूर्त सम्पत्तिमाथिको हकमात्र होइन, सोलाई प्राप्त गर्न अवलम्बन गर्नुपर्ने कार्यविधि एवम् प्रक्रियागत हक पनि हो । दाताको नाममा आइनसकेको सम्पत्ति प्राप्तकर्ताले पाउँदैन भन्ने अर्थ गर्ने हो भने लिखतको कुनै औचित्य नहुने । साम्पतिक हक दृश्यमात्र होइन, अदृश्य पनि हुन्छ । सम्पत्ति जसको नाममा छ उसको मात्र हुने होइन, यसमा अन्तरभूत स्वामीको पनि उत्तिकै हक हुन्छ । आफ्नो हक हस्तान्तरण गर्न कुनै कानूनले रोक लगाएको छैन । यस्तो सम्भावित हक पनि हस्तान्तरण हुन सक्दछ । तसर्थ, आफूसँग कायम रहेको वा कायम हुन सक्ने सम्पत्ति स्वेच्छानुकूल दिन पाइने हुँदा दिनेको हक जे जति र जे जस्तोरूपमा कायम हुन सक्ने हो सो बकसपत्र प्राप्तकर्तामा पनि सर्ने । (प्रकरण नं.१५) शेषपछिको बकसपत्र दाताले आफ्नो जीवनकालमा बदर नगराएमा निजको मृत्युपश्चात् क्रियाशील हुने भै त्यस्तो बकसपत्रको लिखत गरी दिनेको मृत्युपश्चात् निजले गरी दिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकसपत्र पाउनेमा सर्ने र बकसपत्र पाउनेको हक स्थापित हुने । (प्रकरण नं.१६) पुर्खाले राखेको गुठी जे जस्तो अवस्थामा राखेको छ सोही अवस्थामा रहने गरी गुठीको सञ्चालन हुनुपर्ने हुन्छ । गुठी सञ्चालनको दायित्वसँगै शेष कसर खाने हक पनि साम्पत्तिक हक नै हो । यो हक अहस्तान्तरणीय हुँदैन । प्राप्तकर्ता धार्मिकसमेतका बन्देजले गर्दा गुठी सञ्चालनमा स्वयम् सरिक हुन नसकेमा उपयुक्त प्रतिनिधिमार्फत् सो हक प्रयोग गर्न नसक्ने व्यवस्था प्रचलित कानूनले कतै गरेको छैन । गोत्र परिवर्तनसमेतका कारणबाट निजहरूबाट हुन नसक्ने काम उपयुक्त प्रतिनिधिमार्फत् गर्न गराउन कुनै कानूनी बन्देज छैन । महिला गुठी सञ्चालन गर्न असक्षम हुन्छन् भन्ने मान्यता राख्न मिल्दैन । निश्चय पनि हाम्रो गुठी प्रणालीमा आफ्नोपन छ । गुठी स्थापनाका प्रयोजन र प्रबन्ध फरक हुन्छन् । ती प्रयोजन र प्रवन्धभित्र महिलालाई कुनै स्थान छैन भन्ने अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१९) शेषपछिको बकसपत्र पाउनेमा शेष कसर खानेसमेतका सबै हक सर्ने हुँदा सबै अंशियारले सामूहिकरूपमा गुठी सञ्चालन गरी गुठी राख्ने आफ्ना पूर्वजको भावनाअनुसार काम गर्न पाउँदैन भन्नु कानूनको प्रतिकूल हुन जाने । छोरीलाई गुठीको ३(१) नं. ले ब