निर्णय नं. ७३२१ - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३२१ - अंश दपोट भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६०/१०/१२ ३०२३ निर्णय नं. ७३२१ ने.का.प.२०६१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री सुशिला सिंह शिलु सम्वत् २०५५ सालको दे.पु.नं. .५०८१ फैसला मितिः २०६०।१०।१२।२ मुद्दा :– अंश दपोट । पुनरावेदक वादीः जिल्ला नवलपरासी जमुवार्ड गा.वि.स. वडा नं ६ वस्ने गुणेन्द्रवहादुर चौधरी समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. वस्ने लक्ष्मी नारायण चौधरी § विवादित सम्पति पैतृक सम्पति नभएकाले तायदाती फांटवारीमा पेश नगरिएको भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर देखिएतापनि दावीको सम्पति निजी आर्जनको हो भन्ने कुनै प्रमाण प्रतिवादीले पेश दाखेल गर्न सकेको नदेखिएको अवस्थामा प्रमाण ऐनको दफा ६(क) अनुसार अन्यथा प्रमाणित नभएसम्म एकाघर संगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाउँमा रहेको सम्पति सगोलको सम्पति हो भनी अनुमान गर्नुपर्ने हुँदा निजी आर्जन भन्ने कुराको प्रमाणको अभावमा विवादित सम्पति प्रतिवादीको निजी आर्जनको रहेछ भनि मान्न मिल्ने नदेखिने । § प्रतिवादीको छूट जग्गा दर्ता गरी पाउँ भन्ने निवेदन मालपोत कार्यालय नवलपरासीमा २०४५।६।१६ मा परेको मिसिल संलग्न निवेदनको प्रतिलिपिवाट देखिन आएको र सो निवेदनवाट उक्त अंश नाउँसारी मुद्दाको फिराद गर्नु अगाडि देखि नै विवादित कित्ताका जग्गा प्रत्यर्थी प्रतिवादीको भोग नियन्त्रणमा रहेको तथ्य स्थापित हुन आएको स्थितिमा आफ्नो भोग नियन्त्रणमा रहेको दर्ताको कारवाई समेत उठी सकेको सगोलको वण्डा हुनु पर्ने जग्गा तायदाती नदिएको अवस्था भएको र पछि दर्ता भै सकेपछि उक्त जग्गा बिक्री गरेको तथ्यवाट प्रतिवादीको दपोट गर्ने उद्देश्य नरहेको भनी मान्न सकिने अवस्था नरहेवाट प्रतिवादीले दावीका कित्ता जग्गा दपोट गरेको ठहर्ने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री रामवन्धु शर्मा प्रत्यर्थी तर्फवाटः विद्वान अधिवक्ता श्री गुरुप्रसाद वराल र श्री ज्ञानेन्द्रप्रसाद अधिकारी अवलम्वित नजिरः फैसला न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम पुनरावेदन अदालत वुटवलको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. हामी वादी प्रतिवादी वीच अघि चलेको अंश मुद्दामा प्रतिवादीले तायदाती फांटवारी पेश गर्दा लक्ष्मी नारायण थारुका नाउँमा दर्ता रहेको जि.न.प. मनरी गा.वि.स. वडा नं. १ कि.नं. २१ को ज.वि. ०–२–१५ ऐ. कि.नं. ३७ को ज.वि. १–११–० समेतका २ कित्ता जग्गा तायदाती फांटवारीमा नदेखाई लुकाई दवाई राखेको र उक्त २ कित्ता जग्गा मध्ये कि.नं. ३७ को १–११–० मनरी गा.वि.स. वडा नं. १ वस्ने लक्ष्मी देवी चौधरीलाई मिति २०५०।२।४ मा राजिनामा गरी दिएका रहेछन् । सो कुरा २०५०।८।८ मा मालपोत कार्यालय परासीवाट निजका नाउँको दर्ता श्रेस्ताको नक्कल उतारी लिंदा थाहा पाएको हुँदा सो कि.नं. ३७ को १–११–० जग्गाको लिखत वदर मुद्दाको फिराद दायर गरेको छु र विपक्षीले तायदाती फांटवारीमा नदेखाई लुकाई छिपाई राखेको कि.नं. २१ र ३७ को जग्गाको लक्ष्मी नारायण चौधरकिो नाउँको दर्ता वदर गरी हाम्रा नाउँमा दा.खा. नामसारी गरि फिराद दायर गर्दा राखेका कोर्टफि समेत विपक्षीवाट भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. मावली बाजे रुद्र नारायणले मलाई दिएको रुपैंयावाट मनरी वस्ने निरमल भगतवाट ११–१३–५ जग्गा मेरा नाउँमा खरिद गरि लिएको र आमाको मृत्युपछि वावुले अर्की सौतेनी आमा