निर्णय नं. ३७५७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७५७ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४५/११/०५ २१५२ निर्णय नं. ३७५७ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको फौ.सा.नम्बर ७२ सम्वत २०४५ सालको फौ.पु.नम्बर ४९५, ४९६ फैसला भएको मिति : २०४५।११।५।५ मा पुनरावेदक/प्रतिवादी : भोजपुर कारागारमा थुनामा रहेकी गौरीमाया पुरीसमेत विरुद्ध विपक्षी/वादी : सुमित्रा कार्कीको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) छोरासंग लसपस गरेको भनी बकवास गरी हल्ला फैलाएको भन्ने कुराको रिसमा मर्नेलाई कुटपिट गरी मारेको भन्ने देखिँदा यस्तोमा अपराध गरेको अवस्थाको विचारबाट प्रतिवादीलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय (३) बमोजिम सर्वश्वसहित जन्मकैद सजायँ गर्दा चर्का पर्ने देखिँदा प्रतिवादीहरुलाई अ.बं. १८८ नं. बमोजिम जनही कैद वर्ष १० दश हुने । (प्रकरण नं. ३०) पुनरावेदक तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कुलदेवराज शाही फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीहरुको पुनरावेदन परेको र साधक जाहेर भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. दानबहादुरको श्रीमती र १ वर्षको छोरा र म घरमा थियौं । खड्गबहादुरकी श्रीमती गौरीमायाले मिति २०४३।४।२८ गते निज बुहारी र म मकै बोक्दै गरेकोमा गौरीमाया र निजको छोरी सीतामाया पुरी आई छोरी सीता अर्कासंग हाँसखेल गरी भनिछ भनी मेरी बुहारीलाई एकपटक गालामा कुटी मुख लुछी सकेपछि घरमा गई फेरि आई लात्ति मुड्की घुस्सी समेतले कुटपिट गर्दा मैले मनाही गर्दा छाडी गएपछि म घरतर्फ आउँदा बुहारी घरमा नभएकीले बारीमा हेर्न जाँदा कोइरालाको रुखमा पूर्वपट्टि हाँगामा हात्तिवारको डोरीमा पासो लागी झुण्डिएको भेटी गाउँ घर हल्ला गरी सबैलाई बोलाई हेर्दा आफैं झुण्डी मर्नु पर्ने कारण नहुँदा गौरीमायाले कुटी झुण्ड्याई मारेमा शड्ढा लागी प्रधानपञ्च गाउँका मानिस समेत लाश कुरुवा राखी जाहेर गर्न आएको छु । निजको मतियार को को छन निजैबाट खुलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्तपत्र । ३. मृतकको लाश घाँटीमा चिउडो मुनी ३ इन्च लम्बाई २ इन्च चौडाई किच्चिएको जस्तो नीलडाम परेको नङले कोरिएको छाला खुइलिएको दुवै कुममा कोरिएको, योनीबाट रगत निस्की तिघ्रा पिंडौला र कुरकुच्चासम्म बगी लतपत भएको देखिएको, योनीको पछाडी र मलद्वारको बीच भागमा सुनिएको केही चिजले घोचेजस्तो मलद्वारबाट दिशा निक्लेको भन्ने समेत मिति २०४३।४।२९ गतेको लाश प्रकृति मुचुल्का । ४. घाँटी थिचेर मृत्यु भएको भन्ने भोजपुर अस्पतालको मिति २०४३।४।३१ गतेको पोष्टमार्टम रिपोर्ट । ५. २०४३ साल साउन २८ गते विहान देखि म र छोरी बारीमा मकै भाँची घरमा बोक्दै थियौं । छोरी सीतामाया कुन्तेको छोरासंग बस उठी लसपस भएछ भनी मृतकले भनेपछि रिस उठी मृतकको घरमा जाँदा छोरालाई दूध खुवाउँदै रहिछन देख्नासाथ मेरो छोरीलाई बकवाद बोल्ने बजिनी भनी दुईहातले गालामा हिर्काउँदा धनबहादुरले हात नछाड भनेपछि कुटन छाडी मकैबारीतर्फ लागे मकै बोक्दा पनि छोरीलाई भनेको सम्झिदा चित्त नबुझी मर्ने राजकुमारी आफ्नै बारीमा मकै भाँच्दै गरेको बेला निजलाई समाती लात्ति मुड्की खुट्टाले कुट्दा लडिन् घाँटीमा खुट्टाले थिच्दा ५ मिनेट पछि मरी । मेरी छोरी सीतामायाले पनि कपाल जगल्टाई मरेपछि छोरीलाई डोरी लिन पठाई छोरीले मृतकको घाँटीमा बाँधी कोइरालोको