निर्णय नं. ३७५८ - जिऊ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७५८ - जिऊ मास्ने बेच्ने भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०२/०९ २१७३ निर्णय नं. ३७५८ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको फौ.पु. नम्बर ४१६ फैसला भएको मिति : २०४६।२।९।२ मा पुनरावेदक/वादी : लिलामाया चापागाईको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जिल्ला मोरङ सुन्दरपुर गा.पं. वडा नं. ५ बस्ने रामजन भन्ने रन्जन हुसेन मियाँ मुद्दा : जिऊ मास्ने बेच्ने (१) प्रतिवादीको साक्षीले बेच्न भारत लगेको होइन भनी बकपत्र गरेको छ तर नेपाल भारत बोर्डर नजिक प्रहरीद्वारा पक्राउ भएको समेत कारणबाट उक्त साक्षीहरुको बकाई विश्वासप्रद देखिँदैन, प्रतिवादीलाई झिकाइएकोमा तामेल भएको म्यादमा हाजिर नभई गुजारी बसेको देखिने स्थितिमा निज प्रतिवादी निर्दोष रहेछ भन्न नसकिने । (प्रकरण नं. १६) पुनरावेदक तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी वादीको निवेदन परेकोमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. मिति २०४१।१०।२६ गते बेलुकी मेरी छोरी सीतादेवी चापागाई गाउँको गणेशबहादुर श्रेष्ठको छोरीको विवाहमा रमिता हेर्न गएको फर्की नआएकीले खोज तलाश गर्दा रामजन हुसेन भन्ने रन्जन हुसेन मियाँले ललाई फकाई भारततर्फ लाँदै गर्दा प्रहरीले पक्राउ गरेको र छोरीले समेत ललाई फकाई प्रलोभनमा पारी लगेको भनेको हुँदा निजलाई जिउमास्ने बेच्नेका महल बमोजिम कारवाही र सजायँ गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्तपत्र । ३. मिति २०४१।१०।२६ गते बेलुका अं. ८ बजेको समयमा गाउँकै गणेशबहादुरको छोरीको विवाहमा रमिता हेरी घर फर्कंदा बाटामा रामजन भन्ने रन्जन हुसेन मियाँसंग भेट भयो । निजले कहाँबाट आएकी भन्दा साथीको विवाहमा गई आएकी भने, त्यसो भए म पनि जान्छु फेरि जाऊँ भन्दा म मानिन साथीको विवाहको उपलक्षमा मिठाई खाउँ भनी ज्यादै जिद्धी गरेकोले मिठाई खानासाथ शरीर भरंग भयो म एकोहोरीएछु त्यसपछि रातारात इटहरी दक्षिण गाइसार चतरा नहरको बाटो हुँदै कर्सिमा भन्ने ठाउँमा आइपुग्दा भोलिपल्ट दिनको १२ बजेको थियो । आज भारतको सुन्दरीमेला हेर्न जानु पर्छ भनी बोडरमा पुर्याई सकेपछि म जान्न भन्दा हिड्छौ भने हिंड नत्र यसै छुरीले मारी दिन्छु भनी छुरी निकाल्दा म डरले रोएँ चिच्याएँ त्यसै बेला प्रहरी समेत आई हामी दुवैलाई पक्राउ गरेको हो । मलाई ललाई फकाई विदेश भारत लगी बिक्री गर्ने उद्देश्य गरेकोमा कानुन बमोजिम कारवाही गरी सजायँसमेत गरिपाउँ भन्ने समेत सीतादेवी चापागाईको प्रहरीमा भएको कागज । ४. २०४१।१०।२६ गते भारत सुन्दरी मेलाबाट इस्लाम मियाँ आएको थियो । निजले नेपालबाट कुनै केटी फकाई लगे मेलामा भा.रु. ५,०००।– मा बिक्री हुन्छ आधी आधी बाँडौला भनेकोले पैसाको प्रलोभनमा परी सीतादेवीलाई ललाई फकाई बिक्री गर्ने नै उद्देश्यले लगेको हुँ भन्ने समेत रामजन भन्ने रन्जन हुसेन मियाँले प्रहरीमा गरेको साविती बयान कागज । ५. रामजन भन्ने रन्जन मियाँको चालचलन खराब भएको व्यक्ति हो । निज आफूले गरेको अपराधमा सावित भएको र सीतादेवीले समेत मिठाई ख्वाई एकहोरो पारी बिक्री गर्न लगेको भनेको हुँदा बिक्री