निर्णय नं. ७३२२ - लागू अौषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३२२ - लागू अौषध भाग: ४६ साल: २०६१ महिना: बैशाख अंक: १ फैसला मिति :२०६१/०१/११ ४५५९ निर्णय नं. ७३२२ ने.का.प.२०६१ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री बलराम के.सी. सम्वत् २०५९ सालको स.अ.फौ.पु.नं. २९५१ फैसला मितिः २०६१।१।११।६ मुद्दा :– लागू औषध । पुनरावेदक प्रतिवादीः मकवानपुर जिल्ला थाके गा.वि.स.वा.नं. ९ घर भै हाल कारागार शाखा सदरखोर डिल्लीवजारमा थुनामा रहेका सूर्यवहादुर स्याङताङ समेत विरुद्ध प्रत्यर्थी वादीः प्रहरीको प्रतिवेदनले श्री ५ को सरकार § प्रहरीले गाडी सर्च गरेपछि मात्र लागू औषध चरेस रहेको थाहा पाउने पुनरावेदक प्रतिवादीहरु एउटै गाडीमा संगै गएको कारणले मात्र कसूरदार मान्नु न्यायसँगत नदेखिने । § प्रतिवादीहरुलाई आफू सवार रहेको कारमा लागू औषध रहेको भन्ने कुराको पूर्व जानकारी रहेको भन्ने कुराको प्रमाण देखिन नआउनुको साथै अपराधमा संलग्न रहेको भन्ने कुराको ठोस र खम्विर प्रमाणको अभावमा पुनरावेदक प्रतिवादीहरुले कसूर गरेको ठहर्याएको विशेष अदालत काठमाडौंको मिति २०५९।५।२५ को इन्साफ उल्टी भइ प्रतिवादीहरुले सफाइ पाउने । (प्र.नं. २२) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री सोम लुइटेल र श्री नरेन्द्रप्रकाश खनाल प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री लोकजंग साह अवलम्वित नजिरः फैसला न्या.मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. मिति २०५८।१२।१ गते चितवन जिल्ला भरतपुर भ.न.पा.वा.नं. १० मालपाते कार्यालय अगाडि वाइपास सडकमा काठमाडौं.वाट हेटौंडातर्फ जानको लागि आएको प्रतिवादी कृष्णवहादुर लामाले चलाई सूर्यवहादुर स्याङताङ र दुर्गा तामाङ वसी आएको वा.१ज ४४४४ नं. को भाडाको मारुति कार प्रहरीले चेकजांच गर्दा अगाडिको दायां वायांको ढोका र पछाडिको डिकीको ढोकामा फिट गरी राखी ल्याएको अवस्थामा ५७ के.जी.ला.औं(चरेश) वरामद भएको भन्ने समेत व्यहोराको वरामदी मुचुल्का । ३. मिति २०५८।१२।१ गते चितवन जिल्ला भ.न.पा.वा.नं. १० स्थिति मालपोत कार्यालय अगाडि वाइपास पीच सडकमा काठमाडौंंवाट हेटौंडातर्फ जानको लागि आएको प्रतिवादी कृष्णवहादुर लामाले चलाई दुर्गा तामाङ र सूर्यवहादुर स्याङताङ वसी आएको वा.१ज. ४४४४ नं. को मारुति कार चेकजांच गर्दा अगाडिको दायां वायांको ढोका र पछाडिको डिकीको ढोकामा फिट गरी राखी ल्याएको अवस्थामा ५७ के.जि.ला.औ. चरेश वरामद भएको हुँदा वरामद चरेश र प्रतिवादीहरुलाई पक्राउ गरी वा.१ ज ४४४४ नं. को भाडाको मारुती कार समेत आवश्यक कारवाहीका लागि दाखिल गरेका छौं भन्ने समेत व्यहोराको प्रतिवेदन । ४. मिति २०५८।१२।१ गते म कुष्णवहादुर लामाले चलाई ल्याएको वा.१ ज ४४४४ नं. को भाडाको मारुतीकार चितवन जिल्ला भ.न.पा.वा.नं. १० मालपोत कार्यालय अगाडि चोक सडकमा प्रतिवेदकहरु लगायतका प्रहरीहरुले चेक जांच गर्दा उक्त कारको अगाडिको दायां वायां र पछाडिको डिकीको ढोकामा फिट गरी ल्याएको ५७ के.जि. लागू औषध चरेश वरामद गरी म समेतलाई पक्राउ गरी कार र वरामद चेरश सहित दाखिला गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी सूर्यवहादुर स्याङताङले अधिकार प्राप्त अधिकारी समक्ष दिएको वयान । ५. प्रतिवादी सूर्यवहादुर स्याङताङले दिएके वयानलाई पूर्ण समर्थन हुने गरी प्रतिवादी दुर्गा तामाङले अधिकार प्राप्त अधिकारी समक्ष दिएको वयान । ६. मिति २०५८।१२।