निर्णय नं. ३७६१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७६१ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०१/०६ २१५३ निर्णय नं. ३७६१ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको रिट नं. १७१८ आदेश भएको मिति: २०४६।१।६।३ मा निवेदक : जिल्ला रुपन्देही वगहा गा.पं. वा.नं. ६ बेनीपुर बस्ने समिउल्लाह अन्सारी विरुद्ध विपक्षी : रुपन्देही जिल्ला बगहा गा.पं. वडा नं. ६ बेनीपुर बस्ने शंकरप्रसाद यादवसमेत विषय : उत्प्रेषण (१) स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, २०२५ को दफा २२ मा विशेष परिस्थितिको अवस्थामा मत वा मतपत्र बदर हुने भन्ने व्यवस्था भएको नपाइने । (प्रकरण नं. १७) (२) उल्लेख भएभन्दा अलग अवस्था देखाई मतपत्र बदर गरेको र त्यस मतपत्र सम्बन्धमा कुनै विचार गरिरहनु पर्ने देखिएन भनी निर्वाचन विशेष अदालतको फैसलामा उल्लेख भएको वि.अ.को फैसला कानुन अनुरुप भएको भन्ने नदेखिने । (प्रकरण नं. १७) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ प्रत्यर्थी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार रहेछ । २. रुपन्देही जिल्ला वगहा गा.पं. को स्थानीय पञ्चायतको निर्वाचन सम्बन्धी मतदान २०४३।१२।७ मा सम्पन्न भएको थियो । प्रधानपञ्च पदको लागि म र विपक्षीहरु क्रमशः शंकरप्रसाद, हतिफ खां, अदालत खां समेत ६ जना निर्वाचनमा उम्मेदवार थियौं सो निर्वाचन सम्बन्धमा मतदान मिति ०४३।१।७ गते सम्पन्न गरियो, यसमा धाँधलीपूर्ण तरीकाले मतगणना गरी प्रत्यर्थी १ नं. लाई निर्वाचित भएको ०४३।१२।८ गते अन्यायपूर्ण तरीकाले परिणाम घोषणा गरियो । ३. शंकरप्रसादको उम्मेदवारको दर्खास्तपत्र बदर गरिनु पर्ने साथै सदर भएको मतलाई बदर, प्रत्यर्थी १ नं. को बदर मतलाई सदर गरी प्रभावमा पारी धाँधलीपूर्ण मत गणना गरी निर्वाचन घोषणा गरेको सम्बन्धमा निर्वाचन परिणामको घोषणा बदर गरी निर्वाचन अपराध तथा सजायँ ऐनको दफा १४(२) अनुसार निवेदक उजूरवाला विधिवत निर्वाचन भएको घोषणा गरिपाउँ भनी प्रत्यर्थी ८ नं. समक्ष उजूर गरेको थिएँ । ४. शंकरप्रसादको उम्मेदवार दर्खास्तपत्र बदर हुने नहुने तर्फ कुनै निर्णय नगरी मतगणना गर्दा निवेदकको मत कमै देखिएको भनी निर्वाचन बदर नहुने ठहर्याई उजूरी खारेज हुने ठहर्छ भन्ने निर्णय भयो । ५. प्रत्यर्थीको उम्मेदवारी दर्खास्त अयोग्य हुनाले अतिरिक्त उम्मेदवार हुनको लागि गा.पं. ऐन, २०१८ दफा ६ र स्थानीय पञ्चायत निर्वाचन कार्यविधि ऐन, ०२५ को दफा ५(ख) बमोजिम योग्यता निर्धारण गरेको छ । जस्को प्रतिकूल कुनै पनि व्यक्ति उम्मेदवार हुन नसक्ने कुरा निर्विवाद छ । यस सम्बन्धमा प्रत्यर्थी स्वयंले वादी पल्लुमणि प्रतिवादी तारकेश्वरमणि भएको लेनदेन मुद्दामा जरिवाना बापत सजायँ भएको कुरा समर्थन गर्नुभएको छ यस्तो अवस्थामा गा.पं. ऐन, ०१८ को दफा ६, ७, १३ र स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, २०२५ को दफा ५(ख) समेतको प्रत्यक्ष त्रुटि हुन गएको छ । ६. मतपत्र खसेको तर कुनै अधिकार बिना मतपत्रहरु बदर गरी खाम बन्दी गरिएको सो समेत गणना गरिनु पर्नेमा नगरिएको समेत आधारमा उजूरी दिएको, त्यस खाम बन्दीमा विरोध नआएकोले विचार गर्न परेन भन्ने अदालतको निर्णय बुँदा सरासर गैरकानुनी अनाधिकार प्रयोग छ । खस