निर्णय नं. ३७६२ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७६२ - अंश भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०३/११ २०४४ निर्णय नं. ३७६२ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको दे.पु.नं. ९४० फैसला भएको मिति : २०४६।३।११।१ मा पुनरावेदक/प्रतिवादी : पाँचथर सुमाड गा.पं. वार्ड नं. ७ बस्ने नरध्वज लिम्बु विरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने लालबहादुर लिम्बू मुद्दा : अंश (१) छुट्टी भिन्न भई अलग अलग रहेको प्रत्यक्ष प्रमाणको सही मूल्याड्ढन नगरी केवल मानो छुट्टिएको सम्म भन्ने अर्थ लगाई वादी दावी बमोजिम वादीलाई अंश पाउने ठहर गरेको इन्साफ त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १५) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री नारायण बल्लभ पन्त फैसला न्या.बब्बरप्रसाद सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।११।१३।२ को फैसला उपर पुनरावेदनको अनुमतिको लागि प्रतिवादीको पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. बाजे जसबीरको दुई श्रीमतीमा जेठी पट्टी सुमानध्वज, कान्छी पट्टी बाबु बलबहादुर जन्मेपछि अंश गरी बसी आउँदैमा विपक्षीका बाबु पद्मलाल जन्मेका हुन् कान्छी पट्टीका बाबु बलबहादुर र विपक्षीका बाबु पद्मलाल सगोलमा बसी पछिबाट मानो चामलसम्म भिन्न भई बाजेका आर्जनका जग्गा जमीन सगोलबाट भोग गर्ने भनी व्यवहार गरी आएकोमा विपक्षी नरध्वज कानुन जान्ने हुँदा विपक्षीले बाबुका पालादेखि दामकाम गरी आएको बाबु बाजेका सम्पत्ति हाडाभाडा के कति छ मलाई थाहा छैन । बाबुको कृयापछि मलाई अंश दिनु भनी विपक्षीलाई पटक पटक माग्दा लाखेभनी अंश दिएन दिलाई पाउँ भन्ने फिराद । ३. वादीका बाबु बलबहादुर जेठा मेरो बाबु पद्मलाल कान्छा हुन् । बाबुले नीतिपूर्वक अंश बण्डा मिलाई बेग्ला बेग्लै घर धुरी खडा गरी बसी आउँदैमा वादीका बाबुले डिल्लीराज उप्रेतीको घरसंग आफूले पाएको अंश जग्गामा रु. ६०।– थप लगाई सट्टापट्टा गरी सो जग्गा समेत बिक्री गरी वादीका बाबु बलबहादुर आसाम गई वादी समेत आसाममा जन्मेका हुन् सो हुँदा अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिउत्तरपत्र । ४. प्रतिवादीबाट पेश हुन आएको कं. रु. ६०।– को १९७३ का सक्कल लिखत देखाउँदा देखे सो लिखत मेरा बाबु बलबहादुरबाट सट्टापट्टा हुँदा सत्य व्यवहारबाट खडा भएका तमसुक हुँदा सो लिखत प्र.नरध्वजले मेरा बाबुलाई राख्न दिएको थियो भन्ने वादी वा.को बयान । ५. १९७३ को लिखत बलबहादुरले डिल्लीराम बसै जाँदा मलाई जिम्मा दिएको हो । अंश भइसकेको हुँदा ऋणसम्म देखाएको मात्र हो भन्ने समेत व्यहोराको प्र.वा.प्रेमराजले गरेको बयान । ६. प्र.नरध्वजले पेश गरेको फाँटवारीमा बाजे जसबिरको आर्जनको अंश लाग्ने भनी देखिएको ८१,०००।– मोल बिगोको जग्गा आधा भाग वादीको अंश लागी निजका नाउँमा दर्ता हुने ठहर्छ भन्ने शुरु पाँचथर जिल्ला अदालतको २०३९।१।२३ को फैसला । ७. शुरु जि.अ.ले गरेको इन्साफ उपर चित्त बुझेन भन्ने नरध्वज लिम्बूको पुनरावेदन । ८. पुनरावेदनको कुनै उजूरी दावी भई बदर भएको पनि नदेखिएको समेतका आधार प्रमाणबाट पुनरावेदन जिकिर पुग्न सक्दैन शुरु पाँचथर जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत मेची अञ्चल अदालतका २०३९।८।२१ को फैसला । ९. शुरुको सदर गरेको मेची अञ्चल अदालतको इन्साफमा चित्त बुझेन उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी नरध्वज लिम्बूको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको भन्