निर्णय नं. ३७६३ - बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७६३ - बाली भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०३/११ २२४९ निर्णय नं. ३७६३ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.नं. ६२८ फैसला भएको मिति : २०४६।३।११।१ मा पुनरावेदक/वादी : ल.पु.जि. लुभू गा.पं. वार्ड नं. ५ भगती लाक्षी बस्ने सानुमान श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. गा.पं. वार्ड नं. २ गछेटोल बस्ने रत्नबहादुर कसाई मुद्दा : बाली (१) विवादित जग्गा वादीको छोराको नाउँमा दर्ता भइसकेको देखिएको स्थितिमा वादीले प्रतिवादीबाट बाली भराई पाउने, हकदैया पुग्न नसक्ने । (प्रकरण नं. ११) फैसला न्या.बब्बरप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।१।१३।१ को फैसला उपर चित्त नबुझी पुनरावेदन गर्ने अनुमतिको लागि यस अदालत समक्ष पर्न आएको निवेदनमा अनुमति पाई इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. मेरो बाबु आत्मारामको मृत्यु भएपछि मेरो अंश हक हुन आएको जग्गामा २०२१ सालमा भू.सुधार सर्भे नापी हुँदा लुभु महालक्ष्मी गा.पं. वार्ड नं. ४ख कि.नं. ७० को अ. खेत रो. ०–१२–२ कि.नं. ८४ को अं. खेत रो. ३–८–० समेत ठहर गरी जग्गाधनीमा मलाई र जोताहा मोहीमा विपक्षीलाई कायम गरी विपक्षीले नै कमाई आएको उक्त जग्गाको ०३४ सालको बाली नदिएकोले बाली भराई पाउँ भनी नालिश दिएको यसै अदालतमा दायर छ । २०३५ सालको बाली पनि नबुझाई खाने नियत गरी समयमा धरौट पनि नराखेको हुनाले जम्मा खेत ऐ. ४–४–२ को लाग्ने धान मुरी ४।१८।४ दिए जिन्सी र नदिए बजारमा चलेको दर भाउले धान मुरी १ को रु. १२०। का दरले हुने जम्मा रु. ५९६। विपक्षीबाट भराई पाउँ भन्ने समेत व्यहोराको सानुमान श्रेष्ठको मिति २०३५।१२।१ को फिराद । ३. उक्त वादी दावीको जग्गा मिति ०३६।१२।२३ गतेको भू.सु.का. ल.पु.को निर्णयले सो जग्गा मध्ये कि.नं. ८४ को जग्गा रो. ३–८–० वादीको भिन्न भएको छोरा मदनगोपाल श्रेष्ठले लिनु भएकोले सो जग्गाको बाली निजलाई बुझाएको छु, कि.नं. ७० को जग्गामा २०३३ सालको बाली धरौट राखेको थिएँ र वादी र मेरो बीचमा चलेको बाली भराई जग्गाबाट निष्काशन मुद्दामा भू.प्र.का. भू.प्र.बाट श्रेस्तामा वादीको नाम दर्ता नदेखिँदा वादी दावी खारेज गर्ने गरी मिति २०३४।९। गते भएको फैसला उपर स.अ. मा रिट पर्दा समेत उक्त जग्गा वादीको नाममा दर्ता नदेखिँदा रिट खारेज गर्ने गरी मिति २०३५।४।१३ मा आदेश भएको छ । तसर्थ दुवै कि.नं. मा वादीको स्वामित्व नभएको हुँदा झुठ्ठा वादी दावीबाट फुर्सत गराई पाउँ भन्ने समेत व्यहोराको रत्नबहादुरको मिति ०३६।१।४ को प्रतिउत्तर कि.नं. ८४ को ३–८–० वादीको छोरा मदनगोपाल श्रेष्ठका नाउँमा दर्ता प्रमाणित भएको मिति २०३७।३।२० को मालपोत कार्यालय भ.पु.को पत्र साथ आएको मिसिल सामेल रहेको जग्गाधनी श्रेस्ताबाट देखिन आएको र यिनै वादी प्रतिवादीहरुको ऐ. कि.नं. का जग्गाको बाली भरी पाउँ भन्ने मुद्दामा कि.नं. ७० को जग्गा वादीको नाउँमा दर्ता भई नसकेको जग्गाको बाली भराई पाउँ भन्ने वादीको दावा पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतको मिति २०३८।३।३ को फैसला । ४. शुरु जिल्ला अदालतबाट मेरो प्रमाणहरुको मूल्यांकन नै नगरी भएको फैसला उल्टी गरी मेरो दावी बमोजिम बाली भराई पाउँ भन्ने समेत व्यहोराको सानुमान श्रेष्ठले बा.अं.अ.मा गरेको पुनरावेदन । ५. कि.नं. ७० को बाली बिगो नपाउने र ८४ को बाली भरी पाउने ठहर्‍याई फैसला हुनु