निर्णय नं. ३७६४ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७६४ - बन्दीप्रत्यक्षीकरण भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०२/२६ २४०१ निर्णय नं. ३७६४ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४६ सालको रि.नं. १३३८ आदेश भएको मिति : २०४६।२।२६।५ मा निवेदक : सदर खोर शाखा डिल्लीबजारमा थुनामा रहेको विनोदकुमार सोनी विरुद्ध विपक्षी : श्री ५ को सरकार त्रिभुवन विमानस्थल भन्सार कार्यालयसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ बमोजिम ९ महीना कैद भइसकेपछि पुनः भन्सार ऐन, २०१९ बमोजिम भएको सो भन्दा घटी कैद थप गर्न नमिल्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवकुमार श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात अवलम्बित नजीर : दुखितलाल हाडी विरुद्ध झापा जिल्ला अदालत समेत भएको बन्दी प्रत्यक्षीकरणको रिटमा (ने.का.प. २०४५, अंक ४, पृ. ३११, नि.नं. ३४१३) सर्वोच्च अदालत पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादित । आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. म निवेदक सहितका विरुद्धमा श्री ५ को सरकार अर्थ मन्त्रालय राजश्व अनुसन्धान महाशाखाले विदेशी मुद्रा अवैध कारोबार गरी सुन भारत निकासी गर्न लागेको सम्बन्धी मुद्दा बागमती विशेष अदालतमा विदेशी विनिमय ऐनको दफा ४, ५ को विपरीत काम गरेको हुनाले सो ऐनको दफा १७(१) बमोजिम सजायँ गरिपाउँ भनी आरोपपत्र दायर गरिएकोमा उक्त आरोपपत्रमा सुन निकासी सम्बन्धी मुद्दा त्रि.वि. भन्सार कार्यालय भन्सार ऐन अन्तर्गत कारवाही हुने कुरा उल्लेख थियो । म निवेदक २०४५।३।२६ देखि थुनामा रही मुद्दाको पुर्पक्ष गरी आएकोमा बा.वि.अ.ले २०४५।१०।१७ गतेमा निवेदकलाई कैद महीना नौ र जरिवाना रु. १,२२,०५५।– गर्ने गरी निर्णय भयो । प्रत्यर्थी नं. १ ले सुन चोरी निकासी गर्न लागेको मुद्दा खडा गरी भन्सार ऐन, २०१९ को दफा ३४(८)(क) को कसूरदार ठहराई निवेदकलाई ६० दिन कैद र जरिवाना रु. १,७९,८१०।– गर्ने गरी मिति २०४५।१२।२५ मा निर्णय गरेको रहेछ । जरिवाना तिर्न तयार छु तर बा.वि.अ. को फैसला बमोजिमको कैद भुक्तान भएको मिति देखि लागू हुने गरी थप कैद सजायँ गरेको कानुनी त्रुटिपूर्ण छ । मुलुकी ऐन दं.स. को ४१ नं. अनुसार पनि कैद ठेकिएकोमा कैद भुक्तान हुन नपाउँदै अर्को कलममा कैद ठेक्नु पर्ने भयो भने अघि ठेकिएको कैद भन्दा पछि ठेकिएको कलमको हद घटिरहेछ भने थप कैद ठेक्नु पर्दैन भन्ने व्यवस्था रहेको साथै ने.का.प. ०४३ पृ. २३, ८३० मा समेत पहिलेको भन्दा घटी कैद सजायँ गर्दा कैद खाप्न नपाउने प्रष्ट व्यवस्था गरेको छ । अतः म निवेदकले बा.वि.अ.ले तोकेको अधिकतम कैद भुक्तान गरी सकेको हुँदा मलाई लागेको जरिवाना बुझी प्रत्यर्थी नं. १ को निर्णय अनुसार गैरकानुनी थुनाबाट रिहाई गर्ने गरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन । ३. विपक्षीहरुबाट लिखितजवाफ मगाउनु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ४. बागमती विशेष अदालतको मिति २०४५।४।२४ को मिति देखि (ख) श्रेणीको सिधा खान दिई थुनामा राखिएको हो । निजलाई कैद महीना ९ र जरिवाना रु. १,२२,०५५।– भई आएको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मिति २०४५।१२।२५ को पत्रले निजलाई सुन चोरी निकासी मुद्दामा ६० दिन कैद र बिगो रु. १,७२,८१०।– भई आएको थियो । अत