निर्णय नं. ३७६६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७६६ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०२/०२ २५०३ निर्णय नं. ३७६६ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको रि.नं. १९०३ आदेश भएको मिति : २०४६।२।२।२ मा निवेदक : सिरहा जि.सन्हैढा गाउँ पञ्चायत वडा नं. १ बस्ने रामनाथ यादव विरुद्ध विपक्षी : निर्वाचन विशेष अदालत मुकाम सिराहा जि.अदालत सिराहासमेत विषय : उत्प्रेषण (१) निर्वाचित उम्मेदवारको निर्वाचन बदर हुने गरी फैसला गर्दा उजूरवालाले उजूर गरेको कुरा सावित भए वा नभएको र सावित भएको भए कुन कुरा कसरी सावित भएको हो भन्ने कुरा फैसलामा स्पष्ट रुपमा उल्लेख गर्नुपर्छ भनी निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(४) मा बाध्यात्मक व्यवस्था रहेको पाइन्छ सो अनुसार प्रष्ट कारण सहित उल्लेख गरी फैसला गर्नु पर्नेमा सो बमोजिम नगरी गरेको निर्वाचन विशेष अदालतको फैसला त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी तथा विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. म निवेदक सन्होढा गा.पं. को प्रधानपञ्चको निर्वाचनमा २०४३ चैत्र ११ गते बहुमतद्वारा निर्वाचित भएँ । म निवेदकको चिन्ह हलो र विपक्षी भिखरु यादवको चिन्ह गाई थियो । मतदान भई मत गणना हुँदा म निवेदकले ८५६ र विपक्षी भिखरु यादवले ८०८ मत प्राप्त गरी म प्रधानपञ्चमा निर्वाचित भएकोमा विपक्षी भिखारु यादवको फिराद विपक्षी निर्वाचन विशेष अदालतमा परी उक्त अदालतबाट फैसला हुँदा विपक्षी भिखारु यादवले ८२८ र म निवेदकले ७७० मत पाएको भनी विपक्षी भिखारु यादवलाई सम्बन्धित सन्हेढा गा.पं. को प्रधानपञ्च पदमा विजयी घोषणा गरी दिने ठहर्छ भनी फैसला गरियो । तर उक्त फैसलामा स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, २०२५ को दफा २२ को देहाय (क) देखि (ट) सम्म तथा स्थानीय पञ्चायत निर्वाचन निर्देशिका, २०४३ को दफा ५९ मा मत वा मतपत्र बदर हुने अवस्थाको जुन व्यवस्था गरेको छ त्यस अनुरुप मैले प्राप्त गरेको मत कसरी कुन ऐनको कुन देहाय बमोजिम बदर भएको हो सो फैसलामा खुलाउन सकेको छैन । यसरी कानुनको त्रुटि गरी स्वेच्छाचारी हचुवा निर्णयबाट मेरो हकको हनन् भएको छ भने विधिवत् भएको मत गिन्ती पुनः दोहोर्‍याई पाउँ भन्ने दर्खास्त नि.वि. अदालतमा लाग्ने हैन । त्यस्तै फैसला कति मतपत्र खस्यो कति सदर कति बदर भए कुनै कुरा उल्लेख नै छैन । फैसलामा केवल गाई चिन्ह र हलो चिन्हमा छाप लागेका मत गन्ती गर्दा हलोले ७७० र गाईको ८२८ सदर मत प्राप्त गरेको देखियो मात्र भनिएको छ । विपक्षीको फिरादमा निर्वाचन (अपराध र सजायँ) ऐन, २०२४ को दफा १४ को दावी गरेको पाइन्छ । तर सो अनुरुप मैले वा भिखरु यादवले कति मत कुन वडामा पर्‍यो, कति मत सदर भए र कति मत के कारणले बदर भयो सो खोल्नु पर्छ तर कुनै कानुनी प्रावधान पुरा नगरी एकाएक मलाई हराइएको छ । अतः उक्त निर्वाचन विशेष अदालतको मिति २०४५।१।१७ गतेको फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ साथै यो निवेदनको टुड्डो नलागेसम्म उक्त फैसला कार्यान्वयन नगर्नु नगराउनु भन्ने विपक्षीका नाममा अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेत रामनाथ य