निर्णय नं. ७३२४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३२४ - कर्तव्य ज्यान भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६१/०१/१७ ३०३७ निर्णय नं. ७३२४ ने.का..प.२०६१ अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री हरिजंग सिजापति सम्बत् २०६० सालको फौ.पु.इ.नं. ..६, ७ सम्बत् २०६० सालको फौ.पु.इ नं. फैसला मितिः २०६१।१।१७।५ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला बाँके नेपालगंज नगरपालिका वडा नं. ६ वस्ने वर्ष ३६ को रमेश कुमार गुप्ता विरुद्ध प्रत्यर्थी वादीः सरोजनी कहारीनको जाहेरीले श्री ५ को सरकार पुनरावेदक वादीः सरोजनी कहारीनको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थीः जिल्ला काठमाडौं का.न.पा.वडा नं.७ बस्ने राष्ट्रिय वाणिज्य बैंक, नेपालगंज शाखाका मेनेजर ध्रुवराज शाही समेत § जाहेरवाली सरोजनी कहारले जाहेरी दर्खास्तमा तथा आफ्नो बकपत्रमा समेत मृतक नक्छेदले आफूलाई प्रतिवादीहरु ध्रुवराज शाही, जगत बहादुर तथा महेश भन्ने रमेश कुमारले कुटपीट गरेको भनेको भन्ने व्यहोरा उल्लेख गरेकोमा गफ्फार खाँ तथा राधेश्याम शर्माले नक्छेदले आफूहरुलाई ध्रुवराजले बन्दुकको कुन्दाले हिर्काएको जगतवहादुरले गालामा हिर्काएको र महेश भन्ने रमेश कुमारले लात्ताले अण्डकोषमा हिर्काएको भनी बताएको भनी बकपत्र गरेको पाइन्छ । निजहरु घटनाका प्रत्यक्षदर्शी भएको भन्ने नदेखिएको र निजहरुले आफूलाई मृतकले बताएको भनी लेखाई दिएको ब्यहोरामा एकरुपता रहेको नदेखिंदा त्यस्तो विवादस्पद भनाईमा विश्वास गरी तीनै जना प्रतिवादीहरुलाई समान स्तरमा राख्न सकिने अवस्था नदेखिने । § प्रतिवादी मध्येका रमेश कुमार गुप्ताकै कारणवाट प्रस्तुत वारदात घट्न गएको देखिएको र निजले अधिकार प्राप्त अधिकारीका समक्ष गरेको बयानमा नक्छेदलाई बैंकमा ल्याउँदा बाटोमा समेत कुटपीट गरेको भन्ने उल्लेख गरेको देखिएकोले समेत निजको र अन्य प्रतिवादीहरुको कसूरमा समान संलग्नता रहेको मान्न नमिल्ने । § मृतक नक्छेद कहारलाई प्रतिवादी ध्रुवराज शाहीले कुटपीट गरेको देख्ने प्रत्यक्षदर्शी कोही रहेको देखिंदैन । निजले समेत मृतकलाई कुटपीट गरेको भन्ने वादी पक्षका गवाहहरुको बकपत्रको व्यहोरा परस्पर बाझिएको देखिन्छ । निजले आफ्नो कार्यकक्षमा कार्यालय समयमा नक्छेदलाई बोलाउन पठाई गैरकानूनी रुपले डर त्रास तथा धम्की समेत दिने क्रममा कुटपीट समेत हुन गई लागेको चोटको कारणवाट मृतक नक्छेद कहारको मृत्यु हुन गएकोले निज प्रतिवादीलाई ज्यान सम्वन्धी महलको ५ नं. अनुसारको कसूरमा सोही महलको ६ नं.को देहाय ५ बमोजिम जरिवाना रु.२००।– मात्र हुने ठहर गरेको हदसम्म माननीय न्यायाधीश श्री वलिराम कुमारको राय मनासिव देखिंदा सदर हुने । § प्रतिवादी जगतबहादुर बोहराको अवस्था पनि प्रतिवादी ध्रुवराज शाहीको अवस्थासँग मेल खाने समान स्थितिको रहेको देखिएको, निजले पनि मृतकलाई कुटपीट गरेको भन्ने स्वतन्त्र प्रमाणवाट पुष्टि हुन सकेको अवस्था विद्यमान रहेको नदेखिंएकोले निजलाई ज्यान सम्वन्धी महलको ६ नं.को देहाय ४ अनुसार दुई वर्ष कैद र रु.५००।– जरिवाना हुनुपर्ने सम्वन्धमा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मत भिन्नता नदेखिए पनि अ.बं. २०५ नं.बमोजिम निजको हकमा समेत ज्यान सम्वन्धी महलको ६ नं.को देहाय ५ अनुसार रु. २००।–जरिवाना हुने। (प्र.नं. ३९ र ४०) प्रतिवादीका तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री जानकीप्रसाद गिरी र श्री कमल नारायण दास वादीका तर्फवाटः विद्वान सह न्या