निर्णय नं. ३७६८ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७६८ - भ्रष्टाचार भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०३/०७ ३०८७ निर्णय नं. ३७६८ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको फौ.पु. नम्बर ६५६ फैसला भएको मिति : २०४६।३।७।४ मा पुनरावेदक/प्रतिवादी : काभ्रेपलाञ्चोक जि.मालेश्वरी गा.पं.वडा नं.५ पनौति बस्ने मनबहादुर नेपाली विरुद्ध प्रत्यर्थी/वादी : श्री ५ को सरकार विशेष प्रहरी विभाग मुद्दा : भ्रष्टाचार (१) शंकारहित तवरबाट प्रतिवादीले कसूर गरेको हो भन्ने अन्य तथ्ययुक्त सबूद प्रमाण पेश भएको मिसिल फाइल अध्ययनबाट नदेखिँदा, शंकाको सुविधा अभिुक्तले पाउने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या.पृथ्वीबहादुर सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. जनकपुर चुरोट कारखानामा वैजनाथ झा लगायतका २४ जना कर्मचारीले कीर्ते सर्टिफिकेट पेश गरी नोकरी गरेको र प्रमोशन खाएको हुँदा कारवाहीको लागि अनुरोध छ भन्नेसमेत गगनजंगको २०४०।६।१४ को निवेदन । ३. मैले पेश गरेको प्रवेशिका परीक्षाको मार्कसीट छैठौं पदमा बढुवा पाउनको लागि २०३८ सालमा पेश गरेको ठीक हो भन्ने समेत विशेष प्रहरी विभागमा प्रतिवादी मनबहादुर नेपालीको बयान कागज । ४. मनबहादुर नेपालीले जनकपुर चुरोट कारखानाको पाँचौं तहबाट छैंठौं तहमा बढुवा हुने उद्देश्यले नेपाल राष्ट्रिय विद्यापीठद्वारा संचालित परीक्षा २०२९ सालमा क्रमसंख्या २५१ बाट परीक्षा दिई उत्तीर्ण भएको मार्कसीट प्राप्त गरी सो मार्कसीटको आधारमा जनकपुर चुरोट कारखानामा बढुवाको दर्खास्त पेश गरी शैक्षिक योग्यता ढाँटी भ्रष्टाचारपूर्ण कसूर गरी आएकोले उपरोक्त सबूद प्रमाणको आधारमा मनबहादुर नेपाली भ्र.नि. ऐन, २०१७ को दफा १२ अन्तर्गत कारवाही भई सजायँ हुन अनुरोध छ भन्ने समेत विशेष प्रहरी विभागको आरोपपत्र । ५. बालाजु यन्त्रशाला (प्रा.) लि. मेकानिकल ट्रेनिड्ड सेन्टरमा डिप्लोमा ट्रेनिंग प्राप्त गरी मैले नोकरी गरेको, तर म बढुवा हुनको लागि प्रवेशिका परीक्षाको प्रमाणपत्रबाटै पुग्ने हुँदा मैले नियमपूर्वक प्रवेशिका परीक्षा दिई उत्तीर्ण भई पाएको प्रमाणपत्र सम्म बढुवाको फाराम भर्दा दाखिल गरेको छु । परीक्षा नियन्त्रण कार्यालयको २०४०।१२।१ को पत्रमा अंग्रेजी द्वितीय पत्रमा २३ अंक प्राप्त गरी अनुत्तीर्ण भएको भन्ने जनिएको सम्बन्धमा केही भन्न सक्तिन भन्ने समेत बागमती विशेष अदालतमा मनबहादुर नेपालीले गरेको बयान । ६. मनबहादुर नेपालीले प्रवेशिका परीक्षा दिनु भएको हो र २०३० सालमा पास भएको रिजल्ट निस्क्यो भन्ने थाहा पाएँ । स्कूलमा गई मार्कसिट लिएको हो । सो मार्कसिट हेर्दा पास भएको देखेको भन्ने समेत मनबहादुर नेपालीको साक्षी मदनकुमार आचार्यको बकपत्र । ७. मनबहादुर नेपालीले प्रवेशिका परीक्षा पास गर्नुभएको भन्ने समेत मनबहादुर नेपालीको साक्षी किर्तनकृष्ण भट्टराईको बकपत्र । ८. प्रतिवादी मनबहादुर नेपालीले प्रहरी प्रतिवेदन दावा अनुसार कृत्रिम प्रमाणपत्र प्राप्त गरी बढुवा पाउने उद्देश्यले यो प्रमाणपत्र पेश गरी शैक्षिक योग्यता ढाँटी भ्र.नि. ऐन, २०१७ को दफा १२ को कसूर गरेको ठहर्छ भन्ने समेत बागमती विशेष अदालतको फैसला । ९. दावी नै नलिएको