निर्णय नं. ३७६९ - दर्ता बदरसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७६९ - दर्ता बदरसमेत भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०२/१६ २५०३ निर्णय नं. ३७६९ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.डि.पु.नं. ६५१ फैसला भएको मिति : २०४६।२।१६।२ मा पुनरावेदक/वादी : संभावी देवी मल्लको हकको मुद्दा सकार गरिएको र आफ्नो हकमा समेत का.न.पं. वडा नं. २२ पाकोटोल बस्ने विश्वबहादुर मल्ल विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ. का.न.पं. वडा नं. २२ बस्ने गणेशमान जोशीसमेत मुद्दा : दर्ता बदरसमेत (१) खिचोला गर्न आएको मितिलाई नै थाहा पाएको मिति मान्नु पर्ने । (प्रकरण नं. १२) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.पृथ्वीबहादुर सिंह १. म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. हामीहरुको आमा संभावीदेवीले रोहिणीराजसंग राजीनामा गरी दिएको पाको टोलको ल.हात १६ को दक्षिणपट्टी मुख २ नाले ४ तले पक्की घर सो संगै पश्चिमपट्टि वन उत्तरपट्टी जोडिएको पूर्व मोहडाको लम्बाई हात १० को १ नाले कौसी भएको झिंगटी घर सो दक्षिण मुख्य घरदेखि उत्तरपट्टीको पूर्व पश्चिम चौडाई हात १५ उत्तर दक्षिण लम्बाई हात ३२ को चोक र सो चोकदेखि उत्तरतर्फको पूर्व पश्चिम हात २० उत्तर दक्षिण हात १२ को बगैंचा र सो बगैंचामा बनेको पूर्व पश्चिम हात ७ उत्तर दक्षिण हात ९ को १ तले चर्पी घलापात वा घर जग्गा हामीहरुका आमाले नै राजीनामा गरिलिएको पूर्व पश्चिम लम्बाई हात १७ को २ नाले ४ तले दक्षिण मुख्य घर र त्यसको पश्चिम पट्टिबाट उत्तर तर्फ जोडिएको पश्चिम मोहडा उत्तर दक्षिण लम्बाई हात ३ को १ नाले ४ तले पक्की झिंगटी घर र सो घरले चर्चेको लगापात समेत १९९१।१।१८ मा विपक्षका बाबु ख.वलमा र मेरा पिता जनकबहादुरका बीचमा साविक देखि पश्चिमतर्फ खुला झ्याल नभएकोमा खुला झ्याल ढोका राख्न नपाइयोस भनी उजूर गर्दा हाम्रो एकलौटी चोकतर्फ खुला झ्याल ढोका नराख्ने उज्यालोको लागि आँखीझ्यालसम्म राख्ने गरी का. म्यूनिसिपल्टिबाट मिलापत्र भएको हाम्रो हक भोगको पूर्व पश्चिम चौडाई २ फुट ९ इन्च उत्तर दक्षिण १८ फुट २ इन्चको जग्गा नापी हुँदा विपक्षीले कि.नं. १०१२ को कित्तामा समावेश गरी का.न.पं. वडा नं. २२ कि.नं. १०१२ गरी नपाएको पूर्वपश्चिम चौडाई फुट ९ इन्च उत्तर दक्षिण १८ फुट २ इन्चको पूर्व विपक्षको घरको किलाश पश्चिम हाम्रो निजी चोक उत्तर हाम्रै चर्पी र दक्षिण हाम्रै घर यति ४ किल्ला भित्रको मोल रु. २००।– जाने जग्गाको खिचोला मेटाई हक कायम गरी १०१२ को पेटीको जग्गाको घरसम्मको लालपूर्जा बदर गरी हाम्रै कि.नं. १०११ मा उक्त जग्गा समावेश गरी दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. हाम्रो पेटी समेतको घर जग्गा हाम्रो नाउँमा नाप जाँच दर्ता भएको कुरा विपक्षहरुलाई मौकामै थाहा भएको हो । हाम्रो वार्डमा २०३४।३।२९ मा काम शुरु गरी २०३४।१२।९ मा नाप जाँच पूरा भएको हो भन्ने सर्वेको नक्शा ट्रेशले बताई रहेको छ । २०३४ सालमा नाप जाँच दर्ता भएको विषयलाई बदर गराई माग्ने दावी लिई २०३९।२।२।१ मा दिएको फिराद मुलुकी ऐन जग्गा मिच्नेको १८ नं., ज.प. को १७ नं. को हदको म्याद नाघी सकेको विषयमा इन्साफ तहकिकिात गर्न मिल्दैन । जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८ बमोजिम ज.ध.द.प्र.पूर्जा