निर्णय नं. ३७७० - ईसाई मत प्रचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७७० - ईसाई मत प्रचार भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०२/०९ ६०५५ निर्णय नं. ३७७० ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको फौ.पु.नं. ४१० फैसला भएको मिति : २०४६।२।९।२ मा पुनरावेदक/प्रतिवादी : भारत सिक्कीम घर भई हाल ललितपुर नगरपञ्चायत वडा नं. २ झम्सिखेलमा डेरा गरी बस्ने निकानोर तामाङ विरुद्ध विपक्षी/वादी : प्रहरी प्रतिवेदनले श्री ५ को सरकार मुद्दा : ईसाई मत प्रचार (१) कागजात लगायतका सरजमीनका व्यक्तिहरुले आरोपित कसूर गरेको कुरालाई समर्थन गरी बकपत्र समेत गरेको आधारमा निवेदकलाई कसूरदार ठहर्‍याई गरेको फैसला उपर पुनरावेदनको अनुमतिको निवेदन पर्दा निवेदकहरुले आराधना मण्डली खोली कोठाभित्र आराधना गरेको भन्ने देखिन आएको प्रचार प्रसार गरेको हो भन्ने तथ्ययुक्त आधार नदेखिएको भन्ने आधारमा अनुमति प्रदान गरेको यस अदालत संयुक्त इजलासको आदेशसंग उपर्युक्त स्पष्ट प्रमाणको आधारमा यो इजलास सहमत हुन सकेन । पुनरावेदक प्रतिवादीले क्रिश्चियन (इसाई) धर्मको प्रचार गरी हिन्दू धर्मबाट क्रिश्चियन (इसाई) धर्म परिवर्तन गरेको समेत दुवै अपराध गरेको ठहर्‍याएको शुरु अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने। (प्रकरण नं. २२) विपक्षी/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ । २. सिक्किम निवासी निकानोर तामाङले ललितपुर दमकल सेन्टमेरिज स्कूल जाने बाटोमा एउटा घर बहालमा लिई अशिक्षित हिन्दू नागरिकलाई हिन्दू धर्मबाट इसाई धर्ममा परिवर्तन गराउन रुपैयाँ र कपडाको लोभ देखाएर धर्म परिवर्तन गर्ने गरेको हुँदा उचित कानुनी कारवाही होस भन्ने समेत व्यहोराको बेनामी उजूरी । ३. नेपालमा आई म निकानोर, दीर्घराज भट्ट, सामुयल शर्मा भई ०३५ सालदेखि पुल्चोकको नाम थाहा नभएको महर्जनको घरमा बसी आराधना मण्डली खोली ०३७ सालदेखि लगातार इसाई मत प्रचार प्रसार गर्दे आएको छु । इसाई मत प्रचार प्रसार गर्न हुँदैन भनी जिल्ला प्रशासकले सम्झाएका थिए । इसाई मत प्रचार प्रसार सम्बन्धी कागज सामग्री मैले भाडामा लिएको महर्जनको घरमा राखेको छ । इसाई मत प्रचार गर्न कुनै स्वीकृति प्राप्त गरेको छैन । बिना थुलुङ र चन्द्र नेपाली बीच क्रिस्टीय विधिपूर्वक विवाह गराई दिएको छु भन्ने समेत व्यहोराको प्रतिवादी निकानोर तामाङको प्रहरीमा गरेको ततिम्बा सहितको बयान कागज । ४. म नेपालभित्र हिन्दू जातिमा जन्मिएको नेपाली हुँ । मैले हिन्दू धर्म मानी आएको थिएँ । म २०३३ साल मा भारतको दिल्लीमा गई त्यहाँ रहँदा बस्दा हिन्दूबाट इसाई भएँ । आजभन्दा ४–५ वर्ष पहिले काठमाडौं आई ललितपुरको झंसिखेलमा डेरा लिई बस्न थाले, जुन घरमा निकानोर पनि बस्ने गरेका रहेछन् । निकानोरले रु. ८००।– दिन्छु इसाई मतको प्रचार गर्ने काम गर भनेकाले म पनि निजसंग इसाई मत प्रचार गर्न थालें । पुल्चोकमा के.एल. महर्जनको घर भाडामा लिई आराधना भवनको बोर्ड राखी इसाई मत प्रचार गर्ने गरेको हुँ । आराधना मन्दिर भन्ने संस्था खोल्न कुनै सरकारी कार्यालयबाट स्वीकृति प्राप्त गरेको छैन । मैले आफ्नो हिन्दू जातिमा चलिआएको धर्म परिवर्तन गरी इसाई धर्म लिएकोमा र नेपालभित्र हिन्दू धर्ममा खलल हुने गरी इसाई मत प्रचार