निर्णय नं. ३७७१ - मिलापत्र दर्ता बदर दर्ता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७७१ - मिलापत्र दर्ता बदर दर्ता कायम भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०२/०१ २५६३ निर्णय नं. ३७७१ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.नं. ७२४ फैसला भएको मिति : २०४६।२।१।१ मा पुनरावेदक/प्रतिवादी : जनकपुरधाम न.पं.वडा नं. ४ बस्ने नरसिंह दास कथवनियाँसमेत विरुद्ध प्रत्यर्थी/वादी : जनकपुरधाम न.पं. वडा नं. ११ बस्ने दशरथ साह सुडी मुद्दा : मिलापत्र दर्ता बदर दर्ता कायम (१) अरुलाई हक हस्तान्तरण गरिसकेको लिखतलाई निष्कृय गराउने गरी गरिएको मिलापत्र कायम रहन नसक्ने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ :– २. प्रतिवादी नरसिंह दासले रु. १५,३६४।– लिई जनकपुर नगरपञ्चायत वडा नं. २ कि.नं. २६१ को ०–१३–८ मध्ये ०–४–४ जग्गाबाट हक छाडी मिति ०३४।९।१० गते गरी दिएको घरसारको राजीनामा लिखत पारित गराई पाउँ भनी दायर गरेको मुद्दामा जनकपुर अं.अ. समेतबाट मिति ०३९।५।१३ गते लिखत पारित हुने ठहरी फैसला भएको उक्त कि.नं. २६१ को ०–४–४ जग्गा जनकपुर गुठी तहसील तथा खर्च कार्यालयमा लिखत पारित गरिदिने सिफारिश माग्न जाँदा उक्त कित्ताको जग्गा विभिन्न व्यक्तिको नाममा दाखिल खारेज भई गइसकेको नरसिंह दासको नाउँमा जग्गा कायम नरहेको भन्ने पत्र मालपोत कार्यालयमा पठाएको यस अदालतबाट मिति ०३९।११।१० गते नक्कल लिई हेर्दा मेरो दाता नरसिंह दासलाई प्रतिवादी बनाई अन्य विपक्षीहरु वादी भई यस अदालतमा दे.नं. ७१८ को अंश मुद्दा दिई दिन लगाई विपक्ष नरसिंह दासले मलाई लिखत गरिदिई जनकपुर अं.अ. समेतको फैसलाले लिखत पारित हुने ठहरिएको उक्त कि.नं. २६१ को जग्गा मध्ये दे.नं. ७१८ को अंश मुद्दाका वादी बनेका नथुनी दास, विजयकुमार, अशोककुमार समेतमा जम्मा ०–२–१४ जग्गा आपसमा भाग बण्डा लगाई मिलापत्र गरी लिनु दिनु गरेको र उक्त कि.नं. २६१ को ०–४–४ मध्ये पूर्व दक्षिणतर्फबाट ०–१–१० जग्गा नरसिंह दासले लक्ष्मण झालाई रु. २५,०००।– मा बिक्री गरी मिति ०३३।११।२६ गते घरसारमा लिखत गरिदिएको र निज लक्ष्मण झाको लिखत पारित गराई माग्न नालिश परी म.क्षे.अ. समेतको फैसला बमोजिम मिति ०३८।४।६ मा लिखत पारित समेत भई गइसकेको भन्ने तथ्य जानकारी भएकोले अ.बं. ८६ नं. बमोजिम यो फिराद गर्न आएको छु । लक्ष्मण झाले खरीद गरी लिएको कि.नं. २६१ को ०–४–४ मध्ये पूर्व दक्षिणतर्फबाट ०–१–१० जग्गा कटाई बाँकी हुने ०–२–१४ जग्गा प्रतिवादी नथुनी, विजयकुमार, अशोककुमारले अंश मुद्दा भएको मिति ०३९।५।१७ को मिलापत्रले गरेको दर्ता बदर गरी मेरा नाममा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको दशरथ साह सुडीको मिति ०३९।११।३० को फिरादपत्र। ३. दावीको ०–४–४ जग्गा विवादास्पद छ भनी धनुषा जिल्ला अदालतको मिति ०३७।३।३० को फैसलाले वादीलाई सोही मितिमा थाहा जानकारी भइसकेकोले सो जग्गा पक्री दावी गर्नेहरु माथि नालिश उजूर गर्नु पर्ने म्याद सोही मितिदेखि शुरु हुन्छ । त्यसतर्फ म्यादभित्र कुनै उजूर नगरी मिति ०३९।५।१७ को मिलापत्र माथि नालेश गर्ने अधिकार वादीलाई छैन र मेरो पुर्खापालाको जग्गा हुँदा समस्त अंशियारले आ–आफ्ना हक लिई दिई अंश मुद्दामा म