निर्णय नं. ७३२६ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३२६ - लिखत बदर भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६१/०२/१४ ३९५९ निर्णय नं. ७३२६ ने.का..प.२०६१ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री खिलराज रेग्मी २०५४ सालको दे.पू.ई.नं. ........१२२ फैसला मितिः २०६१।२।१४।५ मुद्दा :– लिखत बदर । पुनरावेदक प्रतिवादीः स्वर्गीय विधिराज पाण्डेको श्रीमती का.जि.का. म.न.पा.वडा नं. ९ बत्तिसपुतली बस्ने सूर्य कुमारी पाण्डे विरुद्ध प्रत्यर्थी वादी हाल का.जि.का.म.न.पा.वडा नं.९ बस्ने मनोरमा राणाको मु.स. गर्ने हेमन्त शमसेर राणा § प्रस्तुत मुद्दामा संयुक्त इजलासबाट भएको निर्णयमा पूर्व नजिर वा कानूनी व्याख्यासँग बाझिएको भन्ने आदेशका सम्बन्धमा बिचार गर्दा माथि उल्लेख भए बमोजिम प्रधान न्यायाधीशले आदेश गर्न सक्ने अवस्थामा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१)(ख) मा प्रयुक्त कुनै कानूनको व्याख्या वा कुनै कानूनी सिद्धान्तको सम्बन्धमा दुई संयुक्त इजलासको राय वा निर्णय भिन्न भिन्न भै भन्ने शव्दावलीबाट पहिलो शर्तमा सो नियम अन्तर्गत पूर्ण इजलासमा मुद्दा पेश हुनको लागि कानूनको व्याख्या भिन्न भिन्न भएको देखिनुपर्ने । § पुनरावेदक प्रतिवादी इन्द्र विक्रम शाहको अंश मुद्दामा सो नियमको व्यवस्थाबाट नै अघि संयुक्त इजलासबाट भएको कानूनको व्याख्या वा कानूनी सिद्धान्त के हो र पछि भएको कानूनको व्याख्या वा कानूनी सिद्धान्त के हो ? कसरी एक आपसमा वाझिन गएको छ प्रष्ट रुपमा पूर्ण इजालसमा पेश गर्नु भनी गरिएको आदेशमा खुलेको हुनु पर्ने, त्यसरी कारण र आधार स्पष्ट रुपमा नखुलेको अवस्थामा कानूनसँगत नहुने र त्यस्तो आदेशबाट मुद्दामा पूर्ण इजलासबाट निर्णय हुने अवस्था पनि हुँदैन भन्ने सिद्धान्त ५ सदस्यीय पूर्ण इजलासबाट प्रतिपादन भएको देखिदा सो नियम ३(१)(ख) अन्तर्गत प्रधान न्यायाधीशबाट आदेश भई पेश हुन आएको अवस्थामा सो ५ सदस्यीय पूर्ण इजलासले स्वीकार गरे अनुरुपको अवस्था अनुरुप बाझिन गएको कानूनी व्याख्याका सिद्धान्त खुलाइएको छ, छैन सो समेत हेर्नुपर्ने । § नियमावलीको प्रथम शर्त नै कानूनको व्याख्या वा कानूनी सिद्धान्तमा भिन्नता आउन नहुने, भिन्नता देखिन आएमा मात्र निश्चित कानूनी व्याख्या वा सिद्धान्त कायम गर्नको लागि पेश गर्न सकिने । § जुन मुद्दामा यस अदालतको संयुक्त इजलासले गरेको पूर्व कानूनको व्याख्या वा प्रतिपादित कानूनी सिद्धान्त पछिको जुन मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो, त्यो दुवैमा एउटै कानूनी प्रश्न उपस्थित भएको र दुवैमा व्याख्या गर्दा वा प्रयोग गर्दा उही कानूनको अलग अलग व्याख्या वा कानूनी सिद्धान्त प्रतिपादन भएको हुनु पर्दछ । निर्णय हुनु नै पर्याप्त होइन । निर्णय र कुनै सिद्धान्त प्रतिपादन गरिने वा कानूनको व्याख्या गरिने विषय अलग अलग कुरा हुने । § दुई संयुक्त इजलासको निर्णयमा वा पहिले नै संयुक्त इजलासको निर्णयमा भएको कानूनको व्याख्या वा कानूनी सिद्धान्तमा भिन्नता देखिने आधार कारण स्पष्ट देखिएमा सर्वोच्च अदालत नियमाली, २०४९ को नियम ३ को उपनियम (१)(ख) को साविक व्यवस्था अनुरुप प्रधान न्यायाधीशले संयुक्त इजलासको निर्णय उपर पूर्ण इजलासमा पेश गर्न आदेश गर्न सकिने व्यवस्था रहे भए पनि सो दुवै मुद्दामा कानूनी व्याख्या वा कानूनी सिद्धान्तमा फरक निर्णय भएको अवस्था रही सो अवस्था रहेको कारण र आधार समेत स्पष्ट उल्लेख गरी आदेश गर्नु पर्ने अवस्था रहेकोमा सो अनुरुप कु