निर्णय नं. ३७७२ - आयकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७७२ - आयकर भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०१/१२ २७८५ निर्णय नं. ३७७२ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ५६५ फैसला भएको मिति : २०४६।१।१२।२ मा निवेदक : हुलास मेटल क्राफ्ट प्रा.लि. विराटनगरको तर्फबाट ऐ. ऐ. का सञ्चालक जि.मो.विराटनगर न.पं. वडा नं. बस्ने हंसराज गोल्छा विरुद्ध विपक्षी : कर कार्यालय विराटनगर मुद्दा : आयकर (१) औद्योगिक व्यवसाय ऐन, २०३० को दफा १२ को व्यवस्थालाई एकतर्फी रुपबाट मात्र हेरी आयकरमा छूट दिइएको सम्मको सुविधा उपभोग गर्ने तर उद्योग खोल्ने कार्यतर्फ कुनै केही नगरी बस्ने गर्नाले औद्योगिक प्रवद्र्धनमा सघाउ पुग्न सक्ने आशा लिएर दिइएको सो सुविधाको सदुपयोग भयो भनेर मान्न एवं उक्त सुविधा दिनुको मनसाय अनुरुपको काम भयो भनेर मान्न सकिने स्थिति नरहने । (प्रकरण नं. १३) (२) स्थापना हुँदै नभएको उद्योगलाई मान्यता दिन नमिल्ने हुँदा एवं स्थापना नै नभएको उद्योगको शेयर खरिद गर्दैमा लगानी वर्षको आयकरमा छूट पाउँदछ भन्ने तर्क युक्तिसंगत नदेखिँदा दफा १२ को सुविधा पुनरावेदकले पाउन नसक्ने । (प्रकरण नं. १३) (३) औद्योगिक व्यवसाय ऐन, ०३० को दफा १२ को सुविधा पाउन नसक्ने अवस्थामा आयकर ऐन, २०३१ को दफा ४२ अन्तर्गत आयकर छूट हुन नसक्ने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशीलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।११।८।६ को आदेश उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ । २. प्रस्तुत आ.ब. २०३६ बैशाख, चैत्रमा उक्त फर्मले वार्षिक प्राप्त हुन आएको कूल आयको रकममा खर्च कट्टा गरी खूद आय रु. १,५४,१७९।६५ मा अग्रिम दाखेला रु. ५१,८३९।८३ छ भन्ने समेत व्यहोरा भरी मिति ०३७।११।३० मा कर कार्यालयमा पेश गरेको आयको विवरण । ३. बिक्रीको बिल पेश गरेकै छ । क्यालकुलेटर मर्मत हुन नसक्ने भएर नोक्सानी हुन गएको हो । शुरु तथा अन्तिम मौज्दात परल मोलमा मूल्यांकन गरिएको छ । अनुदान खर्च, दान र चन्दा बापतको खर्च हो । तलब खर्चमा बोनसको रकम समावेश छैन । अवलेखन खर्च वर्षै वर्ष देखि नपाएकोले लेखिएको हो भन्ने समेत व्यहोराको पुनरावेदकले कर कार्यालयमा गरेको बयान । ४. मिति ०३७।११।३० मा पेश गर्नुभएको आ.ब. ०३९ चैत्र बैशाखको आय विवरण सम्बन्धमा देखाउनु भएका हिसाब किताबहरु मध्ये मिन्हा दिन नमिल्ने खर्चहरु खूद आयमा समावेश गरी खूद आय रु. २५,१०,२३९।२३ कायम गरी सो मा कर रु. १२,३४,३६९।६२ र जरिवाना रु. २०।२१ मा अग्रिम दाखिला रु. ५१,८३९।८३ कट्टा गरी बाँकी रु. ११,७२,५५०।– यो आदेश प्राप्त भएको ३५ दिनभित्र दाखिल गर्नु होला भन्ने समेत मिति २०४०।१२।१२ को आयकर निर्धारण आदेश । ५. पेश गरेको हिसाब किताब सहितको विवरणलाई झुठ्ठा भन्न नसकी पुनरलगानी खर्च बाटोमा हराएको सामानको खर्च, बाँकी रकम असूल हुन नसकेकोमा रकम मर्मत खर्च, अन्य खर्च, चन्दा खर्च समेत मिन्हा नदिई खूद आयमा समावेश गरी भएको आयकर निर्धारण आदेश कानुन विपरीत हुँदा बदर गरी मिन्हा नभएका सम्पूर्ण रकम मिन्हा गरी खूद आयबाट कटाई पेश भएको विवरण अनुसार खूद आय कायम गरिपाउँ भन्ने समेत पुनरावेदन जिकिर । ६. यसमा अवलेखन खर्च मध्ये ने.ट्रे.लि. र कर कार्यालयसं