निर्णय नं. ७३२७ - दर्ता बदर गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३२७ - दर्ता बदर गरी पाउँ भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६०/०९/१० २७६९ निर्णय नं. ७३२७ ने.का..प.२०६१ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु संवत् २०५२ सालको दे.पु.नं. ........३४४२ फैसला मितिः२०६०।९।१०।५ मुद्दाः दर्ता वदर गरी पाउँ । पुनरावेदक प्रतिवादीः रुपन्देही जिल्ला शंकरनगर गा.वि.स. वडा नं. १ घर भै हाल वुटवल न.पा. वा.नं. ९ दिपनगर वस्ने चन्द्र गौचन समेत विरुद्ध विपक्षी वादीः रुपन्देही जिल्ला शंकरनगर गा.वि.स. वडा नं. १ वस्ने वलराम खरेल § पुनरावेदन अदालत वुटवलको आदेशानुसार मिति २०५१।१२।१० मा भएको नाप नक्सा मुचुल्कावाट न.नं ३ तिनाउखोला न.नं. ४ विभिन्न व्यक्तिको दर्ता आवादी जग्गा, न.नं. ५ खोलाको बगर, न.नं. ६ मा साविक खोला हाल खोला पश्चिम तर्फ सरी खोलाले छाडेको आली मेड केहि नभएको पति वगर जसमा न.नं. ७ र ८ को समाधि (चिहान) भएको विवादित जग्गा भन्ने उल्लेख भएको पाइन्छ । सो नक्सा मुचुल्कामा उल्लेखित उक्त व्यहोरावाट प्रतिवादीहरुका नाउँमा दर्ता भएका जग्गाहरु तिनाउ खोलाको किनारमा अवस्थित रहेको र सो जग्गामा आली मेड केहि नभएको पर्ति बगर भन्ने देखिंदा प्रतिवादीहरुले २०२७ साल देखि जोत कमोद गरी भोगी आइ रहेको भन्ने निजहरुको बयान व्यहोरा सत्यतामा आधारित रहेको नदेखिने । § विवादित जग्गा भित्र अर्थात न.नं. ७ र ८ मा समाधि (चिहान) समेत रहे भएको भन्ने देखिंदा सो जग्गामा कसैको सन्धिसर्पन र मसानघाट समेत पर्दैन भन्ने निजहरुको भनाइ तथ्यगत रहेको नपार्इँदा प्रतिवादीहरुले लिएको जिकिर ग्रहणयोग्य नदेखिने । (प्र.नं. ३२) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्रत्यर्थी वादी तर्फवाटःवारिस रेवती राम पन्थ अवलम्वित नजिरः फैसला न्या.सुशिला सिंह सिलुः पुनरावेदन अदालत, वुटवलको मिति २०५२।२।१४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) वमोजिम प्रतिवादीहरुको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- २. उपर्युक्त विपक्षीहरु समेतले जिल्ला रुपन्देही साविक आनन्दवन वा.नं. ३ झ. कि.नं. १ र २ को हाल शंकरनगर वा.नं. ६ र ८ मा पर्ने ८ नं. प्रति र बगरको सम्पूर्ण जग्गालाई अघि देखि भोग गर्दै आएका छौं भन्दै उक्त जग्गा दर्ता गरीपाउँ भनी जिल्ला वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोग वुटवलमा निवेदन दिई आयोगको मिति ०४६।३।२३ को टिप्पणी सदर, अन्य बिभिन्न मितिको निर्णय, अध्यक्ष ज्यूको पत्र चलानी नं. का आधारमा लुम्विनी अन्चल क्षेत्रीय वसोवास कार्यालयले उपर्युक्त व्यक्तिहरु समेतका नाममा १ कठृा १० धुर देखि अधिकतम १ विगहा सम्म कित्ताकाट एवं दर्ता गरी विपक्षीहरुका नाउँमा विभिन्न मितिमा जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको कुरा वुझिएको हुँदा उक्त विपक्षीहरुको भोगचलन नभएको पर्ति वगर रही पानी घाट, गौचरणको रुपमा रहेको प्रचलित मुलुकी ऐन तथा मालपोत ऐन, २०३४ विपरीत दर्ता गराएकोले त्यस्तो दर्ता जहिलेसुकै पनि वदर हुन सक्ने व्यवस्था मालपोत ऐन, २०३४ को दफा २४(३),(४) ले गरेको हुँदा सो दर्ता वदर गरी पाउँ भन्ने समेत व्यहोराको तत्कालीन शंकरनगर गा.पं.का उपप्रधानपन्च वलराम खरेलको उजुरी निवेदन । ३. मैले ०२७ साल देखि जोतकमोद गरी भोगी आएको कि.नं. १४४ को १.०.० नदी काट जग्गा भोग गरेको आधारमा वन क्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगवाट मेरा नाउँमा दर्ता भई जग्गाधनी प्रमाणपुर्जा समेत प्रा