निर्णय नं. ३७७४ - जिउ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७७४ - जिउ मास्ने बेच्ने भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४५/१२/१७ २७०७ निर्णय नं. ३७७४ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको फौ.पु.नं. ४७१ फैसला भएको मिति : २०४५।१२।१७।५ मा पुनरावेदक/वादी : नरमाया विसुन्केको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : भारत दार्जिलिङ जि.टि–स्टेट मगरजुङ बस्ती बस्ने कुमार विश्वकर्मा मुद्दा : जिउ मास्ने बेच्ने (१) जाहेरवालीले प्रहरीमा गरेको बयान कागजलाई पुष्टि गरी अदालतमा समेत किटान बयान गरेको देखियो, प्रतिवादी जाहेरवालीको भनाई बमोजिम निजलाई बिक्री गरेको कुरा स्वीकार्दै प्रहरीमा सावित भएको देखिन्छ, अदालतमा निज प्र.इन्कार रहे बाहेक अन्य सबूद प्रमाण पेश दाखिल हुन आएको छैन, सरजमीनका मानिसहरुले पनि अदालतमा बयान गर्दा समेत प्रतिवादी उपर आरोप बमोजिम कसूर गरेको भनी उल्लेख गरेको देखिँदा प्रतिवादीले जाहेरवालीलाई विदेश भारतमा लगी बिक्री गरेको ठहराई जीउ मास्ने बेच्नेको १ नं. अनुसार कसूर गरेको शुरु जि.अ.ले ठहराएको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १६) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्याधिवक्ता श्री बलराम के.सी. फैसला न्या.महेशरामभक्त माथेमा १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परी दर्ता भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर निम्न बमोजिम रहेछ :– २. मेरी छोरी नरमाया विसुन्केलाई अपरिचित मानिसले तिम्रो लोग्ने दुर्घटनामा परी अस्पतालमा छ भनी विश्वास पारी लगी बेपत्ता पारेकोले खोजतलास गरिपाउँ भन्ने समेत रत्नबहादुर रोक्काको जाहेरी । ३. भारतीय सैनिकको पोशाक लगाएको विजय मगर नाउँ बताउने कुमार विश्वकर्माले ०३९।१२।१८ गते मेरो भारतीय सेनामा काम गर्ने लोग्ने इन्द्रबहादुर दुर्घटनामा परी अस्पतालमा छ हेर्न जाँउ भनी विश्वासमा पारी भारत फारबिसगंजमा लगी के कति रुपैयाँमा हो बिक्री गरी भागी गए । कुनै सुरतले ज्यान बचाई आएँ निज उपर ज्यू मास्ने बेच्ने महल अनुसार सजायँ गरिपाउँ भन्ने समेत नरमाया विसुन्केको जाहेरी दर्खास्त । ४. नरमाया विसुन्केलाई भारत फारविसगंजमा लगी निजको साथको नगद सुन र बर्को, साडी समेत लिई रु. एक हजारमा बिक्री गरेको हुँ भन्ने समेत प्र.कुमार विश्वकर्माले प्रहरीमा गरेको कागज । ५. जाहेरवाली नरमायालाई यी कुमार विश्वकर्माले विदेश भारत लगी बिक्री गरेमा विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का । ६. संकलित सबूद प्रमाणबाट अभियुक्त कुमार विश्वकर्माले जाहेरवाली नरमायालाई भारत फारविसगंज लगी रु. १,०००।– मा बिक्री गरेको सिद्ध हुन आएकोले जिउ मास्ने बेच्नेको १ नं. र ऐ.५ नं. ऐन अनुसार थप सजायँ समेत र जाहेरवालीका साथको गहना पैसा समेतको बिगो रु. २,३५०।– जाहेरवालीलाई दिलाई पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ७. जाहेरवालीलाई मैले विदेश भारतमा लगी बिक्री गरेको होइन निजको भाइ दिपकसंग एक दिन झगडा भएको थियो सोही इवीले मलाई फसाउन झुठ्ठा जाहेरी दिएका हुन् भन्ने समेत प्र.कुमार विश्वकर्माले अदालतमा गरेको बयान । ८. प्र.कुमार विश्वकर्मा मौकामा सावित भई अदालतमा इन्कार रहे पनि इन्कारी समर्थित हुने साक्षी प्रमाण गुजार्न नसकेको किटानी जाहेरी सरजमीन समेतबाट जाहेरवालीलाई विदेश भारतमा लगी बिक्री गरेको देखिएकोले जिउ मास्ने बेच्नेको १ नं. अनुसार कसूर गरेको ठहर्छ भन्ने समेत झापा जिल्ला अदालतको ०४१।११।१