निर्णय नं. ३७७५ - घरभाडा दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७७५ - घरभाडा दिलाई पाउँ भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४५/१२/२२ ५०६२ निर्णय नं. ३७७५ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.नं. ७८३ फैसला भएको मिति : २०४५।१२।२२।३ मा पुनरावेदक/वादी : लम्जुड्ड जिल्ला रम्घा गा.पं. वा.नं. ३ बस्ने भैरवप्रसाद न्यौपाने विरुद्ध विपक्षी/प्रतिवादी : श्री ५ को सरकार जलश्रोत मन्त्रालय, सिंचाई तथा जलवायु विज्ञान विभाग, चितवन विकास समिति, चितवन सिंचाई योजनाको आयोजना प्रमुख सोमनाथ पौडेलसमेत मुद्दा : घरभाडा दिलाई पाउँ (१) कबूलियत करारनामाको अवधि भुक्तान भइसकेपछि नवीकरण वा अर्को करार कबूलियत समेत भए गरेको नदेखिँदा बहाल समेत बुझाउन पर्ने भन्न नमिल्ने । (प्रकरण नं. १०) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती र विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटी आदेश न्या.महेशरामभक्त माथेमा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. विपक्षी आयोजनासंग मेरो चितवन भरतपुर स्थित घर मासिक रु. २,१००।– मा भाडा लिने दिने गरी मिति ०३६।१२।४ मा २ वर्षको करार भएकोमा २०४० मार्ग १२ गते सम्मको भाडा लिए दिएको र पछि उक्त म्याद समाप्त भए पनि विपक्षीहरुले घर उपभोग समेत गरेको, तर भाडा नदिएकोले २०४०।८।१३ देखि २०४१।५।१३ सम्म पछि बढाएको समेत मासिक रु. २,९००।– ले हुने ९ महीनाको घरभाडा रु. २१,६००।–, हराएका फर्निचरको रु. २,५००।–, टुटफुट विद्युत उपकरण र मर्मत खर्च रु. ५००।–, विद्युत महसूल रु. ९१।–, पानी महसूल रु. ५९।२४ समेत जम्मा रु. २४,७५०।२५ र कोर्ट फी समेतको दस्तूरहरु विपक्षीहरुबाट भराई लिन पाउने निर्णय गरिपाउँ भन्ने समेत व्यहोराको भैरवप्रसाद न्यौपानेले नारायणी अञ्चल अदालतमा दिएको मिति ०४१।७।१३।२ को फिरादपत्र । ३. वादी दावाको रकम हामीले तिर्न बुझाउनु पर्ने होइन । ०४०।८।१२ बाट विपक्षीको घर उपभोग गरेकै छैन, यसर्थः विपक्षीलाई कुनै रकम बुझाउनु तिर्नु पर्ने समेत होइन भन्ने समेत व्यहोराको प्रतिवादीहरुको मिति ०४१।१०।२१ को संयुक्त प्रतिउत्तरपत्र । ४. विवादको घर ०४०।८।१४ गते छोडेको जानकारी प्रतिवादीले वादीलाई दिएको सूचना ०४०।८।१३ मा दिइसकेको मुचुल्काबाट देखिएको समेत आधारबाट घर भाडा र क्षतिपूर्ति समेत पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत नारायणी अञ्चल अदालतको मिति ०४२।५।१४।२ को फैसला । ५. उक्त फैसलामा चित्त बुझेन, फिराद दावी अनुसार गरिपाउँ भन्ने समेत व्यहोराको पुनरावेदनपत्र । यो वादीसंग भएको कबुलियत करारनामाको अवधि भुक्तान भइसकेपछि उक्त चितवन सिंचाई योजनाले सो घर भाडामा लिनेदिने सम्बन्धमा सो कबूलियतको अवधि नवीकरण वा कुनै अर्को कबूलियत करार भएको समेत देखिन आउँदैन । उक्त चितवन सिंचाई योजनाले आफू बसुन्जेलको अवधिको भाडा समेत बुझाउँदै आई आफुले छोड्नु अगावै वादीलाई सूचना समेत दिई घर खाली गरी छाडेको देखिएको र वादीले खाट, मेच, टेबुल समेतको हर्जानाको दावी लिएको सम्बन्धमा वादीले सबूद प्रमाण समेत गुजार्न नसकेको र के कस्तो बिजुलीको पूर्जा प्रतिवादीले बिगारी नोक्सान पारी दिएको हो सो कुरालाई पुष्ट्याई हुने कुनै सबूद प्रमाण वादीले दिन गुजार्न सकेको नदेखिएबाट समेत भाडा र हर्जाना क्षतिपूर्ति दिलाई