निर्णय नं. ७३२८ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३२८ - उत्प्रेषण समेत भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६०/१०/०६ २९४१ निर्णय नं. ७३२८ ने.का..प.२०६१ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामनगिना सिंह सम्वत २०६० सालको रिट नं. ३६०३ आदेश मितिः २०६०।१०।६।३ विषय :– उत्प्रेषण समेत । निवेदकः मोरङ्ग जिल्ला पथरी गाउँ विकास समिती वडा नं. ५ घर भै हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वार्ड नं. १० बस्ने जगतप्रसाद आचार्य विरुद्ध विपक्षीः नेपाल चाटर्ड एकाउन्टेन्टस् संस्था, बबरमहल समेत § नेपाल चार्टर्ड एकाउन्टेन्टस् नियम, २०५६ को परिच्छेद ८ मा निर्वाचन सम्बन्धी व्यवस्था रहेको र नियम १०२ मा निर्वाचन सम्बन्धी अन्य कुरा परिषद्ले निर्धारण गरे बमोजिम हुने व्यवस्था रहेको र २०५९।११।१३ गते बसेको परिषद्को ५३ औं बैठकमा तेश्रो परिषद्को निर्वाचन बारे व्यवस्था गर्ने शीर्षक अन्तर्गत निर्वाचनमा काठमाडौं मतदान केन्द्र राखी अन्य ठाउँका मतदाताहरुलाई हुलाकबाट मतपत्र पठाउन लगाउन उचित देखिएको भन्दै निर्वाचन सम्बन्धमा मतदान गर्ने गराउने र निर्वाचन सम्बन्धी अन्य कार्य कार्यकारणी समितिले गर्ने अधिकार प्रदान गरिएको देखिएकोले निवेदकले हुलाकबाट भएको मतदान असंवैधानिक भएको भनी लिएको जिकिर मनासिब नदेखिने । § संवन्धित कानूनले प्रदान गरेको अधिकार अन्तर्गत भएको कार्यलाई अवैधानिक भन्न नमिल्ने हुदा त्यस्तो कार्यवाट निवेदकको मौलिकहक वा कानूनी हकमा प्रतिकूल असर परेको नदेखिएको र आफ्नो अधिकारक्षेत्र अन्तर्गतको कार्य नै भएको गरेको देखिएको हुँदा निवेदकको माग वमोजिम आदेश जारी गर्नुपर्ने अवस्था विद्यमान नदेखिने । § मतदान निर्देशिका दुईथरी पहेंलो र हरियो रंगको प्रयोग भएको र दुवै निर्देशिकामा रहेको दफाहरु घटी वढी रहेको साथै आवश्यक कागजात अनियमित तरिकाले पठाई मतदाताको मत बदर भएको भन्ने सम्वन्धमा रिट क्षेत्रवाट अनुसन्धान गरी तथ्य पत्ता लगाई निर्णय गर्न नमिल्ने भएको हुँदा सो सम्वन्धमा विचार गरिरहन नमिल्ने हुँदा रिट निवेदन खारेज हुने । (प्र.नं. ७) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री सुरेन्द्रकुमार खड्का र श्री इन्द्रशेखर खड्का अवलम्वित नजिरः आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३÷८८(२) अनुसार पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. म निवेदकले मिति २०५९।४।२० मा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको दर्तावाल लेखापरीक्षकको सदस्यता प्राप्त गरेको हुँ । नेपाल चार्टर्र्ड एकाउन्टेन्टस् संस्थाको लागि ४ सदस्यको निर्वाचन गर्नका लागि त्यस संस्थाको निर्वाचन मण्डलले मिति २०६०।३।२७ मा निर्वाचन हुने घोषणा अनुरुप म पनि उम्मेदवार भएको थिएँ । उक्त ४ सदस्यको लागि १७ जना उम्मेदवार निर्वाचन मैदानमा उपस्थित भएको अवस्था थियो । निर्वाचन मण्डलले निर्वाचन निर्देशिका कानून विपरीत गर्दा मेरो निर्वाचनबाट विजय हुने निश्चितताको अन्त्य भई विपक्षी नं. ३, ४, ५ र ६ ले निर्वाचन जितेको अवस्था विद्यमान छ । निर्वाचन मण्डलले गरेको कानून विपरीतका कार्य मिति २०६०।३।२९ मा मतपत्र गणना हुँदाको अवस्थामा देखिएकोले नेपाल अधिराज्यको संविधानको धारा ११(१) को मेरो मौलिक अधिकार माथि आघात हुन पुगेको कुरा स्पष्ट छ । निर्वाचन मण्डलले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको तेश्रो परिषद्मा दर्तावाल लेखापरीक्षक समूहबाट निर्वाचित ४ सदस्यको लागि मतदान निर्देशिका भनि पहेंलो – १ र हरि