निर्णय नं. ३७७६ - सार्वजनिक बाटो

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७७६ - सार्वजनिक बाटो भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४५/१२/२७ २४०७ निर्णय नं. ३७७६ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पू.नं. ६८४ फैसला भएको मिति : २०४५।१२।२७।१ मा पुनरावेदक/वादी : जि.भ.पु.न.पं. वा.नं. ४ क्वाठण्डौं टोल बस्ने कुलचन्द्र बुद्धाचार्य विरुद्ध विपक्षी/प्रतिवादी : जि.भ.पु.न.पं. वा.नं. ४ बस्ने तिर्थराज शाक्यसमेत मुद्दा : सार्वजनिक बाटो (१) नगरपञ्चायतले सुम्पेको अधिकार प्रयोग गरेको कारवाही उपर ३५ दिनभित्र नगरपञ्चायतमा पुनरावेदन लाग्ने छ भन्ने व्यवस्था भए बमोजिम प्रस्तुत मुद्दामा पनि सोही दफामा व्यवस्था भए बमोजिम नगरपञ्चायतलाई दफा ५३ बमोजिम प्राप्त अधिकार प्रधान अधिकृतलाई प्रत्यायोजन गरी प्रधान अधिकृतले गरेको निर्णय उपर सोही दफा २८(३) अन्तर्गत नगरपञ्चायतमा पुनरावेदन गरेकोमा नगरपञ्चायतबाट निर्णय भएको देखिन आउँछ यदि दफा ५३(३) अन्तर्गत नगरपञ्चायतको यो निर्णय उपर पनि अञ्चल अदालतमा पुनरावेदन गर्न पाउने व्यवस्था गर्न परकोे भए सो दफा ५३(३) मा सो दफा २०३८ सालको संशोधनले लागू हुनुपूर्वको स्थितिलाई समेत समेटी सो लागू हुनुपूर्व प्रधान अधिकृतको निर्णय उपर पहिलो पुनरावेदन हेरी नगरपञ्चायतले गरेको निर्णय उपर पनि हालको दफा ५३(३) अन्तर्गत पुनरावेदन लाग्ने भन्ने स्पष्ट व्यवस्था हुनुपर्ने । (प्रकरण नं. १३) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानाड्ड फैसला न्या.हिरण्येश्वरमान प्रधान १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।७।९ को फैसलामा चित्त बुझेन उक्त फैसला बदर गरी पुनरावेदन गर्न अनुमति पाउँ भनी पर्न आएको निवेदनमा पुनरावेदन गर्न अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. भक्तपुर नगरपञ्चायतका प्रधान अधिकृतले बाटो मुद्दामा २०३७।५।५।५ मा हामीहरुलाई हराई सार्वजनिक बाटो बन्द गरी चौकोस खापा राखी बन्द कसैले पनि गर्न नपाउने हुँदा चौकोस खापा ३० दिन भित्र झिकी खुलाई गरी चित्त नबुझ्ने न.पं. बैठकमा पुनरावेदन गर्नु भनी फैसला गरेकोमा विक्रमराजसंग अदालतमा भएको मिलापत्र बमोजिमको बाटोमा चौकोश खापा राखी बन्द गरेको खुलाई पाउँ भन्ने मुख्य उजूरी भएको सो घरमा कसैको बाटो नभएको र सो घर मिलापत्र गर्ने भनेका विक्रमराज र विपक्षीहरुले भक्तपुर जिल्ला अदालतमा गरेको मिलापत्र फैसला बदर गरिपाउँ भनी हामीहरुले नालेश समेत गरेका र उजूर दावीको बाटो खुलाई पाउँ भन्ने मुद्दा नगरपञ्चायतले हेर्ने कानुनी अधिकार नभई जिल्ला अदालतको भएकोले उक्त निर्णय बदर गरिपाउँ भन्ने समेत व्यहोराको तिर्थराज शाक्य समेतले भक्तपुर नगर सभामा गरेको पुनरावेदन । ३. शुरुमा प्रधान अधिकृतले गरेको सार्वजनिक बाटो कसैले पनि बन्द गर्न नपाउने हुँदा चौकोश खापा ३० दिन भित्र झिकी खुला गरी दिनु भनी सुनाई दिने गरी भक्तपुर नगरपञ्चायत बैठकबाट मिति २०४१।१०।२ मा भएको पुनरावेदन पर्चा । ४. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी तिर्थराज शाक्य समेतले बा.अं.अ. मा दिएको पुनरावेदन । ५. पुनरावेदकको प्रस्तुत पुनरावेदन नगरपञ्चायत ऐन, २०१९ को दफा ५३(३) अन्तर्गतको नदेखिएकोले अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ.को मिति २०४३।१।२५ को फैसला । ६. उक्त फैसलाउप