निर्णय नं. ३७७७ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७७७ - लिखत बदर भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४५/१२/१८ २४२३ निर्णय नं. ३७७७ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु. नं. ८३५ सम्वत् २०४४ सालको देवानी विविध नं. ४० फैसला भएको मिति : २०४५।१२।१८।४ मा पुनरावेदक/वादी : विराटनगर न.पं. वडा नं. १४ बस्ने सीतादेवी साहु तेलीसमेत विरुद्ध प्रतिवादी : ऐ. ऐ. बस्ने रामदास साहु तेलीसमेत मुद्दा : लिखत बदर (१) जुन जग्गा प्र.ले खरिद गरी लिएको हो सोही जग्गामा विवाद निरोपण भइसकेको घर बनाइएको स्थिति अवस्थालाई अन्यथा भन्न मान्न नसकिने । (प्रकरण नं. ११) (२) कुनै पनि विवादको निरुपण गर्दा समुचा विवादलाई नै दृष्टिगत गरी निरुपण गर्नु पर्ने, दावी मध्ये आंशिक रुपबाट निर्णय गर्दा त्यो कानुन अनुकूल नै भए पनि वास्तवमा कानुनसंगत नभएको जस्तो आभास पर्ने । (प्रकरण नं. ११) (३) वादीको मन्जूरी नलिएको भन्ने समेत आधारमा घर माथि निजको हक कानुनतः स्थापित हुने, सोही घर रहेको जग्गा सम्बन्धमा निजको हक स्थापित हुन नसक्ने स्थिति पनि देखिँदैन साथै घर रहेको जग्गा बिक्री गर्न निजको मन्जूरी लिएको स्थिति अवस्थामा लिखतमा लेखिएको घर रहेको जग्गामा यी वादी पुनरावेदकको हक हुन नसक्ने भन्ने देखिन नआउने । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया फैसला न्या.हिरण्येश्वरमान प्रधान १. पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ जाँची पाउँ भनी वादीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तिपत्रमा भई आएको हुकुम प्रमांगी र सोही अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी यिनै वादीले दिएको निवेदनमा पुनरावेदनको अनुमति समेत प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार देखिन्छ । २. विपक्षी मध्येका रामदास म सीताको लोग्ने, दिपक र विनोदको बाबु हुन । हाम्रो अंशबण्डा भएका छैन । म सीतादेवीको दाइजो गहना समेत बिक्री गरी पतिका नाउँमा जग्गा खरिद गरी घर बनाई बसी आएकोमा, कुटपिट गरी खान लगाउन समेत नदिएकोले अंश मुद्दा दायर गरी कारवाहीयुक्त अवस्थामा छ । उपरोक्त बमोजिम जग्गा खरिद गरी ०–१–१४१२ जग्गामा बनेको घर पति तथा बाबुले विपक्षी सुरेशप्रसादलाई घरसारको राजीनामा लिखत गरी दिनु भएकाले, सो सगोलको घर जग्गा बाहेक आफ्नो कुनै जग्गा नभएको जुन घर हाम्रो समेत अंश हक लाग्ने भएकोले हाम्रो मन्जूरी बेगर भएको लिनु दिनु सदर नहुने कारण पिता रामदाशको अंश हकको लिखत सदर नै राखी हाम्रो ३ भाग घर जग्गाको हकमा लिखत बदर गरी सोही लिखतको आधारमा भएको दर्ता समेत बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. रामदास नाम दर्ताको घर जग्गा निजले आफू खुस गर्न पाउने सोही कारण निजले मलाई बिक्री गरी दिएको हुँदा वादी दावी गैरकानुनी हो भन्ने समेत व्यहोराको सुन्दरप्रसादको प्रतिवादी जिकिर र प्र.रामदासबाट प्रतिवाद नभएको । ४. दावीको जग्गामा अंशबण्डाको १९(२) नं. र लेनदेन व्यवहारको १० नं. समेतले प्र.रामदासले वादीहरुको मन्जूरी बेगर पनि आफूखुस गर्न पाउने हुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको मोरङ जिल्ला अदालतको फैसला । ५. दावीको घर जग्गा रामदासको निजी आर्जनको हो भन्ने बिना सबूद निजी आर्जन ठहराएको कानुनसंगत नहुँदा बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको कोशी अञ्चल अदालतमा परेको पुनरावेदन । ६. वादी दावी प