निर्णय नं. ७३२९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३२९ - कर्तव्य ज्यान भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक: ९ फैसला मिति :२०६०/०७/२८ ३२५० निर्णय नं. ७३२९ ने.का..प.२०६१ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्बत २०५९ सालको फौ.पु.नं. ..३३३७ फैसला मितिः २०६०।७।२८।६ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला दाङ्ग सैघा गा.वि.स.वा.नं. ४ घर भै हाल कारागार शाखा तुलसीपुरमा थुनामा रहेका दलवहादुर खत्री विरुद्ध प्रत्यर्थी वादीः वसन्धरी खत्रीको जाहेरीले श्री ५ को सरकार § प्रतिवादीले अदालतमा वयान गर्दा एउटा हात मुखदेखि तल चिउडोमा र अर्को हात टाउकोको पछाडि पट्टिको भागमा पकडी दायाँ वायाँ दुवैतिर वटारेको भनी उल्लेख गराएको देखिन्छ । त्यसरी घाँटी जस्तो संवेदनशील अङ्गलाई टाउको र चिउडोमा समाई दायाँ वाँया वटारेको अवस्थामा मानिस मर्न सक्ने नदेखिने भन्न सकिने अवस्था नहुँदा चिउडो र टाउको समाई दायाँवाँया वटारेको कारण मानीस मर्न गएकोलाई भवितव्य पर्न गएको भन्न नमिल्ने । § वारदातको ऐन मौकामा देख्ने कोही नभएको उक्त घटना करणी गर्न नदिएको एवं आफ्नो लिङ्ग र अण्डकोष अठ्याई दिएको रिसले टाउको वटारी दिएको भन्ने प्रतिवादीको भनाइ रहेको र निजले आफ्नो उक्त व्यहोरा वारदात पछि दाङ्ग सोडियारका मानवहादुर खत्री समेत सँग तत्काल मौकामा व्यक्त गरेको मिसिलवाट देखिदा मृतकलाई मार्न पूर्वतयारी नगरेको अवस्थाका अतिरिक्त मनसायको अभाव भएकै आधारमा पुनरावेदन अदालतवाट वादी दावी भन्दा घटी सजायँ गर्ने गरेको फैसला उपर वादी तर्फवाट पुनरावेदन परेको नदेखिएको हुँदा समेत प्रतिवादीको मृतकलाई मार्ने मनसाय नरहेको तथ्य स्थापित भैसकेको देखिने । § लुकी चोरीकन हानेको अवस्था समेत नभै करणी गर्न नपाएको एवं मृतकले लिङ्ग र अण्डकोष अठ्याई दिएको कारण रिस उठी तत्काल घाँटी वटारी दिएको अवस्था देखिदा प्रतिवादी दलवहादुर खत्रीले वसन्ती खत्रीलाई ज्यान सम्वन्धी महलको १४ नं. का रीतसँग मारेको देखिने । (प्र.नं. १९ र २०) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत तुल्सीपुरवाट मिति २०५८।१०।१४ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादी पक्षवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार रहेको छ :- २. मिति २०५७।६।२५ मा छोरी ज्वाईले वोलाएकोले निजको घर गएको थिएं । साँझको खाना खाई म र सम्धिनी पिमा भण्डारी समेत निजको घरमा सुत्न गै भोलिपल्ट विहान ज्वाईको घरमा फर्कदा वाहिरवाट आग्लो लागि ढोका वन्द थियो । ढोका खोली हेर्दा मेरी छोरी वसन्ती मृत अवस्थामा सिरकले छोपिइरहेको देखेकोले ज्वाई दलवहादुरले नै कर्तव्य गरी मारेको स्पष्ट भएकोले कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. बाँया साप्रामा कोतरिएको घाउ भएको, घाँटीको अवस्था लल्याकलुलुक गरी चारै तिर हल्लिने, घाँटीमा डामहरु नभएको भन्ने समेत व्यहोराको मिति २०५७।६।२७ को लाश प्रकृति मुचुल्का। ४. छोरा दलवहादुर खत्रीले के कुन रिसइवीको कारण वुहारी वसन्तीलाई मारे यकिन खुलाउन सक्दिन भन्ने समेत व्यहोराको पिमा भण्डारीको कागज । ५. मृतकको घाँटी भाँच्चिएको जस्तो भएको र मृतकको श्रीमान दलवहादुर खत्री पनि घरमा नभएका हुँदा निजलेनै आफ्नो श्रीमती वसन्तीलाई कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको मानवहादुर वुढाथोकी,