निर्णय नं. ३७७८ - विक्री बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७७८ - विक्री बदर भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४५/१२/२९ २३९४ निर्णय नं. ३७७८ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ५४७, ७२९ फैसला भएको मिति : २०४५।१२।२९।३ मा पुनरावेदक/प्रतिवादी : रोल्पा सखी गा.पं. वार्ड नं. १ बस्ने मित्रबहादुर डांगीक्षेत्री विरुद्ध विपक्षी/वादी : ऐ. झेनाम गा.पं. वडा नं. ५ को हाल सखी गा.पं. वडा नं. २ बस्ने प्रेमबहादुर खड्कासमेत पुनरावेदक/वादी : ऐ. ऐ. बस्ने भानमती खड्कासमेत विरुद्ध विपक्षी : रोल्पा सखी गा.पं. वार्ड नं. २ बस्ने दीर्घबहादुर खड्कासमेत मुद्दा : विक्री बदर (१) कानुनको अनिवार्य रुपले पूरा गर्नु पर्ने प्रकृया पूरा नगरी भएको फैसला कानुनको रीत पुगी भएको फैसला भन्न नमिल्ने । (प्रकरण नं. १४) वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बलराम भट्टराई प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्मा फैसला न्या.हिरण्येश्वरमान प्रधान १. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर उल्लेखित वादी प्रतिवादी तर्फबाट पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. प्रेमबहादुर, भूपबहादुरको आमा मनमतीको लोग्ने अन्यायवाला यमबहादुर र निजकी कान्छी स्वास्नी समेत ५ अंशियार भई २०३५।४।१७ गते अन्यायवाला र रामचनी एकतर्फ हामी एकतर्फ भई मानो सम्म छुट्टिई बसेपछि हामीहरुलाई थाहा नदिई ९६ सालको दर्तावाला इन्द्रवीरबाट सगोलकै धनले अन्यायवालाको नाममा हदमुनीको राजीनामा भएको तिरो रु. –।६९ मध्ये तिरो रु. ।४६ लागेको कोदाले भन्ने घरबारी पाखा रु. ९०००। मा दीर्घबहादुर खड्का क्षेत्रीलाई ऐ. को मोठमा अन्यायवालाको बाबु नन्दुको नाममा दर्ता भएको तिरो रु. ।१२ मध्ये तिरो रु. ।५ लागेको फटके सुकुन्दे भन्ने कुटेचउर पाखो मित्रबहादुर डांगी क्षेत्रीलाई रु. २,०००।– मा २०३५।५।१५ मा राजीनामा गरी दिई १६ गते रजिष्ट्रेशन पारित गरेछन्, १९ गते साक्षी खिमबहादुरले भन्दा मालबाट नक्कल सारी लिएको हुँदा थाहा भएकोले हाम्रो मन्जूरी नलिई राजीनामा रजिष्ट्रेशन गरेको उक्त जग्गा ५ खण्डको ३ खण्ड बदर गरी हाम्रो हक कायम गरिपाउँ भन्ने समेत भूपबहादुर खड्का क्षेत्री समेतको संयुक्त प्रतिउत्तरपत्र । ३. कोदाले भन्ने घरबारी पाखा मैले नै आर्जेको हुँदा लेनदेनको १० नं. ले आफूखुसी बिक्री गर्न पाउने र कुटेचवर भन्ने पाखो फिरादी मध्येका छोरा प्रेमबहादुर भूपबहादुरलाई पढाउँदा लागेको ऋण कर्जा बुझाउँदा बापत बिक्री गर्न पर्ने हुनाले फिरादीहरु र मेरो कान्छी श्रीमती रामचनीबाट २ बहिनी छोरी समेतको अंश र विवाह खर्च लाग्ने हुँदा उक्त जग्गा बिक्री गरेको हुँ, फिराद दावी झुठ्ठा हुँदा फुर्सद पाउँ भन्ने समेत यामबहादुर खड्का क्षेत्रीको प्रतिउत्तरपत्र । ४. प्रतिवादी यामबहादुर उपर मात्र नालेश गरेको देखिन आएकोले अ.बं. १८० नं. ले खारेजी हुने ठहर्छ भन्ने समेत रोल्पा जि.अ.को २०३६।८।४ को फैसला । ५. शुरुको फैसलामा चित्त नबुझी वादी तर्फबाट पुनरावेदन परेकोमा शुरुले खारेज गर्ने गरेको निर्णय मनासिब हुँदा सदर हुन्छ भन्ने समेत राप्ती अञ्चल अदालतको २०३७।१।३० को फैसला । ६. रा.अं.अ.को उक्त फैसलामा चित्त नबुझी वादी तर्फबाट म.प.क्षे.अ.मा परेको पुनरावेदनमा खरिद गरी लिनेलाई नबुझी अ.बं. १३९ नं. को विपरीत हुँदा अञ्चल अदालतको फैसला बदर हुन्छ पुनः निर