निर्णय नं. ७३३० - निखनाई पाउ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३३० - निखनाई पाउ भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६०/०३/०२ २६४५ निर्णय नं. ७३३० ने.का..प.२०६१ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री राम नगिना सिंह सम्बत् २०५६ सालको दे. पु. नं. ५८०० फैसला मितिः २०६०।३।२।२ मुद्दा :– निखनाई पाउँ । पुनरावेदकः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३० ज्याठा बस्ने आशा प्रजापतिको मु. स. गर्ने ऐ. ऐ. बस्ने अष्ट बहादुर प्रजापति बिरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ. ऐ. बस्ने बेखामाँया प्रजापति समेत § दानबकसको ३ नं. मा कसैले केही व्यहोरासँग आफ्नो हक छाडी अरुको हक लाग्ने गरी एकैघरमा आधा वा केही खण्ड सो घर वा घरले चर्चेको जमीन दानबकस गरी दिई पाएको रहेछ र पाउनेले आफूले पाएको वा दिनेले आफूले दिएदेखि बाँकी अर्कोलाई दिए भने अघि दिने वा अघिबाट दिनेको सोही ठाउँमा बस्ने हकवालाले र दिनेले बाँकी अर्कालाई दानबकस गरी दिए भने पाउने वा सोही ठाउँमा बस्ने उसका हकवालाले लिन पाउने व्यवस्था गरेको पाइने । § प्रस्तुत मुद्दामा हालै देखिको बकसपत्रबाट गरी दिएको विवादको जग्गा दाताले बकस गरी पाएको नभई अंश वापत पाएको हुँदा दानबकसको ३ नं. आकर्षित हुने अवस्था नदेखिदा दानबकसको ३ नं. को आधारमा विवादित घरजग्गा निखनी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिदा सदर हुने । (प्र.नं. १४) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री शंभु थापा र श्री मोहनवहादुर वन्जारा क्षेत्री प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री विजय प्रसाद मिश्र र श्री विजय प्रधान अवलम्वित नजिरः आदेश न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत पाटनको मिति २०५४।९।२८ को फैसला उपर वादी पक्षको यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन परी मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ : २. धनपतीका दुई छोरामा जेठो म आशा प्रजापति, कान्छो विपक्षी बेखामाँयाको पती सानु प्रजापति हकवाला भएको अंशवण्डा हुनुभन्दा अगाडि एउटै घर जग्गा भएको र नापनक्सा हुँदा का.न.पा. वडा नंं. ३० को कि.नं. ५७ को क्षेत्रफल ०–१–०–२ सानु प्रजापतिको भागमा र कि.नं. ६८ को म फिरादीको नाममा नापनक्सा भै रहेको घरजग्गा मध्ये कि.नं. ५७ को मेरो घरसँग जोडिएको घरजग्गा मिति २०५१।११।११ गते दिने सानु प्रजापति बकस पाउने कुल बहादुर प्रजापति र सनाखत साक्षीमा बेखामाँया प्रजापति भई हा. व. को लिखत कायम भएको मूल्य रु. ८१,१००।– र रजिष्ट्रेशन दस्तुर रु. १२,१६५।– गरी जम्मा रु. ९३,२६५।– वरावरको मूल्य राखी लेनदेन गरेको लिखतको आधारमा म हकवालाले धरौटी रकम निजहरुलाई दिलाई दान बकस ३ नं. बमोजिम म फिरादीलाई दिलाई पाउँ भन्ने समेतको वादी दावी रहेछ । ३. बादी आशा प्रजापति र म प्रतिवादीको पतिको बीचमा २०४९ चैत्र १७ गते घरायसी वण्डा पत्र भई आफूखुस गर्न पाउने घरजग्गालाई विपक्षीले निखन्न पाउने होइन, राजिनामा लिएको जग्गासम्म सन्धीसर्पन पर्ने व्यक्तिले निखनी लिन पाउने सम्म रहने व्यवस्था रहेको हुन्छ । बकसपत्र लिए दिएको कुरा निखन्न पाउँ भन्ने वादी दावी अ.वं. ८२ नं. तथा दान बकसको ३ नं. विपरीतको फिराद खारेजभागी छ भन्ने प्रतिवादी मध्येको बेखामाँयाको प्रतिउत्तर पत्र । ४. दाता बेखामाँया प्रजापति र सानु प्रजापतिलाई म प्रतिवादी कुल बहादुरले हरेक कुरामा सहयो