निर्णय नं. ३७७९ - सरकारी श्रेस्ता कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७७९ - सरकारी श्रेस्ता कीर्ते भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०३/२६ २७३१ निर्णय नं. ३७७९ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको फौ.पु.नं. ४९७ फैसला भएको मिति : २०४६।३।२६।२ मा पुनरावेदक/प्रतिवादी : राजविराज न.पं.वार्ड नं.४ बस्ने वर्ष ५२ को अमरसिंह ततिद मारवाडी विरुद्ध विपक्षी/वादी : राम किशोरको जाहेरीले श्री ५ को सरकार मुद्दा : सरकारी श्रेस्ता कीर्ते (१) एउटै जग्गाको सम्बन्धमा भए पनि सो जग्गाको दावी बमोजिमको २ नं. रसिद खडा गर्नु छुट्टै वारदात भएको र सोही जग्गाको दावी बमोजिम सरकारी श्रेस्ता केरमेट गरी आफ्नो नाउँ लेख्नु लेखाउनु छुट्टै वारदातको कुरा भई मुद्दा गर्नु पर्ने कारण समेत छुट्टै देखिन आएकोले यस्तो अवस्थामा झगडाको जग्गामा स्वामित्व कायम गर्ने एउटै तात्पर्य भए पनि एउटै कार्यको लागि दोहरो कारवाही भन्न नमिलेकोले सो सम्बन्धी पुनरावेदकतर्फको जिरह मनासिब नदेखिने । (प्रकरण नं. २३) (२) घरायसमा जग्गा राजीनामा लिएकोबाट मौकैमा गराएको भनेकोमा सो राजीनामा पेश समेत हुन नआएकोबाट पुनरावेदकको जिकिर बमोजिम पुनरावेदकले शुद्ध रुपमा सो काम गराएको भन्ने भए देखिन आएन, जहाँसम्म अरुले सफाई पाएको पुनरावेदक एकले सो कीर्ते काम गरेको भन्न नमिल्ने भन्ने हकमा जिकिर बमोजिम नापीको कर्मचारीको संलग्नता नभई सो काम हुन नसक्ने तर सम्बन्धित कर्मचारीको वतन पत्ता नलागेबाट सम्म कर्मचारी उपर लिएको दावी खम्भीर नभए पनि वतन खुल्न आएका बखत कारवाही गरिने भन्ने शुरुबाट ठहर समेत भइरहेको देखिएको हुँदा जिकिर पनि मनासिब नदेखिएकोले इन्साफ क्षेत्रीय अदालतको मनासिब ठहर्ने । (प्रकरण नं. २४) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंह तथा विद्वान अधिवक्ता श्री दमन ढुंगाना विपक्षी/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.हिरण्येश्वरमान प्रधान १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. जि. सप्तरी डाढा गा.पं. अन्तर्गत कि.नं. ११९ को ०–२–१ कि.नं. १९ मा ०–१९–२ र कि.नं. ११७ मा ०–१८–९ जग्गाको धनी मैनावतीको अपुताली परी अपुताली खाने रामकिशोर र भगवानप्रसाद बीच झगडा भई सर्वोच्च अदालतबाट फैसला भई नामसारी गर्न मिसिल भू.प्र.का. सप्तरीमा प्राप्त भएको तर केही दिन पछि सो कार्यालयमा रहेको फिल्डबुक उतार प्रतिलिपि समेत गायब गरी बेपत्ता गरिएको र फिल्डबुक हराउनेमा ख.तेजप्रसाद निरौला र अमर सिंह मिली गरेको तेजप्रसादले ख. कोमल न्यौपानेलाई झुक्याई बुझाएको बुझिएकोले जाहेर गरेको छु भन्ने समेत सि.नं. १०१ को विशेष प्रहरीको जाहेरी । ३. मैनावतीको अपुताली परेको र अपुताली खाने म रामकिशोरको भगवानप्रसाद तिवारीसंग मुद्दा चली अपुताली मैले पाउने गरी सर्वोच्च अदालतबाट निर्णय भएको भन्ने रामकिशोरले जि.का. मा गरेको कागज । ४. विवादित जग्गा ८।१० वर्ष अगाडि श्यामावतीसंग खरिद गरेको हुँ । मैले फिल्डबुकको प्रतिलिपि गायब गरेको छैन । कि.नं. ११७ को सहिछाप महलको सहिछाप मैले गरेको हुँ भन्ने समेत अमरसिंह माडवारीको जि.का.मा गरेको कागज । ५. अमरसिंहलाई १ बिगहामा २।३ धुर कम जग्गा घरसारमा सुक्री बिक्री लेखी दिएको हुँ यस सम्बन्धमा छोरा भगवानप्रसादलाई थाहा छ भन्ने समेत श्यामावती तिव