निर्णय नं. ३७८० - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७८० - अंश भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०१/२५ २६८७ निर्णय नं. ३७८० ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ७७८ फैसला भएको मिति : २०४६।१।२५।१ मा पुनरावेदक/प्रतिवादी : नेपालगंज न.पं.वडा नं.११ बस्ने मोहम्मद शेर मनीहारसमेत विरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने हलिमा मनीहार्नीसमेत मुद्दा : अंश (१) भू.सु.का. मा पेश भइरहेको प्रतिलिपि मा.पो.का.बाट प्राप्त गरेको रीतपूर्वकको प्रतिलिपि नभई उस अवस्थामा आफ्नो साथमा रहेको सक्कलको प्रतिलिपि मात्र रहेको भनी इजलास समक्ष भनेकोबाट भू.सु.का. मा रहेको सो प्रतिलिपि कानुन बमोजिम मान्यता पाउन सक्ने प्रतिलिपि नदेखिने । (प्रकरण नं. ७) (२) लिलाममा सकार गरी लिई नामसारी दर्ता हुन आएको जिम्दारी जग्गा देखिन आएकोले त्यस्तो जग्गाहरु वादीकै नाउँमा दर्ता भएकै कारणबाट अंशबण्डाको ३० नं. बमोजिम यस अदालतबाट प्रतिपादित नजीरहरु समेतबाट अंश भइसकेको भन्न नमिल्ने । (प्रकरण नं. ८) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला न्या.हिरण्येश्वरमान प्रधान १. म.प.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. स्वर्गीय अब्दुल गफूल मनीहारको अब्दुल गनी १, छोटको भन्ने दोषे मोहम्मद १, अली हुसेन १, महम्मद शेर १, चुन्नी भन्ने अब्दुल अजीज १ समेत ५ छोरा भएकोमा छोटको भन्ने दोष मोहम्मद र अली हुसेन निःसन्तान परलोक भएको, स्व.अब्दुल गनीको म वादी हलीमा पत्नी र हामी वादी अब्दूल मजिद १, अब्दूल हमीद १, मोहम्मद हनिफ १ समेत छोरा भई हामी सबै अंशियार आजसम्म सगोलमा बसी प्रतिवादीहरु घरको मुख्य भई व्यवहार चलाई आएकोमा अब हाम्रो सगोलमा बस्ने इच्छा नभएकोले हाम्रो अंश छुट्याई दिनुस् भनी प्र.हरु संग २०४०।३।१ देखि बराबर भन्दै आएकोमा बराबर गरी अंश छुट्याई नदिनु भएकोले प्र.हरुबाट फाँटवारी लिई ३ भागको १ भाग अंश मध्ये ४ खण्डको १ खण्डका दरले अंश दिलाई भराई पाउँ भन्ने फिराद दावी । ३. हाम्रो स्व.पिता र विपक्षीहरुको बाजे ससुरा गफुर मनिहार आफ्नो जीवित अवस्थामा नै २०२१।२।१६ गते हामी सबै दाजुभाइलाई अंशबण्डा गरी छुट्याई अंशबण्डाको लिखत बाँके मालपोत कार्यालयबाट र.नं. ६६१ मा पारित गरी दिनु भएको मिति देखि नै हामी आफ्नो ऋण धन खतीउपती गरी छुट्टाछुट्टै व्यवहार चलाई आएका छौं । सगोलमा छौ भन्ने फिराद लेख झुठ्ठा हो । उल्लेखित बण्डामा निजहरुले आफैं सही गरी रजिष्ट्रेशन पास गराएका हुन् । अब्दुल मजिदका नाउँमा दर्ता रहेको फत्तेपुर गा.पं. को अं. ३६ बिगहा जग्गा र अब्दुल गनीका नाउँमा दर्ता भएको ने.गं.न.पं. वडा नं. ११ को घर समेत फिरादमा उल्लेख नगरी झुठ्ठा दावा गरेका हुन् । २०२२ सालमा भूमिसुधार लागू हुँदा आ–आफ्नो हक हिस्साको जग्गा देखाई अलग अलग फाँटवारी दाखेल गरेको र सर्भे नापी हुँदा आ–आफ्नो जग्गा आ–आफ्ना नाउँमा दर्ता गराएका छौं । यसप्रकार वादीहरुले एकपटक अंशबण्डा गरी अंश लिइसकेको हुँदा दोबारा अंश पाउन पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर जिकिर । ४. बण्डापत्र भइसकेको भन्ने प्रतिवादी जिकिर भए पनि बण्डापत्र प्रतिवादीहरुले दाखिल गर्न नसकेको र मालपोत कार्यालयबाट पनि आउन नसकेको साथै बण्डापत्र