निर्णय नं. ७३३१ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३३१ - उत्प्रेषणयुक्त परमादेश भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६०/०७/१५ २९३४ निर्णय नं. ७३३१ ने.का..प.२०६१ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०५८ सालको रिट नं. ..३८०७ आदेश मितिः २०६०।७।२५।३ विषय :– उत्प्रेषण परमादेश समेत । निवेदकः जिल्ला प्रहरी कार्यालय उदयपुरमा दरवन्दी भै हाल प्रहरी प्रधान कार्यालय, काठमाडौंको निर्णयले नोकरीबाट भविष्यमा अयोग्य नठहरिने गरि हटाइएका मोरङ जिल्ला टंकी सिनवारी गा.वि.स.वडा नं.१ बस्ने प्र.स.नि.रामचन्द्र के.सी. बिरुद्ध विपक्षीः प्रहरी नायव उपरिक्षक, जिल्ला प्रहरी कार्यालय, उदयपुर समेत § प्रहरी नायव महानिरीक्षकले स्वयं आफ्नै दस्तखतबाट मिति २०५६।१०।१४ र मिति २०५६।१०।२० मा दुई पटक स्पष्टीकरण सोधिएको र सो स्पष्टीकरणको जवाफ निजले क्रमशः मिति २०५६।१०।१५ र मिति २०५६।१०।२० मा नै दिएकोमा सो स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको भनि गरेको कारवाही निर्णय कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट भएको देखिने । § अड्डा प्रमुखले प्रारम्भिक रुपमा कारवाही उठान गरी आवश्यक तथ्य संकलन गरी फाइल पठाएकोसम्म कुरालाई अधिकार क्षेत्रात्मक त्रुटी गरेको भन्न नमिल्ने । § मातहत कार्यालयबाट आएको फाइलको आधारमा कानून बमोजिम कारवाही गरेकोलाई गैरकानूनी भन्न नमिल्ने हुँदा रिट निवेदकले अधिकारविहिन व्यक्तिले कारवाही गरेको भनि लिएको जिकिर मनासिब नदेखिने । (प्र.नं. ९) निवेदक तर्फवाटःविद्वान अधिवक्ताद्वय श्री पदमवहादुर श्रेष्ठ र श्री ताराकुमार श्रेष्ठ विपक्षी तर्फवाटः विद्वान उप न्यायाधिवक्ता श्री सुरेन्द्रवहादुर थापा अवलम्वित नजिरः २०५६ सालको रि.नंं २०१४ आदेश न्या.खलिराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :– २. म निवेदक २०३४।८।३० मा नेपाल प्रहरीको प्रहरी जवानमा शुरु भर्ना भै मेरो कामको मुल्यांकन गरि २०४३।४।३१ गते देखि लागु हुने गरि प्रहरी हवल्दार पदमा बढुवा भै आफुलाई खटाएको स्थानहरुमा गै निर्भिक र निर्विवाद रुपमा काम गरि आएकै अबस्थामा मेरो कार्य कौशलताको कारणले प्रहरी प्रधान कार्यालयबाट मिति २०४७।८।२ गते देखि लागु हुने गरि प्र.स.नि.पदमा बढुवा भएको थिए । जिल्ला प्रहरी कार्यालय, उदयपुरमा दरवन्दी कायम भई अस्थायी प्रहरी चौकी गाईघाटमा कार्यरत रहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट मिति २०५६।८।२२ गते राती १:०० बजे स्टयाण्ड टु लगाई चेक गर्दा यस्तो परिस्थितमा चौकी इन्चार्ज जस्तो व्यक्ति मादक पदार्थ सेवन गरि सुति रहेको भन्ने आधारमा मलाई २४ घण्टा भित्रमा स्पष्टीकरण पेश गर्नु भनेकोमा मैले भनेकै समय भित्र आफ्नो स्पष्टीकरणमा म त्यस दिन बिहानदेखि गाईघाटमा लागेको मेलामा खटी काम गरेको हुनाले बेलुका १९:०० बजे चौकीमा फर्कि राती २३:००० बजे मात्र सुतेको थिए । राती १:०० बजे स्टयाण्ड टु लागेको थाहा पाई तल झरेको थिए । त्यस समयमा मैले कुनै मादक पदार्थ सेवन गरेको थिइन भनि स्पष्टीकरण पेश गरेको थिए । यसरी मैले पहिलो स्पष्टीकरण पेश गरि सकेपछि मिति २०५६।८।२९ मा तपाईले पेश गरेको स्पष्टीकरणको जवाफमा मादक पदार्थ सेवन गरेको छैन भनि स्पष्टीकरण दिएता पनि तपाईलाई चेक जाँच गराउँदा मादक पदार्थ सेवन गरेको देखियो । सोही दिन तपाईले मादक पदार्थ सेवन गरि पहिला प्र.ज.लाल कुमारी श्रेष्ठलाई गाली गलौंज गर्नुका साथै हातपात