निर्णय नं. ३७८१ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७८१ - अंश भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०१/२९ २५६९ निर्णय नं. ३७८१ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ७६८ फैसला भएको मिति : २०४६।१।२९।५ मा पुनरावेदक/प्रतिवादी : जि.कैलाली सहजपुर गा.पं. वडा नं. ८ मुलगाउँ बस्ने नरहरि सापकोटासमेत विरुद्ध विपक्षी/वादी : जि.कैलाली सहजपुर गा.पं. वडा नं. ८ मुलगाउँ बस्ने मनिरत्न सापकोटा मुद्दा : अंश (१) शर्तनामा रजिष्ट्रेशनको १ नं. मा भएको व्यवस्थाबाट पास हुनु पर्ने नदेखिएकोले पास नभएकोले सो लिखत प्रमाणै नलाग्ने भन्न मिलेको देखिन नआउने । (प्रकरण नं. १४) (२) बण्डापत्रको रीतपूर्वक कागज नभएको कारणबाट बण्डा भई नसकेको भन्न नमिली व्यवहार प्रमाणबाट बण्डा भइसकेको देखिन आएकोले अंश पाउँ भन्ने वादी दावी नपुग्ने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल फैसला न्या.हिरण्येश्वरमान प्रधान १. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. बुबा बालकृष्णका ६ छोरा शशिराम, म मनिरत्न, टिकाराम, दण्डपाणि, नरहरि, तुलसीराम हो । टिकाराम, तुलसीराम र डण्डपाणी आफ्नो कालगतीले परलोक हुँदा भाइ डण्डपाणीको श्रीमती उमादेवी भएको, पैत्रिक सम्पत्ति नरहरि, शशिराम र केही म फिरादीको नाममा दर्ता भई मुख्य शशिराम भई व्यवहार चलाई आएकोमा मेल नहुँदा मेरो हिस्सा देउ भनी भन्दा आलटाल गरेकाले २०४१।८।२२ गते अंश दिलाई पाउन सहजपुर गा.पं. मा हुलाकद्वारा निवेदन पठाउँदा २०४१।५।२१ गते मेरो भाग हिस्सा मार्ने नियतले मलाई थाहै नदिई अंशबण्डाको लिखत पास गराइसकेकोमा लिखत बदर मुद्दा साथै पेश गरेको छु । विपक्षीहरु जिम्मा नै घरको सम्पत्ति रहेकोले अंशबण्डाको २०, २१, २२, २३ बमोजिम फाँटवारी लिई ४ भागको १ भाग दिलाई पाउँ भन्ने समेतको वादी मनिरत्न सापकोटाको फिरादपत्र । ३. फिराद लेख बमोजिम हामीले अंश दिनु पर्ने छैन होइन । २००७ सालमा बुबा परलोक भएपछि हामी भाइहरुले सहजपुरका ठकुरीहरुको नाममा रहेको ठेक्का स्थितिको जिल्ला हुँदा पर्ति जग्गाहरु त्यसै परिरहेकाले ठकुरीहरुलाई भनसुन गरी बेग्ला बेग्लै आफ्नो पुरुषार्थबाट बनाउन कमाउन सके जति छुट्टा छुट्टै कमाई गरी घर लगाई बसेकोमा २०१९ सालमा आफूले कमाएको जग्गा आफैंले भोगिरहेका थियौं । तापनि आमाले तिमी छोरा मध्ये शशिराम, डण्डपाणी, नरहरी, तुलाराम मसंग बस । टिकाराम, मणिराम छुट्टै बसेका छन् ठिकै छ भन्नु हुँदा आमाको आज्ञा बमोजिम छुट्टाछुट्टै आ–आफ्नो आर्जनको जग्गाको आयस्ताबाट गुजर बसर गरी रहेका थियौं । २०२१ सालमा भूमिसुधार लागू हुँदा शशिरामले सगोलमा रहेका परिवारको लगतको १ नं. फाराम र भाइ टिकारामले मणिरत्न सापकोटा समेतको सगोलमा रहे बसेको १ नं. फाराम भरी भू.सु.का.मा पेश गरेका छन् । पछि भाइ डण्डपाणी परलोक हुँदा सो डण्डपाणीको चल अचल सम्पत्तिको अनुपातमा पाउने रु. ११,०००।– मनिरत्नलाई दिई कागज समेत लेखेको सो रु. ११,०००।– मा उजूर गर्ने छन् मैले फिर्ता दिनुपर्छ भनी हामीले आफूले आर्जेको जग्गा समेतको अंश भाग लिई स्वार्थपूर्ति गर्ने उद्देश्यले झुठ्ठा फिराद गरेका हुन् । हाम्रो साक्षी सबूद बुझी झुठ्ठा फिराद दावीबाट फुर्सद गरिपाउँ भन्ने समेतको उमादेवी सापकोटा, शशि