निर्णय नं. ३७८२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७८२ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४५/१२/१६ २५०७ निर्णय नं. ३७८२ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.पु.नं. ४९९ फैसला भएको मिति : २०४५।१२।१६।४ मा पुनरावेदक/वादी : माड्डनोर्बु शेर्पाको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : बारा जिल्ला अमेलखगंज गा.पं. वार्ड नं. ३ बस्ने रमेश शर्मा मुद्दा : कर्तव्य ज्यान (१) लामो अवधि सम्म आफ्नो हिरासतमा राखी गरेको ततिम्बा बयान अरु सबूदबाट समर्थन हुनु बेगर सोही कागजको भरमा दावी बमोजिम अपराध गरेको भनी ठहर गर्न कानुनले नमिल्ने । (प्रकरण नं. २४) (२) अभियुक्त र मर्ने मात्र एकान्त पारी करणी गर्न मागेको र मर्नेले सो कुरामा इन्कार गर्दै रहेकोबाट ट्रक चलाउँदैका अवस्था अभियुक्तले मर्नेलाई करणीको आशयबाट होस नपुर्याई कुनै काम कुरा गर्दा ट्रकको ढोका खुल्न गई साइडमा बस्ने निज ट्रकबाट खसी मरेको, त्यसरी खसी मरेकोमा अञ्चल अदालतको ठहरमा उल्लेख भए बमोजिम करणी गर्न दिन इन्कार गरेको रिस थाम्न नसकी अभियुक्तले नै ट्रकको ढोका खोली मर्ने जुलुमलाई खसाली मारेको भन्ने तथ्य सबूद अभावमा ज्यान सम्बन्धीको दफा ६(२) बमोजिम भवितव्य पर्न गएको भन्नु पर्ने । (प्रकरण नं. २४) पुनरावेदक तर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.हिरण्येश्वरमान प्रधान १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन दर्ता भई आएको मुद्दाको संक्षिप्त तथ्य जिकिर यस प्रकार रहेछ । २. मिति २०४२।१।२ गते २२:३० बजे ना.अं.ख. १९९२ नं. को ट्रकबाट खसी नाम थर वतन थाहा नभएको केटी बलखू बागमती पुल निर मृत्यु भएकोले चालक रमेश शर्मालाई पक्राउ गरी दाखेल गरेको छु भन्ने प्र.ना.नि. रणबहादुर गौतमको प्रतिवेदन । ३. नाक मुखबाट रगत बगी सुकी सकेको पछाडिपट्टि टाउकोमा १ इन्च घाउ लासको ठाउँ ठाउँमा निलो गिलो जस्तो देखिएको भन्ने मृतकको लाश प्रकृति मुचुल्का । ४. जोरजुलुम साथ करणी गर्न खोज्दा नदिएकीले रिस थाम्न नसकी ट्रकको सिटबाट घचाडि सडकमा खसाली मारेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी रमेश शर्माले प्रहरीमा गरेको बयान कागज । ५. मिति २०४२।१।२ गते २२:३० बजे केटी मृत अवस्थामा फेला परेको चालक भाग्न खोजेकोले प्रहरीमा खबर गरी प्रहरीमा बुझाएको छु भन्ने भक्तबहादुर खड्काको कागज । ६. ०४२।१।२ गते ट्रकबाट खसी मृत्यु भएको मेरी श्रीमती जुलुम सेर्पिनी हो कर्तव्य गरी मरे मराएको के हो चालक उपर कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत माड्डनोर्बु सेर्पाको कागज । ७. म २०.०० बजे देखि चालक संग छैन । चालकले लगाएको दोष जुलुम सेर्पिनीको मृत्यु के कसरी भयो, चालक नै जानुन भन्ने समेत व्यहोराको श्यामबहादुर थापाको बयान कागज । ८. २०४२।१।२ गते बेलुका राती २०.३० बजेको समयमा रमेश शर्माले ट्रकमा मृतकलाई राखी एकान्तकुना चक्रपथ हुँदै गएको थियो । के कसरी मारे मराए निजै जानुन् भन्ने समेत व्यहोराको रामकुमार थापाको कागज । ९. रमेश शर्माले हाँकेको ना.अं.ख.१२९२ नं. को ट्रकबाट खसी जुलुम सेर्पिनीलाई ट्रकबाट खसाली मारेको हुनुपर्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । १०. पक्राउ परेका अभियुक्त रमेश शर्माको बयान कागज हुँदा मेरो ट्रकमा बसी आएको जुलुम सेर्पिनीलाई करणी गर्न खोज्दा नदिएकीले ट्रकको सिटबाट घचेडी सडकमा खसाली मार