निर्णय नं. ७३३३ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३३३ - उत्प्रेषण समेत भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६१/०१/०८ २७७१ निर्णय नं. ७३३३ ने.का..प.२०६१ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्वत् २०५७ सालको रिट.नं. ३६५९ आदेश मितिः२०६१।१।८।३ बिषयः– उत्प्रेषण । निवेदकः जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. ९ बर्तुङ बस्ने सावित्री कुमारी श्रेष्ठ बिरुद्ध विपक्षीः गुठी संस्थान (कार्य व्यवस्था) विनियम, २०४९ को विनियम २ को खण्ड (घ) अनुसार गुठी कार्यालयको काम समेत गर्ने मालपोत कार्यालय, पाल्पा समेत § निवेदिकाको दाता केशवप्रसाद श्रेष्ठले निवेदिकालाई मिति २०५७।९।१३ को राजिनामाको लिखत गरी दिदा सो लिखतसाथ पेश भएको सोही मितिको गुठी रैतान नम्वरी जग्गाको मालपोत तिरेको रसिद नं. ०९०९३७ मा विवादको कि.नं. ९१ को जग्गा पनि उल्लेख भएको देखिदा रसिदवाट विवादको कि.नं. ९१ को जग्गा गुठी रैतान नम्वरीको जग्गा भन्ने देखिन आउने । § रिट निवेदिकाले विवादको जग्गा राजिनामा गरी लिदाको अवस्थामा सो जग्गा गुठी रैतान नम्वरीको जग्गा भन्ने देखिई सकेपछि सो जग्गा गुठी रैतान नम्वरीमा परिणत गरेको निर्णय नदेखिएको भन्ने आधारमा सो जग्गाको जग्गाधनी महलमा अमरनारायण गुठी कायम गर्न मिल्ने नदेखिने । § दावीमा उल्लेखित कि.नं. ९१ को जग्गा गुठी संस्थान ऐन, २०३३ को दफा २ (ज) अनुसारको गुठी रैतान नम्वरी जग्गा देखिंदा सो जग्गाको हक छोडाई लिने रिट निवेदिकाको नाममा दाखेल खारेज नामसारी गरी निजको नाममा जग्गाधनी प्रमाणपूर्जा दिनु भनी विपक्षी मालपोत कार्यालय पाल्पाको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ९) रिट निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री वद्रिप्रसाद भण्डारी विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री शरदकुमार खड्का अवलम्वित नजिरः आदेश न्या.केदारप्रसाद गिरीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) वमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. गुठी संस्थानमा राजगुठीको रुपमा लगतमा चढेको पाल्पा तानसेन स्थित अमर नारायण गुठीमा आंठा सहर मालपोत तिरो लागी मेरो ससुरा केशवप्रसादको नाममा साविकदेखि गुठी रैतान नम्वरीमा दर्ता भएको २०३१ सालको सर्भे नापीमा समेत जिल्ला पाल्पा तत्कालीन बर्लुङ गाउं पन्चायत वडा नं. २ कि.नं. ९१ क्षेत्रफल रोपनी ०–१–०–२ कायम भई जग्गाधनी महलमा केशवप्रसाद श्रेष्ठ र मोहीको महल खालि रही नापी नक्शा दर्ता श्रेस्ता कायम भई त्यसको पूर्जा समेत प्राप्त गरी निर्विवाद रुपमा गुठी संस्थान ऐन, २०३३ को दफा २ को खण्ड (झ) अनुसार गुठी रैतान नम्वरीको हैसियतमा हक भोग चलन गरी आएको घर जग्गा हाल जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. ९ मा पर्दछ । सो घर जग्गा मिति २०५७।९।१३ मा ससुरा केशवप्रसादले मलाई हालैको वकसपत्र गरी रजिष्ट्रेशन गरी दिनु भएको छ । सो हालैको वकसपत्र अनुसार मालपोत कार्यालय पाल्पाले उक्त कि.नं. ९१ को घर जग्गा मेरो नाममा दाखेल खारेज नामसारी गरी मेरो नाममा जग्गाधनी दर्ता प्रमाण श्रेस्ता कायम गरी पूर्जा दिनु पर्नेमा मनोमानीपूर्व ठाडै उक्त कि.नं. ९१ को जग्गाधनीमा विपक्षी अमरनारायण गुठी र मोहीमा मलाई कायम गरी दर्ता श्रेस्ता कायम गरी सोही अनुसारको जग्गाधनी दर्ता प्रमाणपूर्जा मलाई दिइएको छ । उक्त कार्य गुठी संस्थान ऐन, २०३३ को दफा २ को खण्ड (झ) र दफा ३२ समेतको प्रतिकूल भएको र त्यसवाट उक्त ऐन वमोजिम प्राप्त मेरो गुठ