निर्णय नं. ७३३४ - अ्श दर्ता चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३३४ - अ्श दर्ता चलन भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६०/१२/१८ २८५० निर्णय नं. ७३३४ ने.का..प.२०६१ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत् २०५६ सालको दे.पु..नं. ६०८८ फैसला मितिः २०६०।१२।१८।४ मुद्दाः अंश दर्ता चलन । पुनरावेदक वादीः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. २ मा वस्ने पवित्री देवी सुडिन समेत बिरुद्ध प्रत्यार्थी प्रतिवादीः ऐ. ऐ. वस्ने विश्वनाथ नायक सुडी समेत § भारतमा वस्ने व्यक्तिहरुले सौतेनी मामला भएको स्थितिमा प्रतिवादी विश्वनाथलाई सम्पत्ति दिई नेपालमा व्यापार गर्न पठाए होलान् भनी व्यवहारतः मान्न सकिने स्थिति नभएको र प्रतिवादी विश्वनाथको नाममा रहेको जग्गा निजले नेपालको अंगिकृत नागरिकता लिए पश्चात खरिद गरेको देखिएवाट भारतमा वस्ने व्यक्तिहरुले नेपालको अंगिकृत नागरिकता लिएको व्यक्तिको नाममा जग्गा खरिद गर्न सगोलको सम्पत्तिवाट रकम पठाए होलान् भनी अनुमान गर्न नसकिने । § नेपालमा प्रतिवादी विश्वनाथ नायकको नाममा रहेको सम्पत्ति निजको स्वआर्जनको भन्ने देखिन आएकोले त्यस्तो स्वआर्जनको सम्पत्तिमा अंशवण्डाको १८ नं. को व्यवस्था वमोजिम यी वादीहरुको अंश हक लाग्न नसक्ने भएवाट प्रतिवादी विश्वनाथ नायकको नाममा रहेको सम्पत्तिवाट अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्र.नं. १३ र १४) पुनरावेदक वादी तर्फवाटः प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री कलमनारायण दास अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत जनकपुरको मिति २०५१।१२।२२ को फैसला उपर वादी पक्षको यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन परी यस अदालतवाट मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. प्रतिवादी मध्येको रामखेलावनको दुई स्वास्नी मध्ये जेठी स्वास्नीवाट प्रतिवादी विश्वनाथ नायक तथा कान्छी स्वास्नी वादी मध्येको म पवित्री देवीको कोखवाट वादी धर्मनाथ नायकको जन्म भएको हो । विश्वनाथको आमा परलोक भई सक्नु भएकोले सगोलको परिवारको अंश हक खाने हामी चार अंशियार छौ । घरको मुख्य व्यक्ति रामखेलावन भएकोले विश्वनाथ र रामखेलावनले व्यापार गर्ने भनेर सगोलको सम्पत्ति वेचविखन गरी व्यापारमै लगाउनु भई कारोवार विश्वनाथले चलाउने क्रममा सगोलको सम्पत्ति दवाउने तर्फ लागेकोले पारिवारिक एकतामा कलह भएको र रामखेलावन पनि जेठो छोरा तिर नै लागी दुवै जना मिली हामीलाई अंश नै नदिने इज्जत आमद अनुसार खान लाउन पनि नदिई २०४९।३।१५ मा घरवाट निकाला गरी दिएकोले विपक्षीवाट चल अचल सम्पत्तिको फाटवारी लिई चार खण्डको दुई खण्ड हाम्रो अंश छुट्याई दिलाई दर्ता चलन समेत गरी पाउँ भन्ने व्यहोराको फिराद पत्र । ३. वादीहरुलाई मैले कुनै किसिमको दुःख दिएको छैन । सगोलवाट भएको सम्पत्तिमा सवैलाई मैले वरावर अंश दिन म तयार छु । व्यापारवाट आर्जित गरेको सम्पत्ति सगोलवाट नै आर्जन भएको छ । सो सगोलवाट आर्जन भएको सम्पत्तिमा मलाई अंश दिन कुन आपत्ति छैन भन्ने समेत व्यहोराको प्रतिवादी राम खेलावन नायकको प्रतिउत्तर पत्र । ४. वादीहरु भारतको नागरिक भएकोले नेपालको जग्गा आफ्नो नाममा दर्ता गराई पाउन दावी गर्ने अधिकार वादीहरुलाई छैन । झुठ्ठा वतन देखाई अंश दर्ताको दावी गरकोले वादीहरुलाई हामीले अंश दिनुपर्ने होइन वादी दावी झुठ्ठा हो । झुठ्ठा दावीवाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी विश्वनाथ नायक र रेनु दे