निर्णय नं. ७३३५ - उत्प्रेषण परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३३५ - उत्प्रेषण परमादेशसमेत भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६०/१२/२४ २७३३ निर्णय नं. ७३३५ ने.का..प.२०६१ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०५७ सालको रिट .नं.३१०६ आदेश मितिः २०६०।१२।२४।३ विषय : उत्प्रेषण परमादेश समेत । निवेदक शाही नेपाल वायुसेवा निगम मार्केटिङ्ग विभागमा अधिकृत तह ६ मा कार्यरत सुधिरप्रसाद लोहनी बिरुद्ध विपक्षीः शाही नेपाल वायुसेवा निगम समेत § शाही नेपाल वायुसेवा निगमको पदपूर्ति समितिले बढुवाको लागि तयार पारेको सम्भाव्य उम्मेदवारको वैयक्तिक विवरण फारामहरुबाट रिट निवेदकले अरु बढुवामा सिफारिश हुने उम्मेदवारहरुले पाएसरह आ.वं.०५२।०५३ देखि आ.व. ०५५।०५६ सम्ममा पुरै “क” वर्गको का.स.मू.प्राप्त गर्नु भएको शाही नेपाल वायुसेवा निगमबाट प्रकाशित जेष्ठताको सूचीमा निजको नाम बढुवा गरी पूर्ति गरिने पद संख्या ३९ भन्दा धेरै तल प्रकाशित भएबाट पनि निज भन्दा पहिलो जेष्ठता सूचीको क्रममा रहे भएका उम्मेदवाहरु बढुवा भएबाट निज बढुवा हुन नसकेका हुन् भनी विपक्षी पदपूर्ति समितिबाट प्राप्त भएको लिखित जवाफबाट देखिएको हुँदा पदपूर्ति समितिले सम्भाव्य उम्मेदवारहरुले नियमानुसार प्राप्त गरेको अंक जोडी बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई पहिले बढुवा गर्ने नीति अनुरुप बढुवा गरिएको बढुवा समितिको निर्णय नमिलेको भन्न सकिने अबस्था नरहने । § नियमित रुपमा कार्य सम्पादन मूल्याङ्कन फाराम नभरिकन एकै पटक विभिन्न आर्थिक वर्षको कार्य सम्पादन मूल्याङ्कन फाराम भरिएको गैरकानूनी भयो भन्ने रिट निवेदकको भनाइ सम्बन्धमा विचार गर्दा वार्षिक नियमित रुपमा कार्य सम्पादन मूल्याङ्कन फराम भर्नु राम्रो तर एकै पटकमा सबैको विभिन्न आर्थिक वर्षको कार्य सम्पादन मूल्याङ्कन फाराम भरिएकोलाई स्वतः गैरकानूनी भन्न न्यायोचित हुँदैन भनी यस अदालतको संयुक्त इजलासबाट मिति २०५७।१।२७ मा निर्णय भैसकेबाट पनि रिट निवेदकको भनाईसँग सहमत हुन नसकिने । § कानूनमा नै पदपूर्ति समितिको अध्यक्षमा संस्था प्रमुख हुने र सोको उजूरी सुन्नेमा पनि सोही प्रमुख समेतको सञ्चालक समिति हुने व्यवस्था भएकोले निवेदकको भनाई अनुसार कानूनले अधिकार दिई गरेको कार्यलाई प्राकृतिक न्याय सिद्धान्त विपरीत भयो भन्न नमिल्ने । (प्र.नं. ११ र १२) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री वद्रीवहादुर कार्की र श्री वालकृष्ण न्यौपाने विपक्षी तर्फवाटःविद्वान अधिवक्ता श्री पूर्णमान शाक्य अवलम्वित नजिरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– २. शाही नेपाल वायुसेवा निगमको प्रशासन सेवा अन्तर्गत वरिष्ठ अधिकृत तह ७ संख्या ३९ को पदमा बढुवाद्वारा पूर्ति गर्न २०५६ साल आषाढ मसान्तसम्म बढुवाको लागि संभाव्य उम्मेदवारहरुलाई फाराम भर्न भनी सूचना नं.४।०५६।०५७ प्रकाशित भै सकेपछि म निवेदक पनि सम्भाव्य उम्मेदवार भएको नाताले फ।राम भरेको थिए । बढुवाको लागि सबै सम्भाव्य उम्मेदवारहरुले भरेको फाराम हेरी विपक्षी मध्येका शाही नेपाल वायुसेवा निगमको पदपूर्ति समितिले २०५७।४।९ मा मेरो नाम बढुवामा नपर्ने गरी बढुवाको सिफारिश गरेकोमा सो सिफारिश उपर मेरो चित्र नवुझी सञ्चालक समितिसँग उजुरी गरेकोमा सञ्चालक समितिबाट उजुरी खारेज हुने गरी मिति २०५७।५।२६ मा निर्णय गरी मलाई २०५७।५।२९ मा एक पत