निर्णय नं. ७३३६ - लिखत दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३३६ - लिखत दर्ता बदर भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६१/०१/२४ ५२९९ निर्णय नं. ७३३६ ने.का..प.२०६१ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत् २०५६ सालको दे.पु.नं. ..... ६२८८ फैसला मितिः २०६१।१।२४।५ मुद्दा :– लिखत दर्ता वदर । पुनरावेदक प्रतिवादीः जि. सर्लाही हरिऔन गा.वि.स.वा.नं. ७ वस्ने पदमवहादुर कार्की समेत विरुद्ध प्रत्यर्थी वादीः जि. सर्लाही सिद्धेश्वर गा.वि.स.वा.नं. ५ वस्ने दिलवहादुर क्षेत्री मृत्यु भै दिलवहादुरको मु.स. गर्ने निजको श्रीमती मान कुमारी वस्नेत समेत § मुद्दामा मिति २०४२।६।२० मा प्रतिवादी भक्तवहादुरले र.नं. १०५८ वाट प्रतिवादी पदमवहादुर कार्कीलाई र सोही दिन निज पदमवहादुरले र.नं. १०६३ वाट जमुनीदास र रामछविला दासलाई बिक्री गरि दिएको अवस्था भएतापनि दुवै लिखतको विषयवस्तु विवादको कि.नं. १८० को जग्गा रहेको, दुवै लिखत श्रृंखलाबद्ध रुपमा एकै दिन एकै मितिमा निरन्तर प्रक्रियावाट पारित भएको देखिएको एवं दुवै लिखतमा विवादको विषयवस्तु एउटै जग्गाको लिखत पारित गरि दिएको भन्ने देखिन आएकोले वादी दावीको र.नं. १०५८ र १०६३ को लिखतको विषय अलग अलग हुन् भनी मान्न मिल्ने नदेखिने । § प्रस्तुत विवादमा लिखत मिति र जग्गा समेत एकै दिनको एउटै भएकाले उल्लिखित नजिर आकर्षित हुने भएन । एकै दिन एउटै समय, एकै सांधको जग्गामा उही प्रतिवादीहरुले लुटपीट गरे भन्ने दावी झगडाको छुटृाछुटै विषय भन्न मिल्दैन भन्ने सिद्धान्त प्रतिपादन भएको देखिएको र प्रस्तुत मुद्दामा वादीका अंशियार भक्तवहादुरको एउटै व्यवहारले वादीहरुलाई पारेको प्रभावकै श्रृंखलाका रुपमा उसै दिन पदमवहादुरले पारित गरि दिएको राजिनामावाट समेत फिरादीको हकाधिकारमा प्रभाव पर्ने स्थिति विद्यमान भएकोले प्रस्तुत विवादमा उपरोक्त दुई लिखत वदर गराउन वादीले अ.वं. ७२ नं. अनुसार दुई अलगअलग फिराद दायर गर्नुपर्ने भन्ने पुनरावेदक तर्फका कानून व्यवसायीहरुको जिकिरसँग सहमत हुन नसकिने । § एकासगोलका स्वास्नी छोराहरुले २०४३।५।२९ मा नक्कल सारी लिएपछि सगोलका सवैले थाहा पाएको मान्नुपर्छ र सोही आधारमा म्याद भित्र फिराद गर्नुपर्छ भन्ने प्रश्नमा आ आफैंले उजुर गर्नुपर्ने हुन्छ । अरुले थाहा पाउँदैमा वा म्याद गुजार्दैमा कसैको हक समाप्त हुन्छ भन्न मिल्ने हुँदैन । स्वयंले थाहा पाएपछि मात्र हदम्याद शुरु हुने र हक सुरक्षित गर्न व्यक्ति जागरुक हुने हो । प्रस्तुत मुद्दामा यि वादीहरु लिखत गरी दिने प्र. भक्तवहादुरका वावु आमा र भाईहरु हुन् भन्ने देखिन्छ भने यसै लिखतको सम्वन्धमा वादी भै फिराद दिई दे.नं. १०९६ को मुद्दा गर्ने व्यक्ति प्र. भक्तवहादुरका स्वास्नी छोराहरु भन्ने देखिन आएवाट उक्त मुद्दाले यि वादीहरुको हकमा असर नपर्ने र उनीहरुले थाहा पाउँदैमा यि वादीहरुले थाहा पाएको हुनु औचित्यपूर्ण हुन नसक्ने । § एकाको क्रियाकलापले आफ्नो हकमा छुटै दावी लिनु पर्ने व्यक्तिका हकमा असर पर्छ भन्नु कानूनी र न्यायोचित हुँदैन तथा त्यसवाट कसैको दावी लिने हक वा म्याद समाप्त हुने होइन । वादीहरुले आफूले थाहा पाएको मितिवाट कानूनका म्याद भित्र फिराद गरेकोलाई अन्यथा भन्न नमिल्ने । § भक्तवहादुर यि फिरादीसँग २०३४ सालमा नै मानो छुटिृई अलग भै बसेको भन्ने प्रतिउत्तर जिकिर भएतापनि यिनै प्रतिवादी मध्येका भक्तवहादुर वस्नेत वादी र वादी मध्येका दिलवहादुर वस्नेत प्रतिवादी भै दायर भएको प्रमाणको अंश मुद्दामा मिति २०४४।८।१५