निर्णय नं. ७३३७ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३३७ - परमादेश भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६१/०१/२५ २५१५ निर्णय नं. ७३३७ ने.का..प.२०६१ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादूर रायमाझी माननीय न्यायाधीश श्री बलराम के.सी. सम्वत् २०५८ सालको दे.पु.नं. .....७९९८ फैसला मितिः २०६१।१।२५।६ मुद्दा :– परमादेश । पुनरावेदक निवेदकः जि. कपिलवस्तु कृष्णनगर गा.वि.स.वा.नं. २ वस्ने अव्दुल कलाम मुसलमान विरुद्ध प्रत्यर्थी विपक्षीः नेपाल दूर संचार संस्थान, क्षेत्रीय कार्यालय, सिद्धार्थनगर भैरहवा, रुपन्देही समेत § छुटै अस्तित्व भएकी विवाहिता छोरीले प्रयोग गरेको टेलिफोनको महसुल नतिरेकोमा मेरो टेलिफोन सेवा अवरुद्ध गर्न नमिल्ने भन्ने निवेदन जिकिरका सम्वन्धमा विचार गर्दा टेलिफोन नं. २०१६२ निवेदकको छोरीको नाउँमा रहेको भएतापनि मिति २०४५।३।२० मा निवेदक स्वयंले उक्त टेलिफोन जडान गरेको, पटक पटक ठाउँसारी निवेदन तथा आइ.एस.डी सेवा माग गर्दा समेत निवेदककै हस्ताक्षरवाट कारवाही भै निवेदकले नै प्रयोग गरि आएकोले उक्त टेलिफोनको महसुल उपर गर्नका निमित्त निवेदकको नाउँको २००८५ नं. को टेलिफोन सेवा अवरुद्ध गराइएको भन्ने नेपाल दूरसंचार संस्थानको लिखित जवाफलाई निवेदकले आफ्नो पुनरावेदनमा अन्यथा भनी खण्डन गर्न सकेको नदेखिँदा निवेदकले छोरीको नाउँवाट टेलिफोन जडान गरी कानून वमोजिम लाग्ने महसुल नतिरेको भन्ने देखिन आई निवेदकले आफूले प्रयोग गरेको टेलिफोनको नियमानुसार लाग्ने महसुल तिर्ने वुझाउने दायित्व पूरा नगरी सो दायित्ववाट उम्कनका लागि प्रस्तुत निवेदन दायर गरेको देखिँदा निवेदक सफा हात लिई अदालतमा प्रवेश गरेको अवस्था नदेखिँदा निवेदन खारेज हुने ठहराएको पुनरावेदन अदालतको फैसला मनासिव देखिँदा सदर हुने । (प्र.नं. ८) पुनरावेदक निवेदक तर्फवाटः प्रत्यर्थी विपक्षी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.मीनबहादूर रायमाझीः पुनरावेदन अदालत वुटवलको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. मैले नीति नियमको अधिनमा रही लाग्ने दुस्तुर वुझाई मैले २००८५ नम्वरको टेलिफोन प्राप्त गरी नियमित मासिक शुल्क तिरी उपभोग गर्दै आईरहेको थिएं । मेरो श्रीमती साजिदा खातुनले २०१७८ नं. को टेलिफोन प्रँप्त गरेकी र सो को शुल्क पनि नियमित रुपले वुझाउँदै आएकी छन् । त्यसै गरी मेरो विवाहिता छोरी साहिदा खातुनले २०१६२ नं. टेलिफोन प्राप्त गरी उपभोग गर्दै आई रहेकी थिइन । निज छोरी विवाहित भएकोले निज र मेरो वीच छोरीको सम्वन्ध भएपनि पारिवारिक अस्तित्व व्यवहार अलग अलग छ । निज शाहीदा खातुनले जडान गरेको टेलिफोनको रकम नवुझाएको कारण दर्शाई मेरो नाउँको २००८५ नं. को टेलिफोन लाई अवरुद्ध गरी आएकोमा मैले निवेदन समेत दिई उक्त २००८५ नं. को टेलिफोनको महसुल नियमित रुपले वुझाउँदै आएकोमा पनि लाइन अवरुद्ध गरी जडान गरी नदिएको र २०१६२ नं. को टेलिफोनको वांकी रकम भुक्तानीलाई सहयोग गरी दिन भनी वोधार्थ पत्रवाट जानकारी गराएको थियो । यसरी मेरो २००८५ नं. को टेलिफोनको महसुल भुक्तानी गरी रहेको अवस्थामा समेत टेलिफोन सेवावाट विपक्षीहरुले मलाई वन्चित गर्ने गरेको कार्य अत्यन्तै गैरकानूनी र मनोमानी भै कानूनको समान संरक्षणवाट वन्चित गराइएको र विपक्षीको कृयाकलापमा कानून वमोजिमको कर्तव्य पालन नभएको हुँदा अविलम्व टेलिफोन सुविधा प्रदान गर्नु भन्ने अन्तरिम आदेश जारी गरी निवेदकको नाउँको टेलिफोनके नियमित शुल्क लिई सेव