निर्णय नं. ७३३८ - जोत नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३३८ - जोत नामसारी भाग: ४६ साल: २०६१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६१/०१/२५ ३२३४ निर्णय नं. ७३३८ ने.का..प.२०६१ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत २०५६ सालको दे.पु.नं. ५५२३ फैसला मितिः २०६१।१।२५।६ मुद्दा :– जोत नामसारी । पुनरावेदक वादीः भक्तपुर जिल्ला बालकोट गा.वि.स. वडा नं. ९ बस्ने वर्ष ५८ को हिरामाया माडी श्रेष्ठ विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ. ऐ. भिमसेन चपाचो गा.वि.स. वार्ड नं. १ बस्ने जगतमाया श्रेष्ठ § मोहीको शेषपछि निजको हक खाने एकमात्र हकवालामा सर्ने हुँदा त्यस्तो अवस्थामा पनि भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार मोही रोज्नु पर्ने व्यवस्था आकर्षित हुने र जग्गावालाले मोहीको एकमात्र हकवालालाई मोही स्वीकार नगरेमा वा मोहियानी नामसारी नभएमा मोहियानी हक स्वतः समाप्त हुन्छ भन्ने अर्थ गर्नु न्यायसंगत नहुने । § पुनरावेदक वादीले विवादित जग्गा जोतभोग गरी आएको भन्ने कुरा बराबर वाली बुझाई आएको, कुनै वर्षहरुको वाली धरौट राखेको र जोत कमोद वादीले नैं गरेको भन्ने सर्जमिन मुचुल्का समेतबाट देखिन आएको अवस्थामा २०५८।५।१४ मा फैसला भएको दे.पु.ई.नं. ८५ को मुद्दामा गरिएको व्याख्याको निष्कर्ष समेतबाट मोहीको मृत्युपछि मोही हक निजको एकमात्र हकवाला भएमा स्वतः निजमा सर्ने नामसारी नगराएकै कारणले मोही हक समाप्त हुन नसक्ने हुन्छ भन्ने निष्कर्षमा पुग्न सकिने प्रस्तुत मुद्दाको विवादित जग्गाको जोताहा मोही रुद्र कुमारको मृत्युपछि एकमात्र हकवाला छोरा वुरु कुमारका नाउँमा स्वतः मोही हक स्थापित भएको मान्नु पर्ने स्थितिबाट निज वुरु कुमारको नाउँमा नामसारी नगराएकै कारणले निज जीवित रहेकै अवस्थामा मोही हक समाप्त भएको मान्न नमिली वादीका पति वुरु कुमारको हकमा आएको मोही हक निजको मृत्यु पश्चात् पत्नी यी वादीको हकमा स्वतः सर्ने हुँदा निजले नामसारी गराउन नपाउने भन्न नमिल्ने । § प्रक्रियागत कुरा फरक पर्दैमा कानूनले व्यवस्था गरेको हक प्राप्त हुने कुरालाई ईन्कार गर्न पनि नमिल्ने र हक समाप्त पनि हुन नसक्ने । (प्र.नं. १८ र १९) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शंभु थापा तथा श्री इन्द्रप्रसाद खरेल विपक्षी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री युवराज भण्डारी अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत पाटनको ०५५।९।६ को फैसला उपर वादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. जग्गाधनीमा चपाचो गा.वि.स. वडा नं. १ मा बस्ने जगतमाया श्रेष्ठ कायम भएको गा.वि.स. दधिकोट वडा नं. ९ कि.नं. १३०४ र १३०६ को मोही आफ्नो ससुरा रुद्र कुमार माडी श्रेष्ठ परलोक भै निजको हकदार छोरा मेरो श्रीमान वुरु कुमारले जोती कमाई आएकोमा निज पनि आफ्नो कालगतीले परलोक भै निजको हक खाने श्रीमती मैले जोती कमाई निज जग्गाधनीलाई बुझाउनु पर्ने तिरो तिराउ गरी आएकोले मेरो नाउँमा जोत नामसारी गरी पाउँ भन्ने समेत व्यहोराको हिरामाया माडी श्रेष्ठको भूमिसुधार कार्यालय भक्तपुरमा परेको निवेदन पत्र । ३. उल्लेखित जग्गाहरु हिरामाया श्रेष्ठले जोत कमोद गरी आएकोले निजका नाउँमा जोत नामसारी गरी दिने सम्बन्धी बालकोट गा.वि.स.को सिफारिश पत्र । ४. चन्द्रवहादुर श्रेष्ठले वुरु कुमार श्रेष्ठलाई दिएको भन्ने २०२६ सालको भरपाइ समेत किर्ते हो । चन्द्र बहादुर श्रेष्ठ म