निर्णय नं. ७१२७ - हक कायम समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१२७ - हक कायम समेत । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/०९/११ २४०९ निर्णय नं. ७१२७ ने.का.प. २०५९ अङ्क ९/१० पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्बत् २०५७ सालको दे.पु.इ.नं. ..८९ फैसला मितिः २०५९।९।११।५ मुद्दा :– हक कायम समेत । पुनरावेदक प्रतिवादीः भ.पु.जि.भक्तपुर न.पा.वार्ड नं.७ गोलमढी टोल वस्ने ज्ञानलाल गोसाई विरुद्ध विपक्षी वादीः भक्तपुर जिल्ला भ.पु.न.पा वडा नं. ७ वस्ने मधुसुदन राजोपाध्याय समेत § कारणी स्वयं आफूले कवुलियत गरिदिएको कुरामा इन्कार गर्न नसकेको अवस्थामा साक्षीले मेरो सहिछाप हैन भनी जिकिर लिए तापनि साक्षीको सहिछाप विशेषज्ञबाट परीक्षण गराइरहनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था नदेखिने । § साक्षी नै नराखी गराएको लिखतका सम्बन्धमा समेत अदालतले वीस रुपैयाँ सम्म जरिवाना गरी त्यस्तो लिखतलाई प्रमाणमा लिन सक्ने प्रावधान मुलुकी ऐन कागज जाँचको महलको १४ नं. मा भइरहेको अवस्थामा साक्षीको सहिछाप जाँच गर्ने विशेषज्ञलाई अदालतबाट परीक्षण नगराई त्यस्तो विशेषज्ञको रायलाई प्रमाणमा लिन नमिल्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । § वादीहरुले फिराद गर्दा प्रमाण स्वरुप पेश गरेको कवुलियतलाई देख्न सुन्न पाएमा नामाकरण गर्नेछु भनी प्रतिउत्तर जिकिर लिएको पाइएतापनि मुद्दा पर्नु भन्दा अगाडि नै प्रतिवादीलाई सो कवुलियत वारे जानकारी भइसकेकाले मुलुकी ऐन अ.बं. ७८ नं. बमोजिम सो कवुलियत सुनाई वयान गराइरहनु पर्ने अवस्था समेत नदेखिने । § भक्तपुर नगरपञ्चायतबाट भएको कारवाहीमा पेश भएको कवुलियतका सम्बन्धमा थाहा जानकारी पाइसकेपछि प्रतिवादीले आफ्नो बयानमा दावी गरे झै झुक्याई सहिछाप गराएको भए निजले ऐनका म्याद भित्र सो कवुलियतका सम्बन्धमा कानून बमोजिम उजुर गरी वदर गराउन सक्नुपर्नेमा सो समेत गरेको नपाइदा प्रतिवादीले गरिदिएको वहाल सम्बन्धी कवुलियतलाई अन्यथा भन्न नसकिने । § १९९६ सालको लगतमा विवादको घरका हकमा घर धनी वा घरमा वस्नेको नाम जात भन्ने महलमा सँग्राम गोसाहीहरुको गुठिपक भन्ने जनिएकोमा तथ्यांक संकलनका प्रयोजनका लागि खडा गरेको देखिने सो लगतमा घरधनी वा घरमा वस्ने जोसुकैको नाम उल्लेख हुन सक्ने र सो लगतमा नाम भएकै आधारमा विवादको घर यी प्रतिवादीका बाबुको नाममा रहेको एकलौटी हक भोगको घर हो भनी भन्न नसकिने । (प्र.नं. २३ देखि २५) पुनरावेदक तर्फबाटः विद्धान अधिवक्ता श्री भरतप्रसाद खरेल विपक्षी तर्फबाटः विद्धान अधिवक्ताव्दय श्री विष्णुप्रसाद नेपाली र श्री पन्नामान तुलाधर अवलम्वित नजिरः आदेश न्या.गोविन्दबहादुर श्रेष्ठः यस अदालत पूर्ण इजलासवाट मिति २०४५।५।२।५ मा भएको फैसला उपर श्री ५ महाराजाधिराज सरकार समक्ष परेको विन्तिपत्र यस अदालतमा प्रात भएकोमा यस अदालत संयुक्त इजलासवाट दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. भ.पु.न.पं.वडा नं. ७ गोलमढीको पूर्व हर्षवहादुर नाइके भएको गुठीको गुसिपको किलास, पश्चिम ऐ.को गौरी नारायण मास्के नाइके भएको गुठीको गुसिपको, उत्तर वाटो र दक्षिण ऐ.का श्री भक्तको वगैंचा यति चार किल्ला भित्रको दुई कवल १ नाले २ तले पराले छानाको भ.पु.ढोका वाहिरका दुइवा पोखरीमा राज भएको श्री भिमसेनमा बली पुजा गर्न