निर्णय नं. ७१२८ - खिचोला ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१२८ - खिचोला । भाग: ४४ साल: २०५९ महिना: पौस अंक: ९ फैसला मिति :२०५९/०६/१७ ३६१५ निर्णय नं.७१२८ ने.का.प.२०५९ अङ्क ९/१० पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री रामनगिना सिंह सम्बत् २०५५ सालको दे.पू.इ.नं. ....१३५ फैसला मितिः २०५९।६।१७।५ मुद्दा :– खिचोला । निवेदक प्रतिवादीः का.जि.का.म.न.पा.वडा नं. ९ वत्तिसपुतली वस्ने सूर्यकुमारी पाण्डे समेत विरुद्ध विपक्षी वादीः का.जि.का.म.न.पा.वडा नं. ९ वस्ने गुण्डा लामा § सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(ख) मा गरिएको कानूनी व्यवस्था अनुसार कुनै कानूनको व्याख्या वा कुनै कानूनी सिद्धान्तका सम्बन्धमा दुई संयुक्त इजलासको राय वा निर्णय भिन्नभिन्न भएको अवस्थामा यस अदालतवाट हुने निर्णय वा सिद्धान्तमा एकरुपता कायम राख्नका लागि त्यस्तो मुद्दा प्रधानन्यायाधीशले पूर्ण इजलासवाट हेर्न आदेश दिने व्यवस्था गरेको देखिन्छ । तर प्रस्तुत मुद्दा यस अदालत संयुक्त इजलासवाट निर्णय नभई पूर्ण इजलासवाट निर्णय भएको देखिन आएवाट सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१)(ख) प्रस्तुत मुद्दाको सन्दर्भमा आकर्षित हुन नसक्ने । § प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।६।४ को फैसला उपर वादीले पुनरावेदनको अनुमति पाउँ भनि यस अदालतमा दिएको निवेदनमा अनुमति प्राप्त भई पूर्ण इजलासवाट मिति २०४५।९।१९ मा फैसला भएको देखिन्छ भने रुलिङ्ग वाझियो भनि सम्माननीय प्रधानन्यायाधीशको आदेशमा उल्लेख गरिएको काशीराम चौधरी विरुद्ध कोकनीवती थरुनी भएको फैसला दर्ता वदर दर्ता मुद्दा यस अदालत पूर्ण इजलासवाट मिति २०४८।३।११ मा फैसला भइरहेको देखिन्छ । यस परिप्रेक्षमा प्रस्तुत मुद्दामा पहिले भएको निर्णय वा फैसलालाई पछि भएको निर्णय वा फैसलाद्वारा प्रतिपादित सिद्धान्तसँग रुलिङ्ग वाझियो भन्न मिल्ने अवस्था समेत नदेखिने । § प्रस्तुत मुद्दा सम्माननीय प्रधानन्यायाधीशवाट सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) वमोजिम वृहत पूर्ण इजलासमा पेश गर्नु भनि मिति २०५४।१२।५ मा भएको आदेश कानूनन् तथा प्रतिपादित नजिरका सम्बन्धमा समेत मिलेको नदेखिदा प्रतिवादीले प्रस्तुत मुद्दा पूर्ण इजलासबाट हेरी पाउँ भनि यस अदालतमा दिएको निवेदन खारेज हुने । (प्र.नं. १८ देखि २०) निवेदक प्रतिवादी तर्फबाटः विव्दान अधिवक्ताहरु श्री पन्नामान तुलाधर, श्री लोकभक्त राणा, श्यामप्रसाद खरेल, श्री खगेन्द्रप्रसाद अधिकारी विपक्षी वादी तर्फबाटः विव्दान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विव्दान अधिवक्ताहरु श्री शंभु थापा, श्री पिताम्वरप्रसाद सिलवाल, श्री वालमुकुन्द श्रेष्ठ अवलम्वित नजिरः फैसला न्या.अरविन्दनाथ आचार्यः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख)(च) वमोजिम मुद्दा पूर्ण इजलासबाट हेरिपाउँ भनी वादीले दिएको निवेदनमा सम्माननीय प्रधानन्यायाधीशको आदेशले पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ :– २. जग्गाधनी वौद्ध भगवान गुठी र मोही म वादी भएको साविक वौद्ध गा.पं. वडा नं. २ को हाल का.न.पं. वडा नं. ६ मा पर्ने कि.नं. १७२ को पा.पै.रोपनी ०–१५–० जग्गा र सो जग्गामा भएको घर पिता पुर्खाकै पालादेखि भोगचलन वसोवास गरी आएकोले घर भत्की पाताल भएको हुँदा सो जग्गामा घर वनाउन वौद्ध आदर्श गा.पं.का. मा निवेदन दिई २०२८।९।४ मा सो गा.प